Sunday, June 20, 2021
Home बिचार बाल बिछोड र हाम्रो समाज

बाल बिछोड र हाम्रो समाज

,

एक जना भाइ पढ्नको लागि काठमाडौ आए । केही दिन दिदीभिनाजुसँगको बसाइ र शहरको रमझमले रमाइलो भो । रमाए पनि । महिना दिनपछि विद्यालय शुरु भो । नयाँ विद्यालय थियो । नयाँ ठाउँ थियो । नयाँ साथी थियो । नयाँ सर मिससँग उसको मन रमेन । उसलाई गाउँकै यी सब कुरा आँखामा झलझलती आयो । केही दिन कक्षामा आफै टोलाए । उसको मन थामेन । एक दिन कक्षामै रुन थाले । मैले सोधे:-“के भो, भाइ ?” भाइ बोलेनन् । छुट्टै राखेर सोधेपछि “मलाई घरको याद आयो।“ भने । मैले उसको बुबाको फोन नम्बर मागे । अनि फोन गर्दिए । भाइले फोनमा कुरा गरे । भाइ खुशी भयो । कक्षामा गएर पढ्न थाल्यो ।

विगत ४ वर्षदेखि घरेलु श्रमिकको रुपमा काम गर्ने ९ वर्षकी बहिनी थिइन् । उनी कुनै सरकारी विद्यालयमा पढ्थिन । तर कक्षामा उनको ध्यान पटक्कै थिएन । शिथिल देखिन्थिन् । टोलाएर बस्थिन् । कुराकानी गर्दै जाँदा धेरै कुराहरु भए । उनले भनिन्, “म बस्ने घरमा एउटा २ कक्षामा पढ्ने भाइ छ । उ चकचक गरेर लड्दा घाउ लाग्छ । उसलाई सबै जनाले बोक्छन् । माया गर्छन् । औषधि लगाइ दिन्छन् । तर तरकारी काट्दा मेरो हात कहिले काही चुलेसीले काट्छ । तर मैले, “काम गर्ने ढङ्ग छैन ।“ भन्दै गालि र पिटाइ पाउछु ।“ यो कुराले मन छोयो ।

माथिका घटना विविध कारणले बाल बिछोडमा पर्दा हुने प्रतिनिधि कथा मात्र हुन । यस्ता कथा बाल विछोडमा परेका हरेक भाइबहिनीका छन् । तिनलाई समेट्ने हो भने ठुलो ठेली बन्न सक्छ । त्यो ठेलीले तीनै तहका सरकार र वालवालिकाको क्षेत्रमा काम गर्ने सबै सरकारी र गैर सरकारी क्षेत्रका प्रवुध्द व्यक्तिहरुलाई नीति निर्माण र यसको कार्यन्वयनमा प्रशस्त मार्गदर्शन र पाटाहरु खुलाउन मद्त गर्नेछ ।

लकडाउनको समयमा १ सय ४३ जना बालबालिकाहरु हराएका छन् । जसमा ३८ बालक र १ सय ५ जना बालिका रहेको उक्त प्रगति प्रतिवेदनमा उल्लेख छ

राष्ट्रिय वाल आधिकार परिषदले हालै प्रकाशित गरेको प्रगति प्रतिवेदन २०७७ को अनुसार नेपालमा ५१५ वटा बालगृह संचालनमा रहेको देखिन्छ । त्यसमध्ये कोरोनाको कारणले भएको बन्दाबन्दीमा ३५९ वटा बालगृहमा बालबालिकाको अवस्था बुझ्न सम्पर्क गरेको देखिन्छ । जस अनुसार ४ हजार ४ सय बालक (४९ प्रतिशत) र ४ हजार ५ सय बयालिस बालिका (५१ प्रतिशत) गरी ८९४२ बालबालिकाहरु बालगृहमा रहेका देखिन्छ । यी भनेका विविध कारणले परिवारबाट छुटिएका बालबालिका हुन ।

त्यसैगरी यो लकडाउनको समयमा १ सय ४३ जना बालबालिकाहरु हराएका छन् । जसमा ३८ बालक र १ सय ५ जना बालिका रहेको उक्त प्रगति प्रतिवेदनमा उल्लेख छ । यी मध्ये ४० जना भेटिएका थिए । साथै यो समयमा १३ जना बालबालिका वेवारिसे भेटिए । परिषदले यो अवधिमा ३८ जना सडक बालबालिकालाई उध्दार गरी एक जनालाई पारिवारिक मिलन गराएको छ ।

देशमा संचालनमा रहेका ८ वटा बाल सुधार गृहमा रहेका ९ सय ४४ बालबालिका मध्ये २ सय ३३ जनालाई परिवारको जिम्मामा पठाइएको छ भने अझै ७ सय ११ जना बालबालिका सुधार गृहमै रहेका छन् ।

बालबालिका सम्बन्धी ऐन २०७५ को परिच्छेद-२ को दफा ६ ले बाबु आमासँग बस्ने र भेटघाट गर्ने अधिकार स्पष्ट गरेको छ । जस अनुसार यसै ऐनको परिच्छेद-२ को दफा ६ को उपदफा १ ले कुनै पनि बालबालिकालाई निजको इच्छा विपरीत बाबु वा आमाबाट भिन्न वा अलग गर्नु हुदैन। भन्ने कुरा उल्लेख छ । यस उपदफाले हरेक बालबालिकाहरु आफ्ना बाबु वा आमासँगै बस्न पाउनु उनीहरुको पहिलो अधिकार हो । तसर्थ बालबालिकालाई कुनै पनि बहानामा कसैले पनि बाबु वा आमाबाट अलग गर्न पाइदैन । भन्ने कुरालाई प्राथमिकता दिन्छ ।

समाजमा बस्ने जो कोहीलाई पनि कतै यो बालगृह सञ्चालन कमाउ धन्दा त हैन भनी सोच्न वाध्य बनाउछ

यसर्थ आमाबाबु छोराछोरीलाई वा जो कोहीले अरुको सन्तानलाई पढ्न पाईने, राम्रो खान र लाउन पाइने, घरमा अलि अलि भए पनि आर्थिक सहयोग हुने, धेरै सन्तान भएकोले कुनै सन्तानलाई आफूबाट अलग राख्दा अरुलाई पालन पोषण गर्न अलि सहज हुने, भविष्य उज्ज्वल हुने, शहरमा जान पाइने आदि विभिन्न वहानामा बालबालिकालाई आमाबाबुबाट छुट्टयाउन पाईदैन । यो कानून विपरीत हो ।

यदि यसो हो भने बालबालिकालाई आमाबाबुबाट छुट्टयाउनै नहुने हो त? एउट प्रश्न उठ्न सक्छ । बालबालिका सम्बन्धी ऐन २०७५ को परिच्छेद-२ को दफा ६ विभिन्न उपदफाहरुले यो प्रश्नको उत्तर दिन्छ ।

यसै ऐनको परिच्छेद-२ को दफा ६ को उपदफा २ ले उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बालबालिकाको सवोत्तम हितको लागि आव‍श्यक भएमा बाल अदालतले कुनै बालबालिकालाई बाबु वा आमाबाट अलग गरी कुनै संरक्षकको जिम्मामा रहने आदेश दिन सक्नेछ।

तर त्यसरी आदेश दिनु अघि सम्बन्धित पक्षलाई आफ्नो सफाई पेश गने मनासिब मौकाबाट वञ्चित गर्नु हुँदैन । तर के आमाबाबुबाट विछोडिने हरेक बालबालिका बाल अदालतको आदेशबाटै भएका हुन त? यो एउटा गम्भीर प्रश्न हो ।
त्यसैगरी यसै ऐनको परिच्छेद-२ को दफा ६ को उपदफा ३ ले बालबालिकाको अहित हुने भनी बाल अदालतले रोक लगाएको अवस्थामा बाहेक बाबु वा आमा वा दुवैसँग भिन्न वा अनग बसेको बालबालिकालाई बाबु आमासँग व्यक्तिगत सम्बन्ध कायम राख्न वा नियमित रुपमा प्रत्यक्ष सम्पर्क वा भेटघाट गर्ने अधिकार हुनेछ ।

साथै यसै ऐनको परिच्छेद-२ को दफा ६ को उपदफा ४ ले धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिले धर्मपुत्र वा धर्मपुत्री हुने बालबालिकालाई आफ्नो जन्म दिने बाबु आमासँग भेटघाट, सम्पर्क तथा पत्राचार गर्न दिनु पर्नेछ ।

यसै ऐनको परिच्छेद-२ को दफा ६ को उपदफा ५ ले वैकल्पिक हेरचाह गर्ने व्यक्ति वा संस्थाले आफ्नो हेरचाह वा संरक्षणमा रहेका बालबालिकालाई निजको जन्म दिने बाबुआमा वा परिवारसँग भेटघाट गर्न दिनु पर्नेछ ।

माथि उल्लेखित उपदफाहरुले बाल विछोडमा परेका बालबालिकाहरुलाई आमाबाबुबाट प्रत्यक्ष सम्पर्कबाट हटाउन बन्देज गरेको छ । तर यो व्यवहारमा लागू भएको छ त ।

केही प्रसङ्गहरु जोड्न चाहन्छु । केही व्यक्ति र संस्थाहरुले शहरमा लाने, नाम चलेका बोर्डिङ स्कुलमा पढाइ दिने जस्ता कपोल कल्पित कथाहरु बुनेर आमाबाबु र परिवारबाट छुटाएर बालबालिका ल्याउने र अनाथालय (बाल गृह) मा राख्ने, नाम चलेका बोर्डिङ स्कुलमा पढाइ दिने वहानामा अभिभावकबाट हजारौ लाखौ रुपैयाँ लिने, अनाथ बालबालिका भन्दै र देखाउदै विदेशी र स्वदेशी मानकारी संस्था र व्यक्तिहरुबाट सहयोग लिने र त्यसलाई व्यक्तिगत कमाइ मान्दै आफ्नो धनसम्पति जोड्ने काम गर्दै आएको घटना बेलाबेला समाचारको रुपमा आउछन् र त्यस्ता वानगृहबाट बालबालिका उध्दार भएका पनि छन् । यस्ता घटनाले समाजमा बस्ने जो कोहीलाई पनि कतै यो बालगृह सञ्चालन कमाउ धन्दा त हैन भनी सोच्न वाध्य बनाउछ । भला केही बालगृहहरुले राम्रा काम पनि गरेका छन् । यी कुराले माथि उल्लेखित दफा र उपदफालाई कतै चुनौति दिएका छैनन् भन्ने लाग्छ ।

यदि यसो नगरेमा बालबालिका सम्बन्धी ऐन २०७५ को परिच्छेद-९ (सजाय, क्षतिपुर्ति तथा मुद्दा हेर्ने अधिकारी) को दफा ७२ मा सजाय सम्बन्धि कुरा उल्लेख छ । जस अनुसार यसै ऐनको परिच्छेद-९ को दफा ७२ को उपदफा १ ले कुनै व्यक्ति, संस्था वा निकायले परिच्छेद-२ मा उल्लेखित बालबालिकाको अधिकार उलङ्घन गरेमा त्यस्तो व्यक्ति वा संस्था वा निकायको प्रमुखलाई पचास हजार रुपैयासम्म जरिवाना हुनेछ, भनी भनिएको छ ।

(Visited 244 times, 1 visits today)
Loading comments...

आजको समाचार

बागमती प्रदेश सरकारको निणर्य सच्याउन पत्रकार महासंघ काठमाडौंको माग

  काठमाडौं । वागमती प्रदेश सरकारको आफैं संचारगृह संचालन गर्ने निणर्य सच्याउन माग गर्दै नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले प्रमुख जिल्ला अधिकारीमार्फत मुख्यमन्त्री डोरमणी पौडेललाई...

सेयर बजारमा पहिरो, ६३ अंकले घट्यो

  काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा पहिरो गएको छ । ३ हजार माथि पुगेर रेकर्ड बनाएको नेप्से परिसूचक आइतबार २ हजार ९...

कोरोना भ्याक्सिन पुर्याउन हिँडेकी महिला मृत भेटिइन्

धनगढी । डडेल्धुरामा मृत फेला परेकी एक युबतीको घटनाको अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयले धनगढीबाट प्रहरीका दुई वटा टोली परिचालन गरेको छ । शनिबार परशुराम...

तिव्वतको रोडसी खोलाको ताल खुल्यो, तामाकोशीमा बाढी आउने सम्भावना टर्याे

  दोलखा । तिव्वतको रोडसी खोलाको त्रासबाट नेपाली मुक्त भएका छन् । पहिरोले थुनिएका रोडसी नदी चिनिया नागरिकले खुलाएपछि तत्कालका लागि नेपालमा जोखिम टरेको हो...

साताका लोकप्रिय समाचार

सेयर बजार याे साता : ८१ अर्बको कारोबार

  काठमाडाैं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ८१ अर्बको सेयर कारोबार भएको छ । गत साता निकै चम्किएको सूचक र कारोबार रकम यस...

सात प्रदेशको कुल बजेट: २ खर्ब ४७ अर्ब

काठमाडौं । बाग्मती प्रदेशबाहेक अन्य ६ वटा प्रदेश सरकारले चालू आर्थिक वर्षको भन्दा कम हुनेगरी बजेट ल्याएको छ । असार १ मा प्रदेश सरकारले...

अन्ततः राष्ट्रिय जनमोर्चाका कृष्ण थापा पदमुक्त, अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाका सांसद कृष्ण थापालाई पदमुक्त गर्ने फैसला गरेको छ । राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशसभा सचिवालयको निर्णयलाई सदर गर्दै...

नागरिकताको राजनीति

मधेसका मुद्दालाई सम्बोधन गरेको देखाउने र जसपाको एक समूहलाई सरकारमा जान राजनीतिक आधार प्रदान गर्ने उद्देश्यले केहीअघि जारी गरिएको नागरिकतासम्बन्धी अध्यादेशलाई जनता समाजवादी पार्टीको...

झलनाथ खनाललाई उपचारका लागि भारत लगिने

काठमाडाैं ।  नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारत लगिने भएको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचार गराइरहेका नेता खनालको...

ट्रेन्डिङ

श्रावण, दत्तात्रय र यौन शिक्षा

भक्तपुरको दत्तात्रय मन्दिरमा साउन महिनाभरि सोमबारका दिन मेला लाग्ने गर्दछ । यो मन्दिरमा विदेशी पर्यटक पनि धेरै नै आउने गर्दछन् । उनीहरूले दत्तात्रयलाई यौनक्रीडाका...

प्रधानमन्त्रीसँग फुरुंग भए बालबालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बालबालिकासँग लामो अन्तक्र्रिया गर्दै बालबालिका धर्तीको भविष्य भएको बताएका छन् । प्रधानमन्त्री ओलीले बालबालिका आफ्नो मुटुको धड्कन...

सञ्चारकर्मी संग बोल्नै मानेनन् सभापति देउवा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा आयोजित एक कार्यक्रममा सहभागी भएका नेपाली कांग्रेसका सभापति एवमं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्रकारसंग बोल्दै नबोलि हिँडेका छन् । नेपाली कांग्रेस केन्द्रीय खेलकुद...

‘सम्झेर सानु’ बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । अमेरिकामा रहेर गीत रचना र संगीत सिर्जनामा सक्रिय रहनुभएका दिल खड्काको ‘सम्झेर सानु’ गीतमा शब्द संगीत रहेको छ। गीतलाई फणिन्द्र राईले संगीत...

सुदूरपश्चिममा १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५८ पुग्यो

 सुदरपश्चिम । सुदूरपश्चिममा आज थप १० जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप १० जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका...

प्याराग्लाइडिङ दुर्घटनामा फ्रान्सेली नागरिक गम्भीर घाइते

स्याङ्जा । भीरकोट नगरपालिका ६ लुव्दीखोलामा प्याग्लाइडिङ् दुर्घटना हुँदा एक जना फ्रान्सेली नागरिक घाइते भएका छन् । भीरकोट ५ स्वरेक मैदानबाट उडेको प्याग्लाइडर नेपाल...

सुदूरपश्चिममा थप १ सय १३ जनामा कोरोना संक्रमण

धनगढी । सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप एक सय १३ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै सुदूरपश्चिम संक्रमितको संख्या चार हजार ३७९ पुगेको छ...

मास्कमा कालोबारी गर्ने उद्योगलाई कारबाही

काठमाडौं । मास्कमा अत्यधिक मूल्य लिएर कालोबजारी गर्ने मास्क उद्योगलाई कारबाही गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उजुरी आएपछि विभागको अनुगमन...

इटहरीमा रेशम चौधरीलाई रिहा गर्न माग गर्दै प्रदर्शन

इटहरी । जनता समाजबादी पार्टीका नेता कार्यकर्ताले रेशम चौधरीलाई रिहाई गर्न माग गरेका छन् । इटहरी २ त्रिभुवन चोकस्थित दर्जनौ युवाहरुले सोमबार चौधरीको रिहाईको...

थपिए ८ लाख ४३ हजार मतदाता

काठमाडौं । पछिल्लो थपसहित देशभर १ करोड ६२ लाख ४३ हजार मतदाता संख्या पुगेको छ । निर्वाचन आयोग प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार पछिल्लो संकलित...

एम्बुलेन्सको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु

धनगढी । कैलालीको पुर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तरगत पर्ने शंकरपुरमा एम्बुलेन्स र मोटरसाइकल एक आपसमा ठोक्कीदा एकजना सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ भने...

दैनिक उपभोग्य वस्तुमा अस्वाभाविक मुल्य बृद्धि

काठमाडौँ । उद्योगी व्यवसायीहरुले मनपरी दैनिक उपभोग्य वस्तुमा मुल्य बृद्धि गरेका छन् । सरकारी निकायको बजार अनुगमन नहुँदा व्यापारीले मनपरी दैनिक उपभोग्य वस्तुमा मूल्य...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)