कतै विद्युत, कतै दियोले पसल र घर खरानी

राजविराज । लक्ष्मीपुजाको मध्यरात कतै विद्युत सर्ट भई त कतै दियोबाट सल्केको आगोबाट आगलागी हुँदा सप्तरीमा आधा दर्जन पसल र घर खरानी भए ।

आगलागीबाट १५ लाख मुल्य बराबरको क्षति भएको छ भने ३ वटा पशुचौपाया समेत जलेर मरेका छन् । शनिवार राती १२ः३० बजेतिर बिद्युत सर्टभई आगो सल्किएर सप्तरीको बिष्णुपुर गाउँपालिका ७ स्थित नहर चौकमा रहेको ४ वटा पसल जलेर नष्ट भएका छन् । आगलागीबाट ११ लाख बराबरको क्षति भएको प्रहरीको भनाई छ ।

बिद्युत सर्टभई स्थानीय सशिलाल साह र ननुलाल साहको साईकल पसल तथा हरिशचन्द्र साहको २ वटा मिठाई पसल पुर्ण रुपमा जलेर नष्ट भई करिब ११ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी उपरिक्षक राजेन्द्र धमलाले बताए । आगोले मिठाई पसलमा रहेको ३ वटा ग्यास सिलिन्डर समेत पडकिदाँ फैलिएर अन्य पसल पनि छोटो समयमै जलेको स्थानीयबासीहरुले बताएका छन् ।

राती १२ः३० बजेदेखि लागेको आगो राजविराज नगरपालिकाको बारणयन्त्र, प्रहरी र स्थानीयको सहयोगमा १ घण्टामा नियन्त्रणमा लिइएको थियो । यता शनिवारै राती १ बजेतिर रुपनी गाउँपालिका २ स्थित पिपराही टोलमा आगलागी हु्दाँ २ घर जलेर नष्ट हुनुको साथै ३ वटा पशुचौपाया जलेर मरेका छन् । घरमा बालिएको दियोबाट सल्केको आगोले राजदेव मंडल र इन्द्रदेव मंडलको घरगोठ जलेका छन् ।

आगलागीबाट मंडलको गोठमा रहेको २ वटा गाई र एउटा बाख्रा समेत जलेर मरेका छन् । उक्त आगलागी घटनामा झण्डै ४ लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । एक घण्टाको अन्तरालमा २ ठाउँमा आगलागीको खबर प्राप्त भएपछि राजविराज नगरपालिकाको बारुणयन्त्रलाई भ्याइ नभ्याइ भएको थियो ।

बिष्णुपुर गाउँपालिकाको आगलागी नियन्त्रण गरे लगतै रुपनी गाउँपालिकामा पनि आगलागी भएको फोन आएपछि निकै समस्यामा परेको चालक उमेश यादवले सुनाए । यता जीवनभर जोहो गरेको सम्पति आगोले क्षणभरमै खरानी बनाई दिएको भन्दै पीडितहरुले सहयोगको लागि आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 432 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आचारसंहितामा कडाइ, उल्लंघन गर्नेलाई फिल्डबाटै कारबाही