काठमाडौं । प्रत्येक एक सय जना कोरोना भाइरस संक्रमितमध्ये ८६ जना संक्रमणमुक्त भएका छन् । देशभर २ लाख १५ हजार २० जनामा कोरोना संक्रमण हुँदा १ लाख ८५ हजार ६ सय ३८ जना संक्रमणमुक्त भएका छन् । पछिल्ला केही दिनयता संक्रमणमुक्त हुनेको संख्या बढ्दो क्रममा रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर बिहीबार थप २ हजार १ सय ३ जनामा संक्रमण देखिएको छ । बिहीबार मात्रै थप २ हजार ८ सय ५८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म १६ लाख ३३ हजार ५ सय ५९ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
चाडपर्वका कारण आरटी–पीसीआर परीक्षण दर केही घटेको देखिन्छ । हाल देशभर ७ सय ६७ जना क्वारेन्टिनमा छन् । देशभर सक्रिय कोरोना संक्रमितको संख्या २८ हजार १ सय ६ जना रहेको छ ।
– ६२ जना भेन्टिलेटर र ३८० जना संक्रमित आईसीयूमा
– २५,३४७ जना होम आइसोलेसनमा
अहिलेसम्म १ हजार २ सय ७६ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ४ सय ४२ जना कोरोना संक्रमित विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । ६२ जना भेन्टिलेटरमा र ३ सय ८० जना संक्रमित आईसीयूमा उपचाररत रहेका छन् ।
बाग्मती प्रदेशमा १ सय ६१ जना आईसीयू र ३८ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५५ जना आईसीयू र ५ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४८ जना आईसीयू र तीन जना भेन्टिलेटरमा र प्रदेश २ मा ११ आईसीयू र एक जना भेन्टिलेटरमा उपचाररत छन् ।
त्यस्तै, सुदूरपश्चिममा ६ आईसीयू र एक जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ८९ आईसीयू र १४ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा १० आईसीयू उपचाररत छन् । देशभर २५ हजार ३ सय ४७ जना होम आइसोलेसनमा रहेका छन् । सबैभन्दा धेरै बाग्मती प्रदेशमा १६ हजार ८ सय ९८ जना होम आइसोलेसनमा छन् ।
यसैगरी, प्रदेश १ मा २ हजार ९ सय ५४, प्रदेश २ मा ६ सय ५९, लुम्बिनी प्रदेशमा १ हजार ८२६, सुदूरपश्चिम प्रदेशमा ९२३, गण्डकी प्रदेशमा १ हजार ८९३ र कर्णाली प्रदेशमा एक सय ९४ जना होम आइसोलेसनमा रहेका छन् ।
बिहीबार काठमाडौं उपत्यकामा १ हजार २ सय २९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ९ सय ६५, ललितपुरमा १ सय ८९ र भक्तपुरमा ७५ जनामा कोरोना संक्रमण देखिएको छ ।
हालसम्म काठमाडौंमा ८० हजार ७ सय २६, ललितपुरमा ११ हजार ७ सय ७४ र भक्तपुरमा ७ हजार २ सय ६५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । हालसम्म काठमाडौंमा ३ सय १२, भक्तपुरमा ८१ र ललितपुरमा ८९ जना संक्रमितको मृत्यु भएको छ ।