महेन्द्रनगर । कञ्चनपुर दक्षिणी भेगमा पर्ने बेलडाँडी गाउपालिकामा एक जना जनप्रतिनिधिको रुखमा झुण्डिएको अवस्थामा शव भेटिएको छ ।
बेलडाँडी गाउँपालिका–५ का वडाध्यक्ष ५७ वर्षीय कृष्ण बहादुर रोकायाको घर नजिकै रहेको बाबाथान मन्दिरसंगै रहेको रुखमा प्लास्टिकको डोरीले झुण्डिएकोे अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।
घटनास्थल मृतक जनप्रतिनिधि रोकायाको घरबाट एक किलोमिटरको दुरीमा रहेको छ । बिहानको ७ बजे तिर घरबाट निस्केका उनको शव झुण्डिएको अवस्थामा फेला परेका थियो । अहिले घटना स्थलमा बेलडाँडी ईलाका प्रहरी कार्यालयको टोली पुगेको छ र आत्महत्या वा हत्या के हो त्यसको बारेमा अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालयका प्रमुख राजेन्द्र सिंहले बताएका छन् ।