नेकपा स्याङ्जा अध्यक्षकी छोरीको अरिङ्गाल टोकाइले मृत्यु

पोखरा । अरिङ्गालले चिल्दा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्याङ्जा अध्यक्ष सूर्यप्रसाद गैह्रे ‘पारस’ को छोरीको मृत्यु भएको छ । तिहारको दिन पुतलीबजार नगरपालिका वडा १४, लामागेमा अरिङ्गालले चिल्दा घाइते भएकी उनकी १३ वर्षीया छोरी अतिथि गैह्रेको पोखरामा उपचारक्रममा साँझ मृत्यु भएको हो ।

तिहारमा भाइटीका लगाउन तल्लो घरमा जानेक्रममा नजिकैको रुखका अरिङ्गालले उनीसहित अर्की बालिकालाई टोकेको थियो । टोकाइबाट घाइते उनीहरुलाई तत्कालै उपचारार्थ पोखरा ल्याइएकोमा उपचारक्रममा अतिथिको सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपनिरीक्षक होविन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार अर्की बालिकाको अवस्था भने सामान्य छ ।

नेकपा स्याङ्जा अध्यक्ष पारसको परिवारमा श्रीमती र एक छोरा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 155 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरमा मेयरको निर्णय : फोहोर व्यवस्थान आजैदेखी