Tuesday, December 1, 2020
Home भर्खरै झुटा आरोपहरु सहन्न : प्रम ओली

झुटा आरोपहरु सहन्न : प्रम ओली

आजको सचिवालय बैठकको कारबाही प्रारम्भ हुन्छ । म सबै कमरेडहरुलाई हार्दिक स्वागत गर्न चाहन्छु । मैले धेरै भनिरहनु पर्ला जस्तो लाग्दैन बैठक धेरै जटिल मोडमा छ, पार्टी निकै जटिल मोडमा छ । सामान्य अवस्थाबाट पार्टी पनि गुज्रिराखेको छैन, हामी पनि गुज्रिराखेका छैनौं ।

म एक दुईवटा कुरा राखौं । अस्तिको बैठकमा केही कुराहरु जस्तो कि बैठकको एजेण्डाको रुपमा होइन, पत्राचारका रुपमा, जस्तो कि पाँच जना साथीहरुले मलाई बैठक बोलाइयोस् भनेर पत्र दिनुभयो । त्यसमा गम्भीर आरोपहरुसमेत भएको हुनाले मैले बैठक बोलाउने कुरा आफ्नो ठाउँमा छ । तर, ती आरोपहरु अनुत्तरित हुन पनि सक्दैनथे । मैले त्यसको जवाफ किन दिनुपर्‍यो ? वास्तवमा ती आरोपहरु सही थिएनन्, अनुपयुक्त, अनुचित, झुठा र भ्रमपूर्ण थिए, तिनको बारेमा मैले स्पष्ट पार्नु नै जरुरी थियो । त्यसकारण मैले व्यक्तिगत तवरमा नै अगुवाई उहाँको भएको हुनाले अर्का अध्यक्षलाई पत्र लेखें । र, त्यस पत्रको जानकारी बोधार्थका रुपमा पत्र बुझाउन आउने साथीहरुलाई त दिएँ नै, अरु साथीहरुलाई पनि जानकारीका लागि दिएँ । त्यसको प्रत्युत्तरमा चाहिँ अर्को ७ पेजको जवाफ अर्का अध्यक्षले लेख्नुभयो । त्यसको जवाफ मैले दिएको छैन । स्वभाविक रुपमा त्यसको पनि उचित जवाफ दिनुपर्ने छ ।

त्यसबाहेक त्यसै दिन एउटा प्रस्ताव भनेर अर्का अध्यक्षले मलाई दिनुभयो, अरु सदस्यहरुलाई पनि बाँड्नु भयो । त्यो बैठकमा प्रस्तुत भएको प्रस्ताव होइन । बैठकमा प्रस्ताव प्रस्तुत गर्ने हाम्रो विधि भिन्नै छ । एउटा अध्यक्षलाई जानकारी नभइकन अर्का अध्यक्षले कुनै पनि प्रस्ताव ल्याउन मिल्दैन । त्यस्तो दिनुपर्ने पनि कुनै अवस्था आउला, तर अर्का अध्यक्षलाई जानकारी नै नदिइकन, अर्का अध्यक्षमाथि हमला, प्रहार, आलोचना, आरोप र अभियोगसहितको प्रस्तावका नाममा अचानक त्यो मलाई दिनुभयो । अरु साथीहरुलाई पनि वितरण गर्नुभयो । तर, त्यो बैठकमा प्रस्तुत भएको प्रस्ताव होइन । त्यसलाई विधिसम्वत प्रस्ताव भन्न मिल्दैन । तर, त्यस सम्बन्धमा कमिटीमा छलफल आवश्यक छ । त्यो प्रस्ताव भनेर जो वितरण भयो, त्यसपछि जुन अखवारबाजी गरियो । यसो गर्नु उचित भयो कि भएन ? केही मतलबको कुरा भएन । अखवारबाजी गर्नका लागि समेत त्यसो गरिएको थियो र त्यसमा केही साथीहरुको संलग्नता र सहमति भएको पनि जानकारी भयो । त्यसो भएर यो विषय धेरै गम्भीर छ ।

यी आरोपहरु या त त्यसबाट बदर हुनुपर्‍यो, तब प्रधानमन्त्री र अध्यक्षको जिम्मेवारीमा बस्न मिल्छ । त्यसो होइन भने सदर हुनुपर्‍यो र ती पदहरु र ती जिम्मेवारीबाट हट्नु पर्‍यो

मैले अस्ति दुई जना कमरेडहरुलाई बोलाएर कुरा गरेँ, वामदेवजीसँग कुराकानी गरेँ र भनेँ कि यसको छिनोफानो नभइकन, यी आरोपहरुसहित, यी आरोप बोकी बोकीकन कोही पनि मानिस अध्यक्ष वा प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न त मिल्दैन । यी आरोपहरु या त त्यसबाट बदर हुनुपर्‍यो, तब प्रधानमन्त्री र अध्यक्षको जिम्मेवारीमा बस्न मिल्छ । त्यसो होइन भने सदर हुनुपर्‍यो र ती पदहरु र ती जिम्मेवारीबाट हट्नु पर्‍यो । यो हटाउने माग त पहिलेदेखि आएकै थियो । तर, यसपटक हट्ने आधारहरु यी हुन्, यसकारण हट्नु पर्छ भन्ने कुरा पनि आएको छ । पहिलेजस्तो यसमा सोझै प्रधानमन्त्रीबाट हट, अध्यक्षबाट हट भन्ने भाषा छैन । तर त्याग गर्नुपर्छ भन्ने कोटेड भाषा रहेको छ । त्याग भन्ने शब्द त्यहाँ राखिएको छ । यस सम्बन्धमा पहिले छिनोफानो हुनुपर्छ । यो आरोप या त सदर ठहरिनु पर्‍यो, अनि प्रधानमन्त्री र अध्यक्ष हट्नु पर्‍यो । यो आरोप सही ठहरिंदैन भने यस्तो आरोप लगाउनेले यसको जिम्मेवारी लिनु पर्‍यो, यसको जवाफदेही लिनुपर्‍यो ।

अब बाहिर बजारमा त हल्ला सुन्छु, बहुमत छ, अल्ममत छ, के छ, कसको कस्तो छ भन्ने कुराहरु खुबै सुन्छु । मैले त्यस्तो फर्मल्ली देखेको छैन । फर्मल्ली नदेखेसम्म त्यसलाई बहुमत, अल्पमत मान्ने कुरा पनि भएन । अब यसमा जानुपर्ने हुन्छ । यसको मैले एउटा जवाफ तयार गरिसकेको छैन । यसमा छलफल गर्न, सिम्प्ली छलफल गर्न र छिनोफानो गर्नका लागि मात्रै बैठक हुनसक्छ । यदि यो सही छ भने एउटा हट्नुपर्छ, सही छैन भने अर्को हट्नुपर्छ ।

अर्को कुरा मैले एउटा भन्नुपर्छ, मलाई अध्यक्ष र प्रधानमन्त्री दुईवटैबाट हटाउने तयारी पनि गरिएको छ, हट्न भनिएको पनि छ । त्यसैगरी मैले अर्का अध्यक्षलाई हट्न भन्यो भने के हुन्छ ? विधि पद्धतिका कुरा के हुन्छन् ? संगठनात्मक सिद्धान्तका कुरा के हुन्छन् ? त्यसमा एकपटक विचार गर्ने हो कि ? किनभने मैले हट्न भनेँ भने त्यसले त अर्को वातावरण निर्माण गर्नसक्छ । अर्को कुरा के हो भने, अस्तिको प्रस्ताव नामक अभियोगपत्र आइसकेपछि यसअघिका हाम्रा सहमति, सम्झदारीहरुको त त्यसैले अन्त्यको घोषणा गर्‍यो । त्यो पत्र बन्नुभन्दा पछि पुराना सहमति कायमै छन् भन्ने कुरा रहेन । अब पुराना सहमति कायम रहेको अवस्था नरहेको हुनाले एउटा नयाँ निकास पार्टीले खोज्यो । हामीले एउटा नयाँ निकास खोज्नैपर्छ । म चाहन्छु मिलेर जाऔं, मिलेर जान सकियोस्, पार्टी बचाउन सकियोस् र पार्टीलाई एकताबद्ध राख्न सकियोस् ।

यो पनि पढ्नुहोस   एकता मजबुत हुने आशामा नेकपाका नेता कार्यकर्ता

म के भन्न चाहन्छु भने, मिलेर मात्रै पार्टी बचाउन सकिन्छ । लडेर पार्टी बच्दैन, जालझेल र तिकड्म गरेर पार्टी बच्दैन । गुटबन्दी गरेर पार्टी बच्दैन । सबै कुराहरुमा पछि छलफल गरौंँला । आजचाहिँ म त्यो लाञ्छनापत्र, जो मलाई दिइएको थियो, त्यस पत्रका सम्पूर्ण आरोपहरु, अभियोगहरु, लाञ्छनाहरु, तिरस्कारहरु, अपमानहरु सबैलाई खारेज गर्छु । र, यो मेरो राजनीतिक जीवन नै सिध्याउने गरी ल्याइएको आरोपपत्रलाई म पूर्ण रुपमा अस्वीकार गर्छु । त्यसको यथोचित जवाफ म लिखित रुपमा नै प्रस्तुत गर्नेछु । मैले त्यो पत्रले परिस्थिति अलिक गम्भीर मोडमा पुर्‍यायो भनेर माधव कमरेडलाई भनेँ । उहाँले अँ धम्काउने ? धम्काएर कोही डराउँदैन भन्नु भयो । अब डराउने खालको त यहाँ कोही छजस्तो लाग्दैन । माधव कमरेड मात्रै नडराउने होइन, अरु पनि कोही डराउलानजस्तो लाग्दैन । कोही पनि डराउदैनन् । यस्तै राजनीति गरेर आएका मान्छेहरु कोही डराउलानजस्तो लाग्दैन । तर सबै सुरैसुरा हुँदाखेरि सुरैचाहिँ बुद्धिमत्तापूर्ण कति हुन्छ र कति हुँदैन ? फेरि पनि विचार गर्न मेरो आग्रह छ ।

यसमा छलफल गर्न, सिम्प्ली छलफल गर्न र छिनोफानो गर्नका लागि मात्रै बैठक हुनसक्छ । यदि यो सही छ भने एउटा हट्नुपर्छ, सही छैन भने अर्को हट्नुपर्छ

अहिलेचाहिँ अब बैठकमा जुन विषयमा छलफल हुनुपर्छ पहिले र निष्कर्ष निस्किनु पर्छ त्यसो नगरिकन अगाडि जान सकिदैँन । यही विषयमा छलफल गर्न म तयारीमा पुगिसकेको छैन, मेरो जवाफपत्र पनि तयार भइसकेको छैन । मैले त्यो पत्र मसिनोगरी हेर्नुपर्ने आवश्यकता छ । र, यत्ति हो कि मैले परिस्थिति अत्यन्त गम्भीर देखेको छु । मैले पहिलेदेखि भन्ने गरेको छु, यो धम्काएको होइन । तर यस्तो हैरानी, यति हुर्मत, यति अपमान, यति घटिया लाञ्छनाहरु जीवनमा मैले पहिलोपल्ट यति गरिमामय ठाउँमा वितरण भएको भोग्दै छु । यसभन्दा अगाडि यस स्तरको भाषा, शैली र आरोप लगाइएको अनुभव कमिटीभित्र मेरो थिएन, सायद अरु कसैको थिएन ।

कहिल्यै कसैले यस्ता आरोपहरु लगाएको यस ढंगले राजनीति नै सिध्याउने मनसायका साथ उत्रिएको मैले पाएको थिइनँ । त्यो पत्र जुन मैले देखेको छु, त्यसमा जुन भाषा प्रयोग भएको छ, त्यसमा जुन आरोपहरु लगाइएका छन् र जुन लाञ्छनाहरु लगाइएका छन्, ती हल्काढंगले लगाइएको रुपमा मैले लिएको छैन । यो अवश्य नै अत्यन्त गम्भीरतापूर्वक लगाइएको छ । राजनीतिमा जुनसुकै कुरा आइपरे पनि सहन हुनुपर्ने नै हुन्छ ? म त जेलनेल, कुटाइ, यातना सबै भोगेर आएको छु । लाठी, बुट, जुत्ता मैले भोगेर आएको छु । ती सबै कुरा भोगिएको छ भने अँ, फेरि पनि कुनै परिस्थिति भोग्न मलाई कुनै कठिनाइ छैन । त्यो पत्रका प्रस्तोता र त्यसको पृष्ठभूमिमा रहेका साथीहरुले कुन बाटोबाट जाने च्वाइस गर्नुस् ।

अँ, त्यस्ता झुठा र निकृष्ट लाञ्छनाहरु मैले सहन्छु भन्ने कुरा नसोचे पनि हुन्छ । तसर्थः आज बैठक अगाडि बढ्न सक्ने देख्दिनँ । म त्यसमा बहस गर्न अहिले तयार छैन, किनभने मेरो तयारी नै पुगेको छैन, बुँदाहरु पुगेका छैनन् भन्ने कुराहरु त भनिसकेको छु । त्यसमा फेरि थप के भन्नु छ र ? त्यसमा अरुको पानी चित्र त देखेको छु नि ! त्यसमा त यसो हेर्दाखेरी पानी चित्र त आउँछ नि ! मैले कुरा गरेको छु र सबै सुनेको छु नि ! अहिलेलाई यत्ति नै ।
धन्यवाद ।
(पार्टी सचिवालयको २०७७ मंसिर ३ गते बालुवाटारमा सम्पन्न बैठकको अध्यक्षता गर्दै गर्नुभएको सम्बोधनको अंश)

(Visited 74 times, 1 visits today)
Loading comments...

आजको समाचार

नेकपामा दुई लाइन संघर्षको बीजारोपण

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ण्का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले एक अर्कालाई आरोप–प्रत्यारोप गर्दै लिखित प्रतिवेदन पेस गरेपछि पार्टीभित्र स्पष्ट...

अध्यक्ष शेरचन विज्ञापन बोर्डमा नियुक्त

काठमाडौं । राजधानी न्युज पब्लिकेशनका अध्यक्ष तथा प्रबन्ध निर्देशक महेन्द्र शेरचन विज्ञापन बोर्डमामा नियुक्त भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शेरचनसहित पाँच जनालाई...

प्रतितोला ७०० ले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः ओरालो लागेको छ । आज सुनको मूल्य प्रतितोला रु ७०० ले ओरालो लागेको छ । यही...

कर्मचारीलाई तयारी कक्षा लिन गरिएको प्रतिबन्धले उब्जाएका प्रश्न

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवामा कार्यरत कर्मचारीहरूलाई लोकसेवा आयोगलगायतका सबै प्रतिस्पर्धात्मक परीक्षामा सफलता दिलाउने उद्देश्यले स्थापित संस्थाहरूमा प्रशिक्षण दिन, आफैं उपस्थित...

डोटीमा आज एकैसाथ ८ अस्पतालको शिलान्यास

सिलगढी । डोटी जिल्लामा आज एकैसाथ आठवटा अस्पतालको शिलान्यास गरिदैछ । नेपाल सरकारले आज देशभरिका ३९६ अस्पतालको एकै साथ उद्घाटनको तयारी गरेसँगै डोटी जिल्लामा...

साताका लोकप्रिय समाचार

बिरामी बोकेको पिकअप त्रिशूलीमा खस्दा तीन बेपत्ता

काठमाडौं । प्युठानबाट बिरामी बोकेर काठमाडौँ जाँदै गरेको पिकअप भ्यान त्रिशूलीमा खस्दा तीन जना बेपत्ता भएका छन् । साथै एक जना घाइते भएका छन्...

विद्यालय कतै खुल्यो, कतै खुलेको भोलिपल्टै बन्द

सप्तरी । लामो समय पश्चात् खुलेका सप्तरीको शम्भुनाथ नगरपालिकाका केही विद्यालय संचालनमा आएको भोलिपल्टै पुनः बन्द भएका छन् । कोरोनाको जोखिम कायमै रहेको निष्कर्ष...

भारतविरुद्धको एक दिवसीय सिरिज अष्ट्रेलियाद्वारा कब्जा

क्यानभेरा । सीमित ओभरको दोस्रो खेलमा पनि अस्ट्रेलियासँग भारतले करारी हार व्यहोरेको छ । दोस्रो खेलमा भारत ५१ रनले पराजित भयो । जीतसँगै तीन...

विपिनको गीतमा विशाल र सरिताको अभिनय

काठमाडौं । गायक तथा संगीतकार विपिन घिमिरेले आफ्नो नयाँ गीत खास लाग्न थाल्यौं...को भिडियो मंगलबार युट्युबमार्फत रिलिज गरेका छन् । दुई दशकदेखि गायनमा सक्रिय...

१२५५ जनामा कोरोना पुष्टि, १४०४ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार २५५ नयाँ सङ्क्रमित थपिएका छन् । ८ हजार ८ नमूना परीक्षण गर्दा १२५५ जनामा सङ्क्रमण पुष्टि...

ट्रेन्डिङ

इलामका थप ५ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण

इलाम । इलाममा पाँच जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । साउन ११ गते श्वाव संकलन गरेका १५ जनामध्ये पाँच जनामा संक्रमण...

आयोवा प्रारम्भिक चुनाव : पिट बुटिगिग र बर्नी स्यान्डर्सको अग्रता

आयोवा । अमेरिकी डेमोक्रयाटिक पार्टीको आयोवा राज्यमा भएको चुनावी प्रतिस्पर्धामा पूर्वमेयर पिट बुटिगीग र सिनेटर बर्नी...

गैरआवासीय नेपालीलाई स्वदेश फर्कने वातावरण मिलाउन सरकारलाई आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघको कोभिड–१९ उच्चस्तरीय समितिका संयोजक तथा अध्यक्ष कुमार पन्तले विदेशमा रहेका गैरआवासीय नेपालीलाई नेपाल फर्कन सहज वातावरण मिलाउन नेपाल सरकारलाई...

ठाडोभाकाका साधकलाई सम्मान

लमजुङ । लमजुङमा ठाडोभाकाका पुराना साधकलाई सम्मानको तयारी गरिएको छ । ठाडोभाका लोककला प्रतिष्ठान...

खेलकुदमा बजेटमा ह्रास

काठमाडौं । सरकारले नयाँ आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ३६ करोड बजेट विनियोजन गरेको छ । जुन गत आर्थिक वर्षभन्दा...

उदयपुरमा कोरोनाबाट दुई दिनमा ३ जनाको मृत्यु

उदयपुर । उदयपुरमा कोरोना संक्रमणबाट सोमबार र मंगलबार तीन जनाको मृत्यु भएको छ । संक्रमित सबैको उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा...

महिला संघको देशव्यापी आन्दोलन गर्ने चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघले देशमा भएका विभिन्न महिला हिंसाका घटनाका प्रत्यक्ष दोषीहरूलाई उन्मुक्ति दिन नहुने र...

विवाह मण्डपबाटै दुलाह र दुलहीका वावु पक्राउ

तुलसीपुर । दाङमा विवाह मण्डपबाटै दुलाह र दुलहीका वुवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका– १३ सेवार निबासी दुलाह ३० बर्षका...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बीर अस्पताल अगाडीको ढलपोखरीले महानगरको इज्जत जाँदैन ? (फोटोफिचर)

काठमाडौं । नेपालकै जेठो अस्पताल बीर अस्पतालको मुख्य गेटवाहिर सडकमा पानीको आहाल (ढलपोखरी) जमेको एक महिना पुग्न लाग्यो । सडकमा फोहोरको पोखरी वनेको दृष्य सामान्य...

इलाममा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु

इलाम । इलामको फाकफोकथुम गाउँपालिका ५ लुम्देमा पिकअप दुर्घटना भएको छ । दुर्घटनामा परी २ जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको अवस्था जटिल...

पशुपतिनाथ पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने

काठमाडौँ । गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य...

थप १ हजार ४७४ जना कोरोना संक्रमित पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा एक हजार ४७४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ९...

भर्खरै

नेकपाको ‘दस्तावेज युद्ध’

मौसम चिसिँदो छ । महामारीको त्रास कायमै छ तर खोपको अनुसन्धान र परीक्षणमा भएको हालसम्मको प्रगतिले आशा जगाएको छ । छिमेकी मुलुकहरू भारत र...

आर्थिक सुशासनलाई कमजोर हुन नदेऊ

‘म पनि भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिने छैन’ भन्ने वर्तमान सरकारको मुख्य नारा थियो । प्रधानमन्त्री ओलीले आर्थिक सुशासनका लागि आफ्ना मन्त्रीहरूलाई...

फराकिलो बन्दै नेपाली कूटनीतिक आयाम

चिनियाँ रक्षामन्त्रीको भ्रमणसँगै नेपाली कूटनीतिक आयाम फराकिलो बन्दै गएको महसुस हुन थालेको छ । यसअघि भारतीय पक्षबाट भएको कूटनीतिक भ्रमणले नेपाल भारतबीचमा उच्चस्तरीय कूटनीतिक...

घरको इज्जत फाली भन्दै छोरीको हत्या गर्ने बाबु आमा पक्राउ

रौतहट । छोरीको हत्या गरेको आरोपमा बाबु आमा पक्राउ परेका छन् । गत कात्तिक २६ गते जिल्लाको माधवनारायण नगरपालिका–७ लौकाहा टोलमा १७ वर्षीया अमृता...

धेरै पढिएका

सप्तरीमा दर्ता भएका १ सय ३६ उद्योग खारेजी

सप्तरी । सप्तरीमा दर्ता रहेका ९ हजार १ सय २७ उद्योग मध्ये १ सय ३६ वटा उद्योग खारेजीमा परेका छन् । छैठौं उद्योग दिवसको...

जग्गा नछाेडेकाे भन्दै देवर र भतिजाले कुटेर दुबै हात भाँचिदिए

सप्तरी, राजविराज । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान चलिरहेकै बेला सप्तरीमा दुई महिलामाथी निर्घात कुटपिट भएको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नं....

अछाममा बस दुर्घटना हुँदा एकको मृत्यु, १७ यात्रु घाइते

डोटी । अछाम सदरमुकाम मङ्गलसेनबाट कैलालीतर्फ जाँदै गरेको ना ४ ख ९९७२ नम्बरको बस आज बिहान चौरपाटी गाउँपालिका मार्कुमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै...

भारतीय विदेश सचिव आजै स्वदेश फर्किने, त्यसअघि गोरखा जाने

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला आज स्वदेश फर्किदैछन् । त्यसअघि उनी गोरखा जाने भएका छन् । भारतीय...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)