Thursday, November 19, 2020
Home Editor-Picks कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि सरकारले कर्जा दिने

कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि सरकारले कर्जा दिने

काठमाडौं । कोभिड १९ बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पयर्टन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालन निरन्तरताका लागि प्रभावकारी ढङ्गले कर्जा उपलब्ध गराउन सरकारले व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ जारी गरेको छ ।

अर्थमन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदबाट पारित कार्यविधि अनुसार सहुलियत कर्जा उपलब्ध गराई व्यवसायको निरन्तरता दिन सरकारले कर्जा प्रवाह गर्नका लागि नेपाल राष्ट्र बैङ्कमा आवश्यक रकमको व्यवस्था गर्नेछ ।

पचास अर्बको कर्जा प्रवाह खाता

सरकारले राष्ट्र बैङ्कबाट सञ्चालन हुने गरी राष्ट्र बैङ्कको बैङ्किङ्ग कार्यालयमा पचास अर्ब रुपैयाँको व्यवसाय सञ्चालन निरन्तरता कर्जा प्रवाह शोधभर्ना खाता खोल्नेछ । जसमा नेपाल सरकारले उपलब्ध गराएको रकम, सरकारको पूर्ण वा आंशिक स्वामित्वमा रहेका संस्थाबाट मन्त्रालयको समन्वयमा जम्मा हुने रकम, विदेशी संघ, संस्थासँग नेपाल सरकारले गरेको सम्झौता बमोजिम प्राप्त हुने रकम जम्मा गरिनेछ ।

यस्तै खातामा मन्त्रालयले पटक पटक गरी आवश्यकताका आधारमा रकम जम्मा गर्ने, खातामा रहेको रकम प्रयोजन समाप्त भएपछि राष्ट्र बैङ्कले नेपाल सरकार तथा सम्बन्धित संस्थालाई फिर्ता गर्ने व्यवस्था गरिएको छ ।

कोभिड १९ बाट प्रभावित भई श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी गर्न नसकी कर्जाको अभावमा उद्योग व्यवसाय सञ्चालन गर्न समस्या परेका घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन व्यवसायलाई सहुलियत कर्जा प्रदान गरिने कार्यविधीमा उल्लेख छ ।

तीन किसिममा वर्गिकरण

अति प्रभावित क्षेत्र, मध्यम प्रभावित क्षेत्र र न्यून प्रभावित क्षेत्र गरी कर्जालाई तीन किसिमले वर्गीकरण र सीमा निर्धारण गरिएको छ । जसमा अति प्रभावित क्षेत्रमा श्रमिक र कर्मचारीको वार्षिक पारिश्रमिक तथा सोको पचास प्रतिशत थप (व्यवसाय निरन्तरताको लागि) गरी कुल रकम वा अधिकतम दश करोड रुपैयाँसम्म रहेको छ ।

यस्तै मध्यम प्रभावित क्षेत्रमा श्रमिक र कर्मचारीहरुको वार्षिक पारिश्रमिक तथा सोको पचास प्रतिशत थप (व्यवसाय निरन्तरताको लागि) गरी कुल रकम वा अधिकतम सात करोड रुपैयाँसम्म रहेको छ । न्यून प्रभावित क्षेत्रमा श्रमिक र कर्मचारीहरुको वार्षिक पारिश्रमिक तथा सोको पचास प्रतिशत थप (व्यवसाय निरन्तरताको लागि) गरी कुल रकम वा अधिकतम पाँच करोड रुपैयाँसम्म रहेको छ ।

यसरी प्रवाह गरिने गरिने कर्जाको पचास प्रतिशत अति प्रभावित क्षेत्रमा, तीस प्रतिशत मध्यम प्रभावित क्षेत्रमा र वीस प्रतिशत न्यून प्रभावित क्षेत्रमा प्रवाह गरिने पनि कार्यविधिमा उल्लेख गरिएको छ ।

साउनसम्म नियमित तलब दिएको हुनुपर्ने

कार्यविधि अनुसार यसरी प्रवाह गरिने कर्जाको ब्याजदर पहिलो वर्षको लागि पाँच प्रतिशत र दोस्रो वर्षको लागि छ प्रतिशत कायम गरिएको छ । यस्तै कर्वा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई पहिलो वर्ष दुई प्रतिशत र दोस्रो वर्ष तीन प्रतिशत ब्याजदरमा खाताबाट रकम उपलब्ध गराउने व्यवस्था मिलाएको छ । खातामा सरकारको पूर्ण वा आंशिक स्वामित्वमा रहेको संस्थाबाट लिने रकमको लागि त्यस्तो संस्थालाई बढीमा पाँच प्रतिशत ब्याज उपलब्ध गराइने भएकोछ । यस्तो खाताबाट प्रदान गरिने भुक्तानी अवधि बढीमा २ वर्षको हुनेछ ।

कार्यविधि अनुसार व्यवसाय कोभिड १९ बाट प्रभावित भएको, सरकारको कुनै निकायमा दर्ता भई प्रमाणपत्र प्राप्त गरेको र नियमित नवीकरण भएको, श्रमिक वा कर्मचारी संख्या न्यूनतम पाँच जना भएको, श्रमिक वा कर्मचारीलाई आर्थिक वर्ष २०७६र ०७७ को श्रावणदेखि फागुन मसान्तसम्म नियमित ज्याला वा तलब भुक्तानी गरेको र प्रचलित कानून बमोजिम अग्रिम आयकर कट्टी गरी दाखिला गरेकालाई कर्जा प्रवाह गर्न सकिने व्यवस्था गरिएको छ ।

यो पनि पढ्नुहोस   तोलामा ७०० ले घट्यो सुनको मूल्य

सरकारी निकाय, बैङ्क तथा वित्तीय संस्थाहरु र दातृ निकायबाट सहुलियत ब्याजदरमा कर्जा वा सहायता उपभोग गरिरहेका ऋणीहरु यो कार्यविधि बमोजिम प्रदान गरिने कर्जाका लागि योग्य नहुने प्रावधान छ ।

कोभिड १९ बाट उद्योग वा व्यवसायमा परेको प्रभाव मूल्याङ्कन गरी समस्यामा परेका ऋणीको व्यवसायिक आवश्यकता तथा व्यवसायलाई निरन्तरता दिन पूँजीको अभाव, श्रमिक वा कर्मचारीको रोजगारीको निरन्तरता, भविष्यको सञ्चालन सम्भाव्यता, कर्जा फिर्ता गर्न सक्ने व्यावसायिक योजना समेतको आधारमा बैंक तथा वित्तीय प्राथमिकता निर्धारण गर्नु पर्नेछ ।

व्यवसायीले कर्जाको लागि पेश गरेको निवेदन, पारिश्रमिक रकम प्रमाणित हुने लेखापरीक्षण गरिएको पछिल्लो आर्थिक वर्षको वित्तीय विवरण र आन्तरिक राजस्व कार्यालयमा पेश गरेको आय विवरण, पछिल्लो आर्थिक वर्षको कर चुक्ता वा कर दाखिला प्रमाणपत्र, ऋणीले अन्य इजाजतपत्र प्राप्त संस्थाबाट यस्तो सुविधा नलिएको स्वघोषणा लगायत हेरी इजाजतपत्र प्राप्त संस्थाले व्यवसायीलाई कर्जा उपलब्ध गराउनु पर्ने व्यवस्था पनि गरिएको छ ।

इजाजतपत्र प्राप्त संस्थाले निवेदन प्राप्त भएको मितिले पन्ध्र दिनभित्र निवेदनको मूल्याङ्कन गरी कर्जा प्रवाह गरिसक्नु पर्नेछ । कर्जा अस्वीकृत भएमा सोको कारण खुलाई सोही अवधिभित्र निवेदकलाई लिखित जानकारी दिनु पर्नेछ ।

सम्बन्धित व्यवसायीको आफ्ना कर्मचारीलाई कर्जा अवधिभर रोजगारीबाट हटाउन नहुने, कर्जा लिन इच्छुक व्यवसायीले तोकिएको समयभित्र कर्जाका लागि निवेदन दिने, कर्मचारी वा श्रमिकको तलब भत्ता भुक्तानी र व्यवसायको निरन्तरताका लागि बाहेक बोनस, इन्सेन्टिभ, बिदाको रकम भुक्तानी तथा अन्य कर्जाको व्याज तिर्ने प्रयोजनमा यस कर्जाको रकम खर्च गर्ने व्यवसायीको दायित्व हुनेछ ।

व्यावसायिक निरन्तरता कर्जा प्रवाहको लागि खाता सञ्चालन गर्ने, इजाजतपत्र प्राप्त संस्थाबाट प्रवाह भएको व्यवसाय निरन्तरता कर्जाको शोधभर्ना माग भई आएमा खाताबाट शोधभर्ना रकम उपलब्ध गराउने व्यवस्था गरिएको छ । प्रवाह भएको व्यवसाय निरन्तरता कर्जाको शोधभर्ना रकमको विवरण मन्त्रालयलाई मासिक रुपमा उपलब्ध गराउने, कार्यविधिको प्रभावकारी कार्यान्वयनको लागि इजाजतपत्र प्राप्त संस्थाको आवश्यक अनुगमन, नियमन, निरीक्षण तथा सुपरीवेक्षण गर्ने काम राष्ट्र बैङ्कको काम, कर्तव्य तथा अधिकार हुनेछ ।

कर्जा दुरुपयोग गर्नेलाई कार्वाही

त्यसैगरी कर्जाको सदुपयोग भएको नपाइएमा नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ बमोजिम कारबाही गर्ने शोधभर्ना बापतको रकम इजाजतपत्र प्राप्त संस्थालाई भुक्तानी दिन इन्कार गर्ने, शोधभर्ना रकम प्राप्त गर्ने बैङ्क तथा वित्तीय संस्थाबाट अवधि समाप्त भएपछि शोधभर्ना रकम (साँवा तथा व्याज) फिर्ता भुक्तानी लिइने कार्यविधीमा उल्लेख छ । व्यवसायीले यस कार्यविधि बमोजिम प्राप्त गरेको कर्जा सुविधा दुरुपयोग गरेको पाइएमा राष्ट्र बैङ्कले त्यस्तो व्यवसायीलाई सबै प्रकारको बैङ्किङ सुविधाबाट बञ्चित गराउन वा कालोसूचीमा राख्न कर्जा सूचना केन्द्रमा लेखी पठाउन सक्नेछ ।

कर्जा प्रवाहलाई व्यवस्थित रुपमा सञ्चालन गर्न अर्थ मन्त्रालयका सचिवको अध्यक्षतामा महालेखा नियन्त्रक, राष्ट्र बैंकका डेपुटी गभर्नर, राष्ट्र बैङ्क बैङ्क तथा वित्तीय संस्था नियमन विभाग, नेपाल बैङ्कर्स एसोसिएसनका अध्यक्ष र अर्थ मन्त्रालयका (वित्तीय क्षेत्र हेर्ने) सहसचिव सदस्य सचिव रहने गरी सञ्चालक समिति हुनेछ ।

आर्थिक वर्ष २०७७र७८ को बजेट बक्तव्यमा उल्लेख भए बमोजिम व्यावसाय निरन्तरताका लागि सहुलियत कर्जा प्रदान गर्न यो कार्यविधि तर्जुमा गरी लागू गरिएको हो ।

(Visited 1 times, 1 visits today)
Loading comments...

आजको समाचार

तीन वर्षीया बालिकाको वीभत्स हत्या, बलात्कार गरी हत्या गरिएको आशङ्का

वाग्मती । पूर्वी मकवानपुरको वाग्मतीमा तीन वर्षीया बालिकाको वीभत्स हत्या भएको छ । उनको बलात्कारपछि हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । वाग्मती गाउँपालिका–७ को...

हुम्लाका शैक्षिक संस्था पुनः बन्द, जिल्ला प्रवेशमा रोक

सिमकोट । बुधबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले आजदेखि जिल्लाभर शैक्षिक संस्था बन्द गर्नुका साथै जिल्लाका सातवटै गाउँपालिकामा प्रवेश गर्ने मुख्य नाकामा...

काभ्रेमा ढुङ्गा उत्खनन गर्न रोक, अनुगमनपछि मात्रै अनुमति

पहाड तथा खोलाबाट ढुङ्गा उत्खनन कार्यमा आजदेखि रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले हालसम्म विभिन्न स्थानीय तहमा वर्षौँदेखि क्रसर उद्योगद्वारा सञ्चालन हुँदै...

भारतमा कोरोना संक्रमणबाट २४ घण्टामा ५८५ जनाको मृत्यु

नयाँदिल्ली । भारतमा केही दिनयता कोरोनाभाइरसबाट संक्रमितको संख्यामा केही कमी आएको देखिए पनि पछिल्लो २४ घण्टामा फेरि संक्रमितको संख्या बढेर ४५ हजार ५७६ पुगेको...

थप २ हजार १०३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार १०३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ९ हजार ८०५ नमूना परीक्षण गर्दा...

साताका लोकप्रिय समाचार

प्रदेश २ मा सरकारीस्तरबाट सार्वजनिक यातायात सञ्चालन हुने

जनकपुर । प्रदेश नं २ सरकारले सरकारीस्तरबाट नै सार्वजनिक यातायात सेवाका रुपमा बस सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले बस सेवा सञ्चालनका लागि...

राजदूत दुबसु म्युजिक भिडियोमा

काठमाडौं । बेलालयका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी दुबसुले म्युजिक भिडियोमा अभिनय गरेका छन् । उनले दुख्ने मुटु...गीतमा अभिनय गरेका हुन् । गायिका...

कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि सरकारले कर्जा दिने

काठमाडौं । कोभिड १९ बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पयर्टन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालन निरन्तरताका लागि...

युवतीलाई विदेश पठाउने आश्वासन दिएर होटलमा बन्धक बनाएपछि…

पोखरा । बैदेशिक रोजगारीको लागि बिदेश पठाईदिने र बिदेश पठाउनको लागि आवश्यक रकम समेत आफैले उपलव्ध गराईदिने भन्दै २ जना महिलाहरूलाई प्रलोभनमा पार्ने तीन...

हुम्लाका शैक्षिक संस्था पुनः बन्द, जिल्ला प्रवेशमा रोक

सिमकोट । बुधबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले आजदेखि जिल्लाभर शैक्षिक संस्था बन्द गर्नुका साथै जिल्लाका सातवटै गाउँपालिकामा प्रवेश गर्ने मुख्य नाकामा...

ट्रेन्डिङ

होम क्वारेटाईनमा बस्दा : के खाँदा राम्रो ?

पौष्टिकयुक्त खाने कुराहरु खाएर कोरोना भाइरस(कोभिड–१९) संक्रमण नहुने भन्ने होइन । रोगसंग...

यसरी सञ्चालनको तयारी हुँदै छ चन्द्रागिरि केवलकार

काठमाडौं । विगत तीन महिनादेखि जारी लकडाउनलाई सरकारले गत १ असारबाट केही खुकुलो बनाएसँगै अहिले काठमाडांैको नयाँ पर्यटकीय हब चन्द्रागिरि केबलकार पनि विशेष सुरक्षा...

प्रि–मनसुन सक्रिय : हावाहुरी र चट्याङको खतरा

काठमाडौं । पश्चिमी र स्थानीय वायुको प्रभावले विगत केही दिनयतादेखि देशभर बदलीसँगै मेघगर्जन र हावाहुरीसहित वर्षा भइरहेको छ । बङ्गालको खाडीबाट आएको...

औद्योगिक व्यवसाय विकास प्रतिष्ठान विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान ९पहिलो संशोधन० विधेयक, २०७६ पारित गरेको छ ।
यो पनि पढ्नुहोस   फाइजर र बायोएन्टेकको खोपले स्वीकृति पाउने !
उद्योग,...

सरकार असफल भए विदेशी हस्तक्षेप र प्रतिगमनमा खतरा हुन्छ : प्रवक्ता श्रेष्ठ

काठमाडौँ । नेपाल कम्युनष्टि पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारलाई सफल बनाउनु अहिलेको केन्द्रीय कार्यभार भएको बताएका छन् । प्रेस सङ्गठन नेपाल, उपत्यका...

यात्रुको रकम फिर्ता गर्न पर्यटनमन्त्रीको निर्देशन

काठमाडौं । सरकारले एयर अरेवियालाई यात्रुहरुको रकम फिर्ता गर्न निर्देशन दिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुधवार नियमित उडानहरुको भाडा दर...

सञ्चारकर्मीलाई प्रेस लेखेको ज्याकेट

रौतहट । क्रियाशील संचारकर्मीलाई लकडाउनमा समाचार संकलन गर्न सहज बनाउने उद्देश्यले नेपाल पत्रकार महासंघ ललितपुर शाखाका कोषाध्यक्ष रामहरि कार्कीले क्रियाशील पत्रकारलाई प्रेस...

कञ्चनपुरमा चट्याङ लागेर एक युवकको मृत्यु, तीन घाइते

महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका– ११ अमरबस्तीमा चट्याङ लागेर बुधबार राति एक युवकको मृत्यु भएको छ । मृत्युहुनेमा २७ वर्षीय गणेशबहादुर सिंह रहेको जिल्ला...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

थप २ हजार १०३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार १०३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ९ हजार ८०५ नमूना परीक्षण गर्दा...

देशभर चिसो वृद्धिः काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै कम

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम पाँच दशमलव छ डिग्री मापन गरिएको...

फाइजर र बायोएन्टेकको खोपले स्वीकृति पाउने !

लन्डन । जर्मनीका दुई उत्पादक कम्पनी फाइजर र बायोएनटेकले कोरोना भाइरसविरुद्ध उत्पादन गरेको खोपले स्वीकृति पाउने सम्भावना बढेको छ । युरोपेली तथा अमेरिकी नियामक...

तीन वर्षीया बालिकाको वीभत्स हत्या, बलात्कार गरी हत्या गरिएको आशङ्का

वाग्मती । पूर्वी मकवानपुरको वाग्मतीमा तीन वर्षीया बालिकाको वीभत्स हत्या भएको छ । उनको बलात्कारपछि हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । वाग्मती गाउँपालिका–७ को...

भर्खरै

कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि सरकारले कर्जा दिने

काठमाडौं । कोभिड १९ बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पयर्टन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालन निरन्तरताका लागि...

छठका अवसरमा राष्ट्रपति सहभागी नहुने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी कोभिड–१९ को विश्वव्यापी महामारीका कारण यस वर्षको छठ पर्वका अवसरमा काठमाडौँका विभिन्न स्थानमा सरिक हुन नसक्ने भएकी छन् । राष्ट्रपति...

राजेश हमालसँग स्मिताको रोमान्स

काठमाडौं । आफैँले गाएको गीतको म्युजिक भिडियोमा नेकपा अध्यक्ष पुष्पकमल दाहालकी नातिनी स्मीता दाहाल राजेश हमालको जोडी भएर देखिएकी छिन् । स्मीता र राजनराज...

सेयर खरिदबिक्रीमा ऐतिहासिक कीर्तिमान, ६ अर्व ११ करोडको कारोबार

काठमाडौ । सेयर खरिदबिक्री रकमले ऐतिहासिक कीर्तिमान कायम गरेको छ । नेपालको पुँजी बजारको इतिहासमा आज बिहीबर अहिलेसम्मकै धेरै रकम ६ अर्ब ११ करोड...

धेरै पढिएका

अर्थमन्त्री पौडेलले ल्याए सरकारको खर्च घटाउने योजना

काठमाडौं । फजुल खर्च नियन्त्रण गर्ने नीति लिएको सरकारले ‘सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्नेसम्बन्धी मापदण्ड–२०७७’ पारित गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको...

‘जोजो’ को मूल्य रु ६ लाख ५० हजार

काठमाडौं । नेपाल प्रहरीमा पनि वरिष्ठ उपरीक्षकको नेतृत्वमा डग केनेल महाशाखा छ । सो महाशाखा मातहत काठमाडौँ उपत्यकामा ५० सहित मुलुकभर ९६ कुकुर छन्...

बैतडीमा कक्षा ११ को परीक्षा सञ्चालन

बैतडी । बैतडीका बिभिन्न बिद्यालयमा कक्षा ११ को परीक्षा बुधबारदेखि सञ्चालन भएको छ । गत जेठ महिनामै सम्पन्न हुनुपर्ने शैक्षिक सत्र २०७६ को परीक्षा...

रोनाल्डो अर्का कीर्तिमानतर्फ

लिस्वन । जति उमेर ढल्कँदो छ, त्यति नै आधुनिक फुटबलका हस्ती क्रिस्टियानो रोनाल्डोको गोल गर्ने क्रम बढ्दो छ । यसको अर्थ ‘एज इज जस्ट...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)