काठमाडौं । नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ । गृह मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको सरुवा सूची अनुसार महानगरीय प्रहरी प्रमुखमा अशोक सिंहलाई ल्याइएको छ ।
श्यामलाल ज्ञवाली प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, अपराध नियन्त्रण महाशाखामा सरुवा गरिएको छ । यस्तै महानगरीय प्रहरी परिसर, ललितपुरमा किरण बज्राचार्यलाई ल्याइएको छ ।
ललितपुरमा रहेका टेकप्रसाद राईलाई प्रहरी प्रधान कार्यालय, कार्य विभाग कार्य महाशाखा नक्सालमा सरुवा गरिएको छ । महानगरीय ट्राफिक प्रहरी शाखाको जिम्मेवारी एसएसपी जनक भट्टराईलाई दिइएको छ । यसअघिका ट्राफिक प्रमुख एसएसपी भीम ढकाललाई प्रहरी प्रधान कार्यालय, सामुदायिक प्रहरी महाशाखा सरुवा गरिएको छ ।