Thursday, June 24, 2021
Home Editor-Picks नेपाली दूतावास बेलायतमा मनाइयो महाकवि देवकोटाको जन्मजयन्ती

नेपाली दूतावास बेलायतमा मनाइयो महाकवि देवकोटाको जन्मजयन्ती

,

लन्डन । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२औँ जन्मजयन्तीको अवसरमा लण्डनस्थित नेपाली राजदूतावासले आइतबार साहित्य महोत्सवको कार्यक्रम आयोजना गरेको छ ।

तीन चरणमा सञ्चालित उक्त कार्यक्रममा बेलायतस्थित नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले नेपाली भाषा तथा साहित्यको विकासमा बेलायतमा रहेका कवि तथा साहित्यकारहरुले पुर्याउनुभएको योगदानको चर्चा गर्नुभयो ।

लण्डनस्थित स्कुल अफ ओरियन्टल एण्ड अफ्रिकन स्टडिजबाट विद्यावारिधि गर्नुभई उक्त विश्वविद्यालयको नेपाली एण्ड हिमालयन स्टडिज विभागमा रही नेपाली भाषा, साहित्यको अध्यापन गरी हाल अवकासप्राप्त डा माइकल हटले समग्र नेपाली साहित्यको विकासक्रमको चर्चा गर्नुभयो । उहाँले नेपालका वरिष्ठ कवि तथा साहित्यकारको योगदानको चर्चा गर्दै उहाँहरुका सिर्जनासमेत वाचन गर्नुभयो ।

प्रा डा सूर्यप्रसाद सुवेदीले महाकवि देवकोटाले नेपाली भाषा तथा साहित्यमा पुर्याउनुभएको विशेष योगदानको चर्चा गर्नुभयो । नेपाली साहित्य विकास परिषद् संयुक्त अधिराज्यका संस्थापक तथा निवर्तमान अध्यक्ष सुरेशजङ्ग शाहले बेलायतमा नेपाली साहित्यको विकास र विस्तारसम्बन्धी आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभयो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज संयुक्त अधिराज्यका अध्यक्ष लक्ष्मी राई (लारा)ले बेलायतमा नारी हस्ताक्षरहरुको विषयमा जानकारी गराउनुभएको थियो । कवि तथा साहित्यकार गोपी सापकोटाले बेलायतमा नेपाली साहित्यको वर्तमान अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा बेलायतमा रहेका प्रतिनिधि नेपाली कवि तथा साहित्यकारहरुका रचनाहरु सम्मिलित डा दुबसु क्षेत्रीद्वारा सम्पादित ‘बेलायतमा नेपाली मुक्तक’ र ‘बेलायतमा नेपाली गजल’ तथा नेपालको सबैभन्दा पुरानो साहित्यिक मासिक पत्रिका ‘शारदा’को बेलायतमा नेपाली साहित्य विशेषाङ्क १ र २ को लोकार्पण गरिएको थियो ।

सो अवसरमा आयोजित काव्य गोष्ठीमा बेलायतलगायत युरोप तथा नेपालबाट समेत कवि तथा साहित्यकारहरुले कविता, गीत, मुक्तक वाचन गर्नुभएको थियो । साथै बेलायतमा रहेका बाँसुरी समूह र कलाकारहरु सेमन्त राई, भरत लोहारुङ र सुरेन्द्र इङ्नामले बाँसुरी वादन, कलाकारहरु डम्बरसिंह प्रयास तथा मनोज अञ्जानले सारङ्गी वादन एवं कलाकार प्रमोद शर्माले गायन प्रस्तुति गर्नुभएको थियो ।

(Visited 126 times, 1 visits today)
Loading comments...

आजको समाचार

कविता राईकाे ‘देशको नक्शा’लाई ५० हजार पुरस्कार

  काठमाडाैं । राष्ट्रिय कविता महोत्सव २०७८ मा भोजपुरकी कविता राई(देशको नक्शा) प्रथम भएकी छिन् । नेपाल प्रज्ञा –प्रतिष्ठानद्वारा आयोजित महोत्सवमा धादिङकी अमृता स्मृति द्वितीय(डढेलोपछि...

प्राविधिक काम गर्दा अपनाउनुपर्ने सुरक्षा

कुनै पनि नसोचेको घटनाबाट पहिल्यै सतर्क भएर बाँच्ने अवस्थालाई सुरक्षा भनिन्छ । सुरक्षित हुनलाई हामीले विभिन्न कुरामा पहिल्यै विचार गरेर कार्य गर्नुपर्छ । त्यसैले...

९७ अर्बको लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डले जलविद्युत् परियोजनाको करिब ९७ अर्ब रुपैयाँ लगानी स्वीकृत भएको जनाएको छ । मंगलबार प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा...

२० मन्त्री पदमुक्त हुने सर्वोच्चको अन्तरिम आदेशपछि राजनीतिक दलहरुको यस्तो आयो प्रतिक्रिया

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनपछि दुईपटक गरिएको मन्त्रिपरिषद् विस्तारलाई बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले अन्तरिम...

घरमा पालेकाे कुकुरलाई झुण्ड्याएर हत्या गर्नेमाथि कानूनी कारबाही गर्न माग

  काठमाडौं । सुर्खेतमा कुकुरको पाश्विक हत्या गर्ने व्यक्तिमाथि कानूनी कारबाही गर्न पशु अधिकारकर्मीले नेपाल प्रहरीसमक्ष माग गरेका छन् । एनीमल नेपालकी संस्थापक अध्यक्ष प्रमदा शाह,...

साताका लोकप्रिय समाचार

सिक्लेस हाइड्रोमा ३० करोडको क्षति

पोखरा । अविरल वर्षाका कारण कास्कीको मादी नदीमा आएको बाढीले सिक्लेस हाइड्रो प्रालिद्वारा सञ्चालित मदक्यू खोला जलविद्युत् आयोजनामा ३० करोड रुपैयाँ बढीको क्षति पुगेको...

बजेट खर्च कमजोर

काठमाडौं । पछिल्लो समय नयाँ भेरियन्टसहित तीव्र रूपमा फैलिएको कोरोना महामारीका कारण मुलुकमा आर्थिक गतिविधि खुम्चिएसँगै त्यसको नकारात्मक असर सरकारको बजेट खर्चमा पनि देखिएको...

‘५४ दिनको निषेधाज्ञाले ४ खर्ब ३२ अर्बको क्षति’

काठमाडौं । निजी क्षेत्रका व्यवसायीले नयाँ भेरियन्टसहित तीव्र रूपले दोस्रो चरणमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रण गर्न भन्दै सरकारले गत १६ वैशाखदेखि सोमबार ५४औं...

सातै प्रदेशका प्रहरी प्रमुख फेरिए

काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) र १५ जना एसएसपीको सरुवा भएको छ ।गृहमन्त्री खगराज अधिकारीले सोमबार १६ डीआईजी र...

जर्मनीको लोभलाग्दो पुनरागमन

म्युनिख । पोर्चुगलविरुद्ध ४ गोल ठोकेर जर्मनीले आफू पुरानै लयमा फर्केको संकेत गरेको छ । केही समयदेखि लय गुमाएको जर्मनी टोली यसअघिको खेलमा फ्रान्ससँग...

ट्रेन्डिङ

कथा आआफ्नै

कमलामाई नगरपालिका–१४ का १७ वर्षीय सुवास श्रेष्ठ कक्षा ६ पढ्दै गर्दा कम्मर दुख्ने समस्या भयो । उनी विस्तारै हिँडडुल गर्न नसक्ने भए । स्थानीय...

प्रदेशको राजधानी सार्न खोजियो भनेर भ्रमपूर्ण प्रचार गरियाे : मुख्यमन्त्री पोखरेल

प्रदेशसभाको दुई तिहाइ बहुमतले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) लाई टुङ्गो लगाएको छ । प्रदेशको नामकरण र स्थायी राजधानी घोषणासँगै...

मधुमेहले ज्यान लियो अभिनेता जयनेन्द्रको

काठमाडौं । एक समय नेपाली चलचित्रमा चरित्र अभिनेताका रूपमा एकछत्र राज गरेका अग्रज कलाकार जयनेन्द्र चन्द ठकुरी अब हामीमाझ रहेनन् । १ सयभन्दा बढी...

सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने माओवादी केन्द्रको निर्णय, यस्तो छ कारण

काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बसेको स्थायी समिति बैठकले तत्काल केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ...

अस्मित र आँचल दोस्रो मिस्टर एन्ड मिस रौनियार

काठमाडौं । मिस्टर रोनियार २०२१ को उपाधि अस्मित गुप्ताले र मिस रौनियार २०२१ को उपाधि आँचल रौनियारले जितेका छन् । काठमाडौं विराटनरलगायत विभिन्न स्थानका...

अभिषेक भारतीय क्लबमा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका युवा फरवार्ड अभिषेक रिजाल भारतीय आई लिगको दोस्रो श्रेणीको क्लब मोहम्मेदन एसीमा अनुबन्धित भएका छन् । अभिषेक आइलिगको दोस्रो...

कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

नवलपुर । पूर्वी नवलपरासीको कावासोती ८ खर्कटा जंगलमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको निधन भएको छ । नवलपुर प्रहरीका अनुसार गएराति उत्तरबाट दक्षिण जाँदै गरेको...

शैक्षिक क्षेत्रको साख

नेपालमा आधुनिक शिक्षाको सुरुवात २००७ सालपछि शिक्षाक्षेत्रले फड्को मारेको हो । पञ्चायती व्यवस्थाको ३० वर्षमा जिल्लामा विद्यालय खुले । प्रजातन्त्रको पुनस्र्थापना २०४६ पछाडि गाउँमा...

अक्सिजन कार्यदल गठन

काठमाडाैं ।  सरकारले कोभिड–१९ का सङ्क्रमितको उपचारमा आवश्यक पर्ने अक्सिजन सहज उपलब्ध गराउनका लागि कार्यदल गठन गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक...

ओलम्पियन केसीलाई कोरोना संक्रमण

काठमाडौं । नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जितबहादुर केसीलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएको छ । दिसामा रगत देखिएपछि उपचारका लागि अस्पताल पु¥याउँदा...

अमेरिकामा निर्वाचन जित्नेमा वाइडेन आशावादी, ट्रम्प ढुक्क

वासिङ्टन । अमेरिकामा राष्ट्रपति चयनका लागि भएको निर्वाचन अन्तर्गत मतगणना जारी रहँदा प्रमुख दुई उम्मेदबारले प्रतिक्रिया दिएका छन् । चुनावी मैदानमा रहेका वर्तमान राष्ट्रपति डोनाल्ड...

सितलहरले सप्तकोशीका सबै विद्यालय बन्द

सप्तरी, राजविराज । केही दिनदेखी बढेको चिसो तथा सितलहरबाट बच्नका लागि वन तथा विभिन्न स्थानिय तहले दाउरा बितरणको कार्य सुरु गरेको छ । चिसोबाट बढी...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)