Wednesday, September 22, 2021
Your Ads Here
HomeNot-to-be-missedउर्मिलाको ताजा जवानी

उर्मिलाको ताजा जवानी

,
sharethis

काठमाडौं । लोकप्रिय गायक यम बराल र गायिका उर्मिला लाम्गादेको युगल गायनमा रहेको ‘जवानी ताजा ताजा छ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

प्रेमिल शैलीको यस गीतका शब्द आनन्द अधिकारीले लेखेका हुन् भने शिखर सन्तोषले यस गीतलाई संगीतवद्द गरेका हुन्। यस गीतलाई मोहित मुनालले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा नायक नाजिर हुसेन र उषा उप्रेतीको अनस्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। रविन्द्र न्यौपानेले छायांकन गरेको यस भिडियोलाई दिपेन्द्र शाही ठकुरीले कोरियोग्राफ गरेका हुन्। भिडियोमा टेकेन्द्र शाहको सम्पादन रहेको छ। ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको यस भिडियोलाई सुदिप बरालको निर्देशनमा तयार पारिएको हो।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   लिग कपमा सिटी र लिभरपुलको प्रभावशाली जीत

१३ बर्षपछि गायन यात्रामा फर्किएकी लाम्गादेले केहि महिनाअघि ‘लिन आउछु भन्थ्यौ’ बोलको गीत सार्वजनिक गरेकी थिइन्। न्युयोर्कमा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेकी गायिका लाम्गादे गायनसंगै अभिनयमा समेत रुचि राख्ने गर्छिन उनले यसअघि ‘दलन’ नामक टेलिचलचित्र र चेतनामुलक विज्ञापनहरुमा अभिनय गरिसकेकी छिन्।

तपाइको प्रतिक्रिया

(Visited 249 times, 2 visits today)

आजको समाचार

राजनीतिभित्रको राजनीति

देशमा संविधानले जटिल मोड लिएको धेरै वर्ष भइसकेको छ । पछिल्लोपल्ट बजेट होलिडे पनि देखिएकै हो । भोलिदेखि खर्च गर्ने कानुन छैन भन्दै आजै...

बेलायतमा एकै दिन ३१ हजारभन्दा बढी कोरोना सङ्क्रमित

लन्डन । बेलायतमा पछिल्ला केही हप्तायता कोभिड १९ का सङ्क्रमितहरुको संख्या झन् बढ्न थालेको बताइएको छ । यहाँ प्राप्त पछिल्लो समाचारअनुसार मंगलबार मात्र बेलायतमा...

अध्यादेश खारेज नभई जसपाले मन्त्री पठाउँदैन : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभएसम्म सरकारमा नजाने अडान लिएका छन् । अध्यादेश खारेजपछि मात्र...

बालुवाटारमा गठबन्धनकाे बैठक जारी

  काठमाडाैं ।  सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा  केहीबेरअघिदेखि सुरु भएको बैठकमा सरकार विस्तारका विषयमा छलफल हुने भएकाे छ...

लागूऔषध चरेस कारोबारको नयाँ शैली

काठमाडौं । लागूऔषध कारोबारमा संलग्न गिरोहले लागूऔषध चरेसको नयाँ शैलीबाट ओसारपसार गर्दै व्यापार गर्दै आएको पाइएको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले चरेस...

साताका लोकप्रिय समाचार

सरुवामा आर्थिक चलखेलको गन्ध बिचौलियाको घेराबन्दीमा मन्त्रालय

काठमाडौं । सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिएर कामकारबाही प्रभावकारी रूपमा अघि बढाउन नसक्दा प्रशासन क्षेत्रमा चरम बेथिति सिर्जना हुन थालेको छ । आकर्षक स्थानमा सरुवा...

बैंगलोरविरुद्ध कोलकत्ताको सहज जीत

नयाँ दिल्ली । ईन्डियन प्रिमियर लिग आईपीएल टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ९ विकेटले हराएको छ । आबुधाबीमा गएराति भएको खेलमा बैंगलोरले...

जब शाक्यकै अगाडि बादललाई बाग्मती प्रदेश इन्चार्ज भनियो

काठमाडौं । २ जेठ २०७५ मा फर्कने १० बुँदे सहमतिअनुसार एमालेको बाग्मती प्रदेश इन्चार्ज पार्टी उपाध्यक्षसमेत रहेकी बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य हुन् ।...

नेपाल अमेरिकासँग पराजित

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपाल अमेरिकासँग छ विकेटले पराजित भएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा गए...

तक्मा राजनीतिः संसद् विघटन मुद्दामा परमादेश दिने न्यायाधीशदेखि विपक्षीमा बहस गर्नेसम्म विभूषित

  काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा परमादेश दिने सर्वोच्च अदालतका न्यायाधीशदेखि विपक्षीमा बहस गर्ने अधिवक्तासम्मलाई सरकारले विभूषण गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा विघटनका मुद्दामा...

ट्रेन्डिङ

रोकिराखेको ट्याक्टरमा सुमो ठोक्किँदा एकको मृत्यु, दुई गम्भीर घाइते

सप्तरी । रोकिराखेको ट्याक्टरमा ठोकिएर टाटा सुमो दुर्घटनामा पर्दा आइतबार एकाबिहान एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भिर घाइते भएका छन्...

आर्थिक समृद्धि भए राजनीति संस्थागत : उपराष्ट्रपति

स्याङ्जा । स्याङ्जाको वालिङमा आयोजित नेपाल मगर संघको ३८ औं स्थापना दिवसको अबसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले जुनसुकै राजनीतिक परिवर्तन भएपनि...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)