Wednesday, January 27, 2021
Home प्रदेश प्रदेश ३ सूर्यको पूजा आराधना गर्ने पर्वछठ शुरु

सूर्यको पूजा आराधना गर्ने पर्वछठ शुरु

काठमाडौँ । मानव जीवनका लागि अत्यावश्यक नदी र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठपर्व आजदेखि शुरु भएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व आज स्नान गरी चोखो खाएर बसिन्छ । कात्तिक शुक्ल चतुर्थीका दिन आज बिहान बर्तालुले स्नान गरेसँगै यो पर्वको विधि शुरु हुन्छ । चतुर्थीको कर्मलाई अरबाइन वा अरबा भनिन्छ । यस दिनदेखि छठपर्व नसकिएसम्म बर्तालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि छ ।

मनोकाङ्क्षा पूरा हुने विश्वासमा विशेषगरी महिलाले छठमा कठोर व्रत गर्छन् । तराईमा उत्साहका साथ मनाइने मिथिला संस्कृतिमा आधारित छठपर्व विसं २०४६ पछि काठमाडौँलगायत पहाडमा मनाउन थालिएको हो । सूर्य उपासनाको पर्व भएकाले पहाडी समुदाय पनि यसप्रति आकर्षित भएका छन् । विसं २०६३ पछि भने काठमाडौँको थापाथली, गुह्येश्वरी, गौरीघाट र रानीपोखरीमा पनि विशेष महत्व एवं साजसज्जाका साथ यो पर्व मनाउन थालिएको हो ।

यसअघिदेखि नै वाग्मती र विष्णुमती नदी किनारमा छठ मनाउने संस्कृति शुरु भएको थियो । कात्तिक शुक्ल चतुर्थीका दिन छठस्थलमा सरसफाइ एवं स्नान गरेका बर्तालु पञ्चमीका दिनमा निर्जल उपवास बस्छन् । यस दिन बेलुकी घरमा खिर बनाई चन्द्रमालाई अर्पण गरी एक छाक खाने गरिन्छ । यसलाई खरना भन्ने गरिएको काठमाडौँमा छठ मनाउँदै आएका अनिल झा बताउँछन् ।

षष्ठीका दिन बर्तालुले ठेकुवा, फलफूल, मिठाइ र रोटी सूर्य एवं छठीमातालाई चढाउने गर्छन् । रोटीमा सूर्यको रथका पाङ्ग्रा अङ्कित गरिन्छ । षष्ठीका दिन पकवान, फलफूल र नरिवललाई बाँसको टोकरीमा सजाएर माथिबाट कपडाले छोपिन्छ । साँझपख बत्ती बालेर माटाको घडाको साथ गीत गाउँदै नदी वा तलाउका किनारमा गइन्छ । डुब्न लागेका सूर्यलाई अघ्र्य दिई प्रणाम गरिन्छ । अघ्र्य दिएपछि तीनपटक पानीमा डुबुल्की मारी मनोरञ्जन गर्दै त्यहीँ रात बिताइन्छ ।

सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दर्शन गर्न बिहान ४ बजेदेखि नै प्रतीक्षा गरिन्छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिइन्छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा भक्तहरु लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि रहेको छ ।

यो पनि पढ्नुहोस   लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध अझै लड्छौँ : प्रचण्ड

पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रुपमा मानी विशेष पूजा गर्ने गरिएको हो । कात्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकाङ्क्षा पूरा भई इच्छाएको फल प्राप्त हुने उल्लेख शास्त्रमा गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् ।

सूर्यको उपासना गर्ने र शुद्धताको प्रतीक भएकाले तराईबाट शुरु भई हाल पहाड र हिमाली क्षेत्रसम्म पनि छठ मनाउन थालिएको छ । सूर्य पूजा र दर्शन गरी विवाहित महिला पुरुषले पतिपत्नीको दीर्घायु एवं अविवाहित केटाकेटीले सुयोग्य वर वधु प्राप्तिको कामना गर्छन् । सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको सङ्ख्या पनि धेरै छ । यो पर्वमा मुस्लिम, बौद्ध र जैन धर्मावलम्बीको समेत सहभागिता रहने गरेको विसं २०६८ देखि कमलपोखरीमा छठ पूजाको नेतृत्व गर्दै आउनुभएका कमलपोखरी छठ समाजका अध्यक्ष राजेन्द्र सिंहले बताए ।

सर्वप्रथम छठीमाताले सूर्यदेवलाई खुशी पारी यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ । महाभारतकालमा द्रौपदीसहित पाण्डवहरूले अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । पाण्डवहरू विराट राजाका दरबारमा बसेका बेला गरेको सूर्य पूजाका प्रभावले अज्ञातवास सफल भएको विश्वासमा यो पर्व मनाउन शुरु गरिएको पौराणिक ग्रन्थमा उल्लेख छ । अत्रिमुनिकी पत्नी अनुसूयाले सर्वप्रथम छठ व्रत गरेको सूर्य पुराणमा उल्लेख छ । छठ व्रतका प्रभावले अटल सौभाग्य र पतिप्रेम प्राप्त भएपछि अरुले पनि मनाउने परम्पराको शुरुआत भएको अनुयायीको भनाइ छ ।

यस वर्ष कात्तिक शुक्ल षष्ठी अर्थात् मङ्सिर ५ गते शुक्रबार बेलुकी अस्ताउँदो र सप्तमी अर्थात् मङ्सिर ६ गते शनिबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइन्छ । कोरोनाका कारण राजधानीमा विगत वर्षजस्तो छठको रौनक छैन । यस वर्ष भने कोरोना महामारीका कारण राजधानीका छठस्थलमा विधिमात्र पूरा गर्न प्रशासनले आह्वान गरेको छ । कोरोना फैलन सक्ने भएकाले छठस्थलमा रात नबिताउनसमेत प्रशासनले निर्देशन दिएको समाजका अध्यक्ष सिंहले सुनाए ।

(Visited 78 times, 1 visits today)
Loading comments...

आजको समाचार

ज्येष्ठ नागरिकको नमुना घर

नेपालको संविधानको धारा ४१ मा ज्येष्ठ नागरिकको हकको व्यवस्था छ । जसमा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने प्रत्याभूति गरिएको...

जुम्लाका आगलागी पीडितलाई राहत र पुनःस्थापना गर्न राष्ट्रपतिबाट ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जुम्लाको गोठीगाउँमा मङ्गलबार भएको आगलागीबाट दुई दर्जनभन्दा बढी घरसहित अन्नपात र पशुपक्षीको क्षति भएकामा दुःख व्यक्त गरेकी छन् । राष्ट्रपतिले...

खोप लगाए पनि सावधानी अपनाइरहनु पर्ने प्रधानमन्त्री ओलीको सल्लाह (फोटोफिचर)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप ३ महिनाभित्र सबै नेपालीले पाउने बताएका छन् । बालुवाटारमा आयोजित कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ कार्यक्रममा...

खुँडा प्रहार गरेर युवकको हत्या, एक पक्राउ

बझाङ । बझाङमा खुँडा प्रहार गरी एक युवकको हत्या गरिएको छ । जिल्लाको छविसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको खुँडा प्रहार गरी हत्या...

पुस्तकमा नागरिक अगुवा पाण्डेको आत्ममन्थन

काठमाडौं । नागरिक अगुवा देवेन्द्रराज पाण्डेको नयाँ पुस्तक ‘एक ज्यान दुई जुनी’ पाठकमाझ आएको छ । यो कितावलाई फाइनप्रिन्टले प्रकाशन गरेका हो । पुस्तकलाई...

साताका लोकप्रिय समाचार

आहा ! इलामको पाटेनागी

इलाममा कैयौं पर्यटकीय गनतव्य छन् । कतिपय ठाउँ उत्कृष्ट गन्तव्य सूचिमा छन् भने कतिपय ओझेलमा छन् । त्यसो त, पाटेनागी क्षेत्र विकासमा इलाम नगरपालिकाले...

विघठित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी : गृहमन्त्री

मान्म । गृहमन्त्री रामबहादुर थापाले विघठित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कालिकोटमा गरेको जनसभालाई सम्बोधन...

प्रेमिकालाई गाेली हानेर हत्या गर्ने आङबुहाङ लिम्बु पक्राउ

पाँचथर । आफ्नै प्रेमिकाको हत्या गरी फरार रहेका एक प्रतिवादीलाई प्रहरीले दश वर्षपछि पक्राउ गरेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५, (साबिक चाँगे गाविस–१)...

संसद् पुनःस्थापना पहिलो प्राथमिकता : शशाङ्क कोइराला

महेन्द्रनगर । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको बताएका छन् । कञ्चनपुरको...

देवेन्द्रराज पाण्डेको नयाँ कृति ‘एक ज्यान दुई जुनी’ सार्वजनिक

काठमाडौं । नागरिक अगुवा, प्रखुर वक्ता एवं बौद्धिक व्यक्तित्व देवेन्द्रराज पाण्डेको आत्ममन्थन ‘एक ज्यान दुई जुनी’ लोकार्पण भएको छ । फाइनप्रिन्टले प्रकाशनमा ल्याएको कृति...

ट्रेन्डिङ

गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना, १४ घाइते (घाइतेको सूचीसहित)

गुल्मी । गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना भएको छ । दुर्घटनामा परि १४ जना घाइते भएका छन् भने एकजनाको अवस्था गम्भिर रहेको छ ।...

कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्यो, सबैभन्दा धेरै इटलीमा

न्यूयोर्क । कोरोना भइरसबाट सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । सबैभन्दा धेरै मृत्यु र सङ्क्रमित हुनेको सङ्ख्या इटलीमा रहेको...

१३ विपन्न परिवारलाई जस्तापाता वितरण

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका –१, अन्नपूर्णले गरिव तथा विपन्न परिवारलाई निःशुल्क जस्तापाता वितरण गरेको छ । वडा भित्रका सवै फुसको छानोे हटाउने लक्ष्यका...

बलात्कारको आरोपमा श्रीमान र जेठाजु पक्राउ, मुद्दा मिलाइदिन्छु भन्दै ५० हजार लिने धामी पक्राउ

धनगढी । कैलाली प्रहरीले बलात्कार गर्न खोजेको आरोपमा श्रीमान र जेठाजुलाई पक्राउ गरेको छ । जिल्लाको गौरीगंगा नगरपालिकाकी १६ वर्षीया युवतीलाई जबर्जस्ती करणी गर्न...

बालिका बलात्कार अभियोगमा ५९ वर्षीय पुरुष पक्राउ

गाईघाट । उदयपुरको बेलका नगरपालिका– ३ मा छ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा एक ५९ वर्षीय पुरुष पक्राउ परेका छन् । इलाका प्रहरी कार्यलय रामपुर...

नयाँ भवनपछि विद्यार्थी बढाउने अभियानमा दरबार हाइस्कुल

काठमाडौँ । गोरखा भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक दरबार हाइस्कुलको आकर्षक नवनिर्मिति भवनका कक्षकोठाहरु अहिले खाली छन् । विश्वव्यापी कोभिड–१९ को जोखिमका कारण विद्यार्थीहरु घरबाटै इन्टरनेटको...

होटल उद्योगको ९० प्रतिशत आम्दानी घट्ने

काठमाडौं । कोभिड–१९ को महामारीले नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधार पर्यटन क्षेत्रलाई नराम्ररी असर पारेको छ । पर्यटन क्षेत्रमा वायुसेवा कम्पनीको व्यवसायका...

कोरोना नियन्त्रणका गर्न डेढ अर्ब निकासा

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि अर्थ मन्त्रालयले हालसम्म डेढ अर्ब रुपैयाँ बजेट निकासा गरेको छ ।...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

सबै राष्‍ट्रमा खोपको न्यायोचित वितरण समुचित मूल्यमा हुनुपर्छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरूद्धको अभियानमा अग्रपङ्क्तिमा रही सेवा प्रदान गर्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारीलगायत सबैमा आभार व्यक्त गरेकी छन्...

कोभिड–१९ विरुद्धको खोपको आज प्रमबाट शुभारम्भ

आज कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको शुभारम्भ गरिँदै छ । आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ...

खुँडा प्रहार गरेर युवकको हत्या, एक पक्राउ

बझाङ । बझाङमा खुँडा प्रहार गरी एक युवकको हत्या गरिएको छ । जिल्लाको छविसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको खुँडा प्रहार गरी हत्या...

धिरज राईले कोटेश्वरमा सञ्चालन गरेको सेकुवा कर्नरमा आगलागी

काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित एक सेकुवा कर्नरमा गएराति साढे ११ बजे आगलागी भएको छ । कोटेश्वर चोकबाट महादेवस्थान मन्दिर जाने बाटोमा पर्ने सेकुवा कर्नरमा...

भर्खरै

आरआरआर र मैदान जुध्ने भएपछि तनावमा अजय

मुम्बइ । आफ्नो दुई ओटा फिल्मको प्रदर्शन मिति जुधेपछि बलिउड अभिनेता अजय देवगन यतीबेला तनावमा छन् । उनको दुई ओटा फिल्म आरआरआर र मैदानको...

पुस्तकमा नागरिक अगुवा पाण्डेको आत्ममन्थन

काठमाडौं । नागरिक अगुवा देवेन्द्रराज पाण्डेको नयाँ पुस्तक ‘एक ज्यान दुई जुनी’ पाठकमाझ आएको छ । यो कितावलाई फाइनप्रिन्टले प्रकाशन गरेका हो । पुस्तकलाई...

सबै राष्‍ट्रमा खोपको न्यायोचित वितरण समुचित मूल्यमा हुनुपर्छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरूद्धको अभियानमा अग्रपङ्क्तिमा रही सेवा प्रदान गर्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारीलगायत सबैमा आभार व्यक्त गरेकी छन्...

खोप लगाए पनि सावधानी अपनाइरहनु पर्ने प्रधानमन्त्री ओलीको सल्लाह (फोटोफिचर)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप ३ महिनाभित्र सबै नेपालीले पाउने बताएका छन् । बालुवाटारमा आयोजित कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ कार्यक्रममा...

धेरै पढिएका

मन्त्री साहले भने, ‘कोरोनाको खोप सुरक्षित छ, निर्धक्क भएर लगाउनुस्’

सप्तरी । सप्तरीमा बुधबारदेखि कोरोना बिरुद्धको खोप लगाउने अभियान सुरु भएको छ । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले स्थानिय गजेन्द्र नारायण...

आफ्नै आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

तनहुँ । तनहुँमा आफ्नै आमाको हत्या गरेको अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । ७२ वर्षीया आमा लक्ष्मी दरैको हत्या गरेको अभियोगमा ब्यास...

मासिक तीन लाख कमाउछन् यी भिडियो सम्पादक

काठमाडौं । कोरोनाको कहरले नेपाली चलचित्रका प्राविधिक निकै मारमा परे । तर, पछिल्लो समय म्युजिक भिडियोको छायांकनको क्रम बढेपछि आफूहरूलाई राहत मिलेको उनीहरूको भनाई...

‘केटू’ आरोहण गर्ने कीर्तिमानी आरोही स्वदेश फिर्ता, काठमाडौँमा भव्य स्वागत

काठमाडौँ । विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ हिमालको जाडोयाममा सफल आरोहण गरी नयाँ रेकर्ड बनाएका १० नेपाली आरोही काठमाडौँ आइपुगेका छन् । पर्वतारोहणको क्षेत्रमा...

छुटाउनुभयो कि?

(Visited 106 times, 1 visits today)