बालककाे अपहरणपछि हत्या गरेका रैसादले हिरासतमै गरे आत्महत्या

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा एक थुनुवाले आत्महत्या गरेका छन् । बाँकेको वनकट्टीमा भएको बालक अपहरण तथा हत्याकाण्ड मध्येका एक अभियुक्त बावुलाल रैदास जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्षको शौचालयमा झुण्डिएको अवस्थामा शुक्रवार विहान मृत भेटिएका हुन् ।

बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बालक अपहरण तथा हत्या काण्डका अभियुक्त रैदास प्रहरीको हिरासत कक्षको शौचालयको झ्यालको डण्डीमा आफ्नै टाउकोमा बाँधेको पकडी कपडाको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको जानकारी दिए । उनले मृतक रैदासमाथि अभद्र तथा कर्तव्य ज्यान मुद्दामा समेत अदालतबाट म्याद थपेर अनुसन्धान भइ मुद्दा अदालतमा बुझाउने तयारीमा रहेको बेलामा घटना भएको बताए ।

शुक्रवार विहानै हिरासत कक्षको शौचालयमा झुण्डिएको अवस्थामा रैदास फेला परेको हिरासत कक्षमासँगै रहेका अन्य ब्यक्तिहरूबाट जानकारी पाएपछि रैदासका आफन्त, वडाका जनप्रतिनिधी, कानून व्यवसायी, चिकित्सक, मानवअधिकारवादी, प्रशासन र आफनो माथिल्लो निकायलाई खवर गरेर प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी पोष्टमार्टमको लागि रैदासको शवलाई भेरी अस्पतालमा पठाइएको थियो ।

अभियुक्त रैदासले टाउकोमा बाँधेको कपडाको पासो बनाई अरुसगैं रहेका थुनुवा सुतेको मौका पारी घाँटीमा पासो लगाएर हिरासत भित्रको शौचालयको झ्यालको डण्डीमा झुण्डिएर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टम पछि आफन्तले अन्तिम संस्कारको लागि बुझेर लिएको प्रहरीले जनाएको छ ।

मृतक रैदासले तत्कालीन भुमिगत समुह तराई जनतान्त्रिक मुक्ति मोर्चा (ज्वाला सिंह) समुहमा आवद्ध रहेर विभिन्न अपराधिक क्रियाकलाप गर्दै आएको र उनी यसअघि पनि हातहतियार तथा खरखजना मुद्दामा ८ वर्ष जेल सजाय पाएका ब्यक्ति भएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 451 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

भारत–पाकिस्तानलाई हामीले नलड्न सुझाव दियौंः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुदूरपश्चिम ८८ मध्ये १९ पालिकामा मतगणना सम्पन्न (सूचीसहित)