Monday, May 17, 2021
Home प्रदेश प्रदेश २ डुंगा र अटोरिक्साबाट तस्करी : लाखौंको सामान बरामद, दुई जना पक्राउ

डुंगा र अटोरिक्साबाट तस्करी : लाखौंको सामान बरामद, दुई जना पक्राउ

,

सप्तरी । कुनै बेला सप्तकोशी नदीमा डुंगाको प्रयोग माछा मार्ने र बाढीले बगाएर ल्याउने रुख र काठ संकलन गर्ने कार्यमा प्रयोग हुँदै आएको थियो । तर हाल आएर डुंगाको प्रयोग तस्करीका सामान ओसार पोसार गर्ने कार्यमा प्रयोग हुन थालेको पाइएको छ ।

केही दिन यता एकपछि अर्को गरि डुंगाबाट लाखौंको तस्करीका सामान बरामद हुन थालेको छ । नेपालमा महगो मुल्यमा बिक्रि हुने सरसामान भारतीय बजारबाट ल्याउने र भारतीय बजारमा महगो मुल्यमा बिक्रि हुने सरसामान यताबाट डुंगामा राखी लैजाने क्रम बढेपछि प्रहरीले सक्रियता समेत बढाएको छ ।

यसैक्रममा पछिल्लो पटक बुधबार अबैध रुपमा भारतबाट डुंगामा लोड गरि ल्याउँदै गरेको ८ लाख ९३ हजार मुल्य बराबरको सरसामान प्रहरीले जफत गरेको छ । हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १४ स्थित सप्तकोशी नदी हुँदै भारतबाट अबैध रुपमा डुंगामा लोड गरि ल्याउँदै गरेको सो परिमाणको बाला र चुरा सेट, खम्बा फुल र सप्तरंगी कागजलगायतका सामाग्रि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी भुवनेश्वर साहले जानकारी दिए ।

केही दिनयता डुंगाको प्रयोग तस्कारीमा हुन थालेको खबर आएपछि सादा पोशाकमा सुरक्षाकर्मी समेत निगरानीका लागि परिचालन गरिएको प्रहरी उपरिक्षक राजेन्द्र धमलाले बताए । दुई महिनाको अवधीमा डुंगाबाट तस्करी गरी ओसार पोसार गर्न लागिएका १९ लाख भन्दा बढीका सरसामान जफत गरी भन्सार कार्यालयलाई बुझाइएको उनको भनाई छ ।

बुधबारै सोही नगरपालिकाको वडा नं. १४ स्थित हनुमाननगर–कुनौली सडक खण्डमा चेकजाँचको क्रममा भारतबाट भन्सार छलेर प्रदेश नं. १–०४–०००१ ह. ००७३ नम्बरको अटोरिक्सामा लुकाई छिपाई ल्याउँदै गरेको ३ लाख ८ हजार मुल्य बराबरको बाला र चुरा सेट प्रहरीले बरामद गरेको छ ।

सो क्रममा अटो रिक्सा चालक सोही नगरपालिका निवासी २० वर्षीय सेवाज खंग र समानधनी महोत्तरीको गौशाला नगरपालिका २ निवासी ३६ वर्षीय सन्तोष कुमार साह पक्राउ परेका छन् । यसरी बरामद गरिएको तस्कारीका सामान भन्सार कार्यालय चलान गरी पक्राउ परेका व्यक्ति उपर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्लान प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

(Visited 115 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोरोना संक्रमणबाट गुल्मीमा एकै दिन ११ जनाको मृत्यु

  गुल्मी । दोस्रो चरणको कोरोनाका कारण पछिल्लो २४ घण्टामा गुल्मीका ११ जनाको मृत्यु भएको छ । शनिबार दिउसो ३ बजेदेखि आइतबार दिउसो ३ बजेसम्म...

भारतमा शव जलाउन दाउरा अभाव, गङ्गा नदी किनारामा शवको थुप्रो

एजेन्सी ।  प्रयागराज, भारत, २ जेठ (रासस–एपी) – भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको...

राष्ट्रिय सभा उपनिर्वाचनमा तीन उम्मेदवार, ३ सय ४७ मतदाता

काठमाडौं । बाग्मती प्रदेशतर्फ रिक्त एक राष्ट्रिय सभा सदस्यका लागि तय उपनिर्वाचनमा ३ सय ४८ मतदाता र तीन उम्मेदवार छन् । आगामी ६ जेठमा हुने...

काेराेना संक्रमणबाट पत्रकार कार्कीको निधन

काठमाडाैं ।  नेपाल पत्रकार महासङ्घ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना सङ्क्रमणका कारण ३४ वर्षको अल्पायुमै निधन भएको छ । गत वैशाख...

पत्रकार महासंघले दियो अस्पताललाई २० सिलिन्डर अक्सिजन

गुल्मी । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा गुल्मीले तम्घास अस्पताललाई २० वटा अक्सिजनका सिलिन्डर प्रदान गरेको छ । शनिबार साँझ महासघंले अस्पतालका प्रमुख डाक्टर...

साताका लोकप्रिय समाचार

कोरोना संक्रमणबाट एमाले नेता पशुपति चौलागाईंको निधन

काठमाडाैं ।  कोरोना संक्रमणबाट एमाले नेता पशुपति चौलागाईंको निधन भएको छ । चौलागाईंको मंगलबार साँझ निधन भएको एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले जानकारी...

गुरुङ फेरि मुख्यमन्त्री

पोखरा । गण्डकी प्रदेश मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ पुनः नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले १६८ (३)अनुरूप संसद्मा ठूलो दलको हैसियतले एमाले संसदीय...

संकटमै कालो बजारी, सामाजिक उत्तरदायित्व खै ?

काठमाडौँ । एकवर्ष यता कोरोना महामारीले विश्वमा डरलाग्दो संख्यामा मानविय क्षति भएको छ । कोरोना महामारीकै कारण उद्योग कलकारखाना राम्रोसँग सञ्चालन हुन नसक्दा लाखौंको...

अष्ट्रेलिया–भारत उडान पुनः सुरु गरिने

क्यानबेरा । भारतबाट अष्ट्रेलियाका लागि हुने उडानका लागि अस्थायी रूपमा लगाइएको रोक मे १४ को मध्यरातदेखि सञ्चालनमा आउने प्रधानमन्त्री स्कट मोरिसनले शुक्रबार बताउनुभएको छ...

ट्रेन्डिङ

कोरोना पोजेटिभ भेटिएका वालिङका एकको निधन

स्याङ्जा । कोरोना संक्रमण पोजेटिभ भेटिएका वालिङका एकजनाको पोखरामा निधन भएको छ । उनको आईसोलेसनमा रहेका बेला पोखरामा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक...

भारतमा चिनिया सेना प्रवेश गरेकाे भन्दै संसद बैठक बोलाउन भारतीय काँग्रेस नेताको माग

नयाँ दिल्ली । भारतीय काँग्रेसका एक नेताले भारतीय संसदको बैठक बोलाउन प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष माग गरेका छन् ।भारतीय काँग्रेसका नेता दिगविजय सिंहले सो माग...

नक्कली पिसिआर रिपोर्ट देखाएर दुबई जान खोज्ने पक्राउ

काठमाडौं । नक्कली पिसिआर रिपार्ट बनाएर दुबई जान खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट दुबई जान खोज्ने राहदानी नम्बर १०३६९९०८ वाहक...

पार्टी चुनावी घोषणापत्र र सरकारी बजेट

संघीय संसद् र प्रदेश सभाको निर्वाचन भएको साढे दुई वर्ष व्यतित भयो । स्थानीय तहको त तीन वर्ष नै भइसक्यो । अब सत्तारूढ पार्टीले...

कालिकोट कांग्रेस सभापति सहित ४० जनाको टोली बनभोजमा रमाउदै

कालिकोट । नेपाली काग्रेस खाँडाचक्र नगरपालिका वडासमिति ८ का सभापति सन्तोस मल्ल, सोही वडाका जनप्रतिनिधि कृष्णवहादुर मल्ल, स्वास्थ्य कर्मचारी दुर्ग विक, विद्युत...

नौ नौ महिनामा सरकार परिवर्तन गर्ने बानी परेकाहरु सरकार फेर्ने कुरा गर्दैछन् : मुख्यमन्त्री पोखरेल

तुलसीपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले केहि नेताहरु सरकार परिवर्तन गर्न लागि परेको बताएका छन् । तुलसीपुर उपमहानगरपालिका–७ स्थित राप्ती शान्ति उद्यान पार्कमा...

कर्णाली प्रदेशमा सरकार गठन विवाद यथावत, मुख्यमन्त्री शाही आफैले राखे पाँच मन्त्रालय

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिपरिषद् पुनःगठन गर्नुभएको छ । सत्ता साझेदार दल नेपाली काँग्रेससँगको विवाद समाधान गर्न मुख्यमन्त्री शाहीले...

कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी : ६ दिनमा ३० करोड कारोबार, डेढ लाखले गरे अवलोकन

बिराटनगर । बिराटनगरमा जारी कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी (बिराट एक्स्पो) मा बुधबार सम्म ३० करोड भन्दा बढीको आर्थिक कारोवार भएको छ । प्रदर्शनीको...

सर्वोच्चको फैसलासँगै एमाले र माओवादी केन्द्र पुनः अस्तित्वमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषि कट्टेलको नाममा रहने सर्वोच्च अदालतको फैसलासँगै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पुनः अस्तित्वमा आएका छन् ।...

कोरोना संक्रमणको चौथो चरणप्रति सावधान !

कोरोना संक्रमितको कुल संख्या १० हजार ७ सय २८ पुगेपछि नेपालको सन्दर्भमा यसलाई संक्रमणको चौथो चरण प्रवेश गरेको स्वीकार गरिएको छ । बुधबारसम्म आइपुग्दा...

विद्युत् प्राधिकरण नेपालकै सर्वाधिक सफल संस्थान

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्ष २०७६-७७मा ११ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएको भन्दे सर्वाधिक सफल संस्था भएको दाबी गरेको छ...

एनआरएनए युकेको सहयोगमा १ सय ४६ जना नेपाल फर्किए

लन्डन । कोरोना महामारीका कारण बेलायतमा अड्किएका १ सय ४६ जना बुधबार नेपालका लागि उडेका छन् । उनीहरु बिगत ४ महिनादेखि नेपाल जान पाएका...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)