थप २ हजार १०३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार १०३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ९ हजार ८०५ नमूना परीक्षण गर्दा २ हजार १०३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख १५ हजार २० पुगेको छ । २४ घण्टामा २ हजार ८५८ जना कोरोनामुक्त भएका छन् । हालसम्म एक लाख ८५ हजार ६३८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । हालसम्म २८ हजार १०६ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘अर्थतन्त्रमा दीर्घकालीन असर’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
चार पालिका जितेको एमाले योपटक शून्य