Monday, July 26, 2021
HomeBreaking Newsतीन वर्षीया बालिकाको वीभत्स हत्या, बलात्कार गरी हत्या गरिएको आशङ्का

तीन वर्षीया बालिकाको वीभत्स हत्या, बलात्कार गरी हत्या गरिएको आशङ्का

,
sharethis

वाग्मती । पूर्वी मकवानपुरको वाग्मतीमा तीन वर्षीया बालिकाको वीभत्स हत्या भएको छ । उनको बलात्कारपछि हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

वाग्मती गाउँपालिका–७ को लामिटारका शेरबहादुर पाख्रिनकी छोरी रुबिनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । घटनास्थल नजिक उनको कट्टु फेला परेको र शरीरभरि रगत लत्पतिएका कारण बलात्कारपछि ढुङ्गाले हानेर वीभत्स हत्या गरेको हुनसक्नेतर्फ अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

उनलाई गम्भीर घाइते बनाइएको अवस्थामा बुधबार साँझ फेला पारिएको र उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । हाल प्रवक्ता रानासहितको प्रहरी टोली घटनास्थलमा रहेको छ भने प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा दुई पुरुषलाई पक्राउ गरेको जनाएको छ ।

बालिका बुधबार दिउँसो ३ बजेदेखि हराइरहेकी थिइन् । उनलाई स्थानीय खोल्साको किनारमा रक्ताम्य अवस्थामा फेला पारिएको थियो । बालिकाको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको छ ।

(Visited 200 times, 1 visits today)
Loading comments...

आजको समाचार

जसपा विवादः महन्थको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले महन्थ ठाकुर पक्षले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । पार्टीभित्रको विवाद निरुपणका लागि निर्वाचन आयोगले थालेको ‘हेडकाउन्ट’...

को हुन नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीेले श्रेष्ठलाई आइतबार राज्यमन्त्रीमा नियुक्त गरेकी...

चुस्त र प्रभावकारी मन्त्रिमण्डलको खाँचो

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेसँगै मन्त्री माग्नेहरूको थेगिनसक्नु भीड लागिरहेको छ । आफैंमा उदार स्वभावका प्रम देउवा र विभिन्न पार्टीहरूको जोडबलमा बनेको...

निगमलाई निजीकरण नगर्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमलाई तत्काल निजीकरण नगर्न अल्पकालीन आदेश जारी गरेको छ । नेपालका लागि नेपाली पार्टीकातर्फबाट आतिस कार्कीले दायर गरेको...

जसपा आधिकारिकता विवादको टुंगो आज

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) आधिकारिताबारे निर्वाचन आयोगले आज (सोमबार) निर्णय गर्दै छ । आयोगको निर्णय आउन निश्चित भएसँगै जसपा अध्यक्षद्वय उपेन्द्र यादव...

साताका लोकप्रिय समाचार

१२ कक्षाकाे परीक्षा साउन ३१ देखि भदौ ९ सम्म, होम सेन्टरबाटै दिन पाइने

  काठमाडाैं ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा साउन ३१ देखि भदौ ९ सम्म गर्ने निर्णय गरेको छ । परीक्षा बोर्डको मंगलबार बसेको...

नवनियुक्त स्वास्थ्य राज्यमन्त्रीकाे सपथ सिंहदरवारमा

  काठमाडाैं ।  नवनियुक्त स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठले सपथ लिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिषरिषद् कार्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले श्रेष्ठलाई पद तथा गोपनीयताको...

साताको शेयर बजार : ४२ अर्ब ५१ करोडको कारोबार

  काठमाडाैं ।   नयाँ आर्थिक वर्षको शुरुआतमा धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकम दुवैमा सकारात्मक सङ्केत देखिएको छ । बजार पूँजीकरणमा समेत...

धकेलिँदै कांग्रेस महाधिवेशन

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन धकेलिने भएको छ । कांग्रेसले वडा तहदेखि केन्द्रसम्मकै पूर्वनिर्धारित कार्यतालिकामा केही हेरफेर गर्दै एक सातादेखि १० दिनसम्म...

‘ए’ डिभिजन लिगबारे ४ क्लबको असहमति

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ३ असोजबाट आयोजना गर्ने तयारी गरिरहेको शहीद स्मारक ‘ए’ डिभिजन तोकिएको मितिमा हुनेमा शंका बढेको छ ।...

ट्रेन्डिङ

कोरोना प्रभावकैबीच १३ जलविद्युत् आयोजनालाई निर्माण अनुुमति

काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को प्रभावकैबीच १३ वटा जलविद्युत् आयोजनाले निर्माण अनुमति पाएको छ । विद्युत् विकास विभागले चैत...

कुनै बेला नेपालले भारतमा वार्षिक ४५ मिलियन अमेरिकन डलरको धान बिक्री गर्थ्याे

  नेपालमा पनि संयुक्त राष्ट्रसंघले घोषणा गरेअनुसार अन्तर्राष्ट्रिय धान वर्ष सन् २००४ (२०६१) मनाउने सिलसिलामा कृषि क्षेत्रबाट विभिन्न प्रकारका जनचेतना जगाउने कार्यक्रमहरु संचालन गरिएको थियो...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)