विगतमा झैं भव्य भएन यसपालीकाे छठ

वीरगन्ज । तराईको महान् पर्व छठ कोरोनाको कारण विगतमा झैं बाहिर देखिने गरी भव्य रुपले मनाइएन । धेरैले नदि तलाउमा नै पुगी सँझिया घाटको सूर्यलाई अर्घ दिए पनि विगतमा झैं भव्य रुपले श्रद्धालु भक्तजन र दर्शनार्थीको घुँइचो भने भने यो बर्ष कोरोनाको कारण नभएको हो ।

कोरोना संक्रमण सर्ने सम्भावना बढि रहेकोले अधिकाँशले आफ्नो घरमै छठ मनाएका छन् । नदि तलाउ पनि बिगतमा झैं सिंगारिएर भव्य झकिझकाउ पारिएको छैन । पर्साको वीरगन्जमा रहेको घडिअर्वा पोखरी परिसर यो क्षेत्रकै भव्य घाटमा रुपमा मानिन्थ्यो । तर यो बर्ष उति भव्य रुपले बनाउन नसकिएको स्थानीय प्रभाकर गुप्ताले बताए । ‘घाटमै पुगी सूर्यलाई साँझ विहान अर्घ दिन चाहनेहरुका लागि सुरक्षा सतर्कता अपनाई जाने व्यवस्था सम्म गरिए पनि भव्य रुपले मनाउन सकिएन’ उनले भने ।

पर्साको घडिअर्वा पोखरी त नमूना मात्र हो । यस्तै जिल्लाका मूर्ली, छपकैया, नगवा लगायतका पोखरी तथा सिर्सिया, तिलावे लगायतका नदिहरुमा पनि विगतका बर्षहरुमा झैं श्रद्धालु भक्तजन र दर्शनार्थी पुगेका छैनन् ।

थोरै पुगेका भक्तजन र दर्शनार्थीहरुले भने साँझको सूर्यलाई नदि तलाउमा पुगी अर्घ दिएका छन् भने अन्यले आ–आफ्ना घर आँगनमा प्रतिकात्मक नदि तलाउ सम्झि या बनाई त्यहिबाट सूर्यलाई अर्घ दिएर यो बर्षको छठ पर्व मनाएका छन् । पर्सा जस्तै बारा, रौतहट, सर्लाही लगायतका जिल्लामा पनि कतै अलि भव्य त कतै सामान्य रुपले पर्व मनाइएको स्थानीयले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 214 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

इलाममा गर्भवती विमलाको शव गाडिएको अवस्थामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यी हुन् निर्वाचन आयाेगले स्पष्टीकरण साेधेका उम्मेदवार (सूचीसहित)