सचिवालय बैठक बोलाएकै समयमा प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो १ बजेका लागि मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् । बैठक प्रधानमन्त्री निवासमा डाकिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय पनि आजै बोलाइएको छ ।

प्रधानमन्त्री ओली आज सचिवालय बैठक सार्ने पक्षमा छन् । तर अर्को अध्यक्ष पुष्पकमल दाहालसहितका पाँच जना सचिवालय सदस्य आज जसरी पनि बैठक गर्ने तयारीमा छन् । गत कात्तिक २८ गते बसेको नेकपा सचिवालय बैठकले आजै दिउँसो १ बजे अर्को बैठक राख्ने निर्णय गरेको थियो । तर ठीक त्यही दिन र समयमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक राख्ने तयारी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले यसअघिदेखि नै आजका लागि तोकिएको सचिवायल बैठक सार्नुपर्ने अडान लिइरहेका छन् । महासचिव विष्णु पौडेलमार्फत ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई सचिवालयमा पेश भएको आफूविरुद्धको प्रस्ताव फिर्ता लिन र बुधबारको बैठक सार्न आग्रह गरेका थिए ।

तर दाहाललले सचिवालय बैठक बुधबारै राख्नुपर्ने अडान दोहोर्‍याएका थिए । सरकारी निवास बालुवाटारमा बसेको प्रधानमन्त्री ओली निकट नेताहरूको बैठकले सचिवालय बैठक तत्काल बस्न नहुने निष्कर्ष निकालेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 239 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

इलाममा गर्भवती विमलाको शव गाडिएको अवस्थामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुल्मीमा काँग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो