Thursday, August 5, 2021
HomeBreaking Newsसभापति देउवाद्वारा सचेतना अपनाई पर्व मनाउन आग्रह

सभापति देउवाद्वारा सचेतना अपनाई पर्व मनाउन आग्रह

,
sharethis

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको महामारीले विश्वसँगै नेपाल पनि आक्रान्त रहेका कारण स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्णरूपमा पालना गरेर पर्व मनाउन सबैलाई आग्रह गरेका छन् ।

तिहारको पाँचौँ दिन भाइटीका तथा नेपाल संवत्को नयाँ वर्ष ११४१ को अवसरमा सबै नेपालीमा शुभकामना सन्देश दिँदै उनले कोरोना सङ्क्रमणको रोकथाम र नियन्त्रणमा सरकारको उदासीनताका कारण बढ्दो सङ्क्रमणलाई कम गर्न नागरिकहरु आफैँ पनि सचेत र सजग हुन जरुरी रहेको उल्लेख गरेका छन् ।

सन्देशमा उनले भनेका छन्, “नेपाल विभिन्न जात–जाति, भाषा–भाषी, धर्म, विभिन्न चाड–पर्व एवं विभिन्न संस्कृति भएको देश हो, हामीमा निहित बन्धुत्व भावले विविधता बीचमा पनि अनुपम एकता कायम गरेको छ, तिहारले पनि हामी बीचको एकतालाई अझ मजबुत बनाएको ।” तिहार अर्थात यमपञ्चकका हरेक दिनले समस्त नेपालीहरुमा नयाँ उमङ्ग सिर्जना गर्न, दिदीबहिनी र दाजुभाइहरु बीच तथा आफन्तहरु बीचमा सुमधुर र सौहार्द सम्बन्ध विकसित गर्न सघाएको सभापति देउवाले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

यसैगरी वाग्मती सभ्यतालाई नेपालको भाषा, साहित्य, कला र संस्कृतिको उत्थान काल मानिन्छ भन्दै सभापति देउबाले शुभकामना सन्देशमा नेपाल संवत् त्यही जागरण कालको इतिहास र संस्कृतिको एक जीवन्त धरोहर भएको उल्लेख गर्नुभएको छ । नेपाल संवत्को नयाँ दिनले हरेक वर्ष सबैलाई यसका प्रणेता शङ्खधर साख्वाको योगदानलाई सम्झाउने बताउँदै सभापति देउवाले यसको प्रचलन तिनै समाजसेवी साख्वाले सबैको ऋण मोचन गरिदिएको अति परोपकारी कार्यको सम्झनामा भएको उल्लेख गरेका छन् । शङ्खधर साख्वालाई उनको उदारताको कदर गरेर राष्ट्रिय विभूतिको रूपमा सम्मान गरिएको हो ।

सभापति देउवाले अन्धकार विनाश गर्ने उज्यालोको पर्व तिहार र आफ्नै धरतीबाट उठेको नेपाल संवत्को नयाँ दिनले पारस्परिक एकता र सद्भावलाई अगाडि बढाउन सकोस् भन्दै, तिहार तथा नेपाल संवत्को नयाँ वर्षको उपलक्ष्यमा सबैमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

(Visited 129 times, 1 visits today)

आजको समाचार

सर्वोच्चबाट ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल...

संघीयता मात्रै दोषी हो र ?

नेपालको प्रमुख समस्या भनेको गरिबी, बेरोजगारी, महँगी, शान्ति सुरक्षाको कमजोर अवस्था तथा आर्थिक अनियमितता हो । आर्थिक पारदर्शिता र सुशासनबिना नेपालजस्तो देशको प्रगति असम्भव...

निरन्तर ६ वर्षदेखि नाफा कमाएको निगम अहिले ४ अर्ब घाटामा

काठमाडौं । निरन्तर ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगमले पछिल्लो समय निरन्तर घाटा बेहोर्दै आएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र...

हामी सचेत छौं, सक्रिय छैनौं

यहाँ हामी भन्नाले समग्र नेपाली नागरिकलाई भन्न खोजिएको हो । पढेलेखेको, राजनीतिक सुझबुझ भएको, जानेबुझेको, देशदुनियाँ देखेको सचेत वर्गलगायत आमनागरिक नै हामी हौं ।...

साताका लोकप्रिय समाचार

सरस्वती चौधरी छनौट चरणबाटै बाहिरिइन

टोकियो । टोकियो ओलम्पिक–२०२० अन्तरगत आज नेपालकी एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीको पराजयसँगै ओलम्पिक यात्रा पनि सकिएको छ । एथलेटिक्सको आज विहान भएको १०० मिटरको महिला...

‘सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन बाध्य नबनाऊ’

काठमाडौं । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थालाई अनिवार्य सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने व्यवस्था नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरू अनिलकुमार सिन्हा,...

यार्सा र जडीबुटी खोज्नेद्वारा व्यापक वन फडानी

बझाङ । बझाङको बहुमूल्य हिमाली वन क्षेत्र नासिँदै गएको छ । यार्सा र जडीबुटी खोज्ने वन प्रवेश गर्नेबाट व्यापक रूपमा वन फडानी भइरहेको भए...

नेम्वाङ र अलमुताइरी विवाद मन्त्रालयमा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)मा पछिल्लो समय वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीचको विवादको छानबिनका लागि...

ट्रेन्डिङ

लुम्बिनी प्रदेशको नाम र राजधानीसम्बन्धी ऐतिहासिक निर्णय

‘६ जिल्लामा सीमित अखण्ड लुम्बिनी विस्तारित भएर १२ जिल्लाको बृहत्तर लुम्बिनीमा रूपान्तरण हुँदै छ । र, बुटवललाई म वित्तीय राजधानी बनाउँछु ।’ प्रदेश ५ का...

गाडी थन्किँदा ४५ लाखको गुजारा संकटमा

काठमाडौं । लकडाउन तथा निषेधाज्ञासँगै अन्तरजिल्ला चल्ने सार्वजनिक गाडी सञ्चालनमा रोक लगाउँदा ४५ लाख जनशक्ति संकटमा परेको छ । झन्डै ६ महिनादेखि सार्वजनिक यातायात...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)