गायक सचिन रौनियार ‘जोगी भए’

काठमाडौं । नेपाली सांगितिक क्षेत्रमा झण्डै ३ दशकको यात्रा पार गरिसकेका लेजेण्ड गायक सचिन रौनियारको नयाँ गीत ‘जोगी भए’को भिडियो सार्वजनिक भएको छ ।

लोकप्रिय डान्सिङ क्रिउ कार्टुन्ज क्रिउ’का सरोज अधिकारी र आश्मा विश्वकर्माको डान्स र अभिनय रहेको भिडियोलाई सरोज अधिकारीले नै निर्देशन् गरेका हुन । भिडियोमा पवन सुस्लिङको छांयाकन तथा सम्पादन रहेको छ भने आश्मा विश्वकर्मा र पेम्बा मगरको कोरियोग्राफी रहेको छ ।

गीतमा उनलाई अहिलेकी लोकप्रिय गायिका मेलिना राईले साथ दिएकी छिन । गीतमा चर्चित संगीतकार दिपक शर्माको संगीत, बेनु प्रसाद मैनाली ‘इट्टाघरे’ शब्द र उदय राज पौडेलको एरेन्ज रहेको छ ।

वि स २०४२ सालबाट आफ्नो सांगितिक यात्रा शुरु गरेका गायक सचिनले केही समय सांगितिक क्षेत्रबाट बिश्राम लिएपछी १२ वर्षपछी फेरी उही युवा जोशका साथ पुन यस् क्षेत्रमा दरिलो कम्ब्याक गरे । त्यसपश्चात ए मान्छे’बोलको गीतले करोड कल्बमा प्रवेश गर्दै निकै नै चर्चा कमाएको थियो । त्यस पछी निरन्तर ‘माया सरर’, ‘कुकुकु (यो बनमा छैन न्याउली कराउदैन)'(रिमेक) लगायत थुप्रै गीतहरु दर्शक श्रोता माझ लोकप्रिय बनिसकेका छन ।

तपाइको प्रतिक्रिया
(Visited 353 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कञ्चनपुरकाे भिमदत्तमा कांग्रेस उम्मेदवार बिजयी