दाङमा सवारी दुर्घटनामा परेर सञ्चारकर्मी मनिषाको मृत्यु

तुलसीपुर । सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएकी संचारकर्मी दाङको तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरी निवासी २२ बर्षकी मनिषा लामिछानेको मृत्यु भएको छ ।

मनिषाको उपचारको क्रममा कोहलपुरमा साढे ४ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले जानकारी दिए । घाइते मनिषाका दाइको भने कोहलपुरमै उपचार भइरहेको छ ।

तुलसीपुरको गुल्मजाने चोकमा दिउसो साढे एक बजे रा १ प ६७२१ नम्बरको मोटरसाईकललाई लु.अ.अ.क ३९४६ नम्बरको स्कारपियोले ठक्कर दिदा मोटरसाईकल चालक २४ बर्षका बिराज लामिछाने र उनकी बहिनी मनिषा घाइते भएका थिए । मनिषा रेडियो हाम्रो पहुँच एफएममा प्राविधिक साहयकका रुपमा कार्यरत थिइन् ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

भर्खरै

१० सचिवको सरुवा, कसलाई कहाँ पठाइयो ?

कुरी-कुरी