Thursday, January 21, 2021
Home Breaking News काेराेना स‌ंक्रमणबाट पोखरामा एकै दिन ८ जनाकाे मृत्यु

काेराेना स‌ंक्रमणबाट पोखरामा एकै दिन ८ जनाकाे मृत्यु

पोखरा । पोखरामा गएको २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यसअघि एकै दिनमा यति ठूलो संख्यामा संक्रमितको मृत्यु भएको थिएन ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा आठै जना पुरुष हुन् । तीमध्ये २९ वर्षीय पुरुष बाहेक अन्य सबै ५० वर्षमाथिका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५ जनाको र ३ जनाको गण्डकी मेडिकल कलेजमा उपचारक्रममा मृत्यु भएको हो । गण्डकी मेडिकल कलेजमा मृत्यु हुनेमा पोखरा–२७ का ७१ वर्षीय कोरोना संक्रमित पुरुष छन् । गत कात्तिक २९ मा कोरोना संक्रमण पुष्टि भएका उनको उपचारक्रममा गएराति मृत्यु भएको हो । उनका निमोनिया र उच्च रक्तचाप समस्या समेत थियो ।

यस्तै, पोखरा–८ का ५४ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भयो । निमोनिया, उच्च रक्तचाप र मिर्र्गौला रोगी उनलाई कात्तिक २३ मा कोभिड–१९ पुष्टि भएको जनाइएको छ ।

तनहुँको म्याग्दे गाउँपालिका ४ का ५१ वर्षीय पुरुषको पनि शुक्रबार बिहान सोही अस्पतालमा निधन भयो । उनलाई २ दिनअघि संक्रमण देखिएको हो ।

यसैगरी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारक्रममा मृत्यु हुनेहरुमा पोखरा ९ का ६८ वर्षीय पुरुष छन् । अघिल्लो दिन कोभिड–१९ देखिएका उनमा निमोनिया र मधुमेह समस्या थियो । उपचारक्रममा उनको बिहीबार राति ११ बजे मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशन एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रम प्रवक्ता डा. विनोदबिन्दु शर्माले बताए ।

यो पनि पढ्नुहोस   ओलीले संविधान मिचेर लुडो खेल सरह बनाए : उपेन्द्र यादव

उनका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै पोखरा २१ का ७५ वर्षीय पुरुषको गएराति मृत्यु भएको छ । अघिल्लो दिन संक्रमण पुष्टि भएका उनमा निमोनिया समेत देखिएको थियो ।

पोखरा–१७ का २९ वर्षीय पुरुषको शुक्रबार मध्याह् मृत्यु भयो । उनलाई शुक्रबार नै कोभिड–१९ पुष्टि भएको थियो । उनलाई निमोनिया देखिएको बताइएको छ ।

यसैगरी, पोखरा १३ का ५५ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको छ । उनलाई शुक्रबार नै कोभिड–१९ पुष्टि भएको हो । उनी निमोनिया, मिर्गौला, मधुमेहका शिकार थिए ।

उता, तनहुँको भीमाद नगरपालिका वडा ५ का ६६ वर्षीय पुरुषको शुक्रबार दिउँसो सोही अस्पतालमा मृत्यु भएको छ । गत कात्तिक २८ मा संक्रमण पुष्टि भएको उनमा निमोनिय, उच्च रक्तचाप लगायत समस्या थियो ।

यो सहित गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २९ पुगेको छ । हालसम्म गण्डकीमा संक्रमित हुनेको संख्या १० हजार ८ सय २७ पुगेको छ । गएको २४ घण्टामा प्रदेशमा १ सय ३९ नयाँ संक्रमित फेला परेका छन् । तीमध्ये कास्कीका मात्रै १ सय जना छन् ।

(Visited 59 times, 1 visits today)
Loading comments...

आजको समाचार

नागरिकका स्थायी पिरलो

कठैबरा ! हामी नेपाली । हाम्रो सामाजिक, आर्थिक, शैक्षिक एवं राजनीतिक अवस्था । हजरबुबा पुस्ताले राणाहरूको ज्यादती र त्रासमा जीवन बिताए । बुबा पुस्ताले...

शिक्षामन्त्रीसँग पुस्तकालय क्षेत्रका अपेक्षा

नेपालमा संकीर्ण राजनीतिक स्वार्थ तथा दाउपेचका कारण पूर्णावधि नसकिँदै सरकार परिवर्तन हुनु सामान्य कुरा हो । कुनै एक दलले संसदमा स्पष्ट बहुमतको म्यान्डेट प्राप्त...

१० लाख कोरोना खोप आज आइपुग्ने

काठमाडौं । नेपाल सरकारको पहलमा भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप आज (बिहीबार) काठमाडौं आइपुग्दै छ । सो खोप...

अपार्टमेन्ट नै असुरक्षित, छैन अनुगमन

काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका मुख्य सहरी क्षेत्रमा आवास प्रयोजनका लागि निर्माण भएका गगनचुम्बी अपार्टमेन्ट तथा ठूला व्यापारिक भवन आगलागीलगायत प्रकोपको दृष्टिले असुरक्षित देखिएका...

ललिता निवास जग्गा प्रकरणः सीआईबीको अनुसन्धान अन्तिम चरणमा

काठमाडौं । ललिता निवास तथा त्यससँग सम्बन्धित सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धानलाई अन्तिम रूप दिएको प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले चार सय जनाविरुद्ध मुद्दा दर्ताको...

साताका लोकप्रिय समाचार

त्रिविमा बेथिति : तलवमा वार्षिक ४ अर्ब बढी खर्च

काठमाडौं । त्रिभुवन विश्वविद्यालय र मातहतका क्याम्पस तथा निकायहरुमा अध्यापनरत कर्मचारीहरुको तलवमा मात्रै वार्षिक अनुमानित चार अर्ब रुपैयाँ खर्च हुने गरेको पाइएको छ । त्रिवि...

मोटरसाइकल ठोक्किँदा कञ्चनपुरमा दुईको मृत्यु

कञ्चनपुर । गए राति मोटरसाइकल एकआपसमा ठोक्किँदा कञ्चनपुरको कृष्णपुरमा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्र्तगत यहाँको कृष्णपुर नगरपालिका–५ आम्खैयामा दुर्घटना हुँदा दुई...

राजनीतिक आबद्धताको आरोपभित्रको राजनीति

संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा उठेका प्रश्नका कारण माननीय न्यायाधीशले इजलास छाड्नुपर्ने अवस्था आयो । यो घटनाले अर्को गम्भीर प्रश्न खडा गरेको छ ।...

धमाधम मुन्दुम पदमार्ग

प्राकृतिक तथा ऐतिहासिक सम्पदाका लागि प्रख्यात जिल्ला मानिन्छ, भोजपुर । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्व बोकेका धेरै ऐतिहासिक धरोहर छन्, यहाँ । खुकुरीका लागि प्रख्यात...

कमलपोखरी पुनर्निर्माण विवाद : रानीपोखरी जस्तै सुरुवाती चाल

काठमाडौं । लिच्छविकालीन नौ पोखरीमध्येको एक काठमाडौं महानगरपालिकामा अवस्थित कमलपोखरी पुनर्निर्माणको विवाद बढेकोे छ । कमलपोखरी पुनर्निर्माणमा सिमेन्ट, ढुंगा तथा कंक्रिटको प्रयोग गर्ने तयारी...

ट्रेन्डिङ

गाउँमा हात्ती आतंक, गाउँले रातभरी जागाराम

सप्तरी, राजविराज । कोशी टप्पु बन्य जन्तु आरक्ष क्षेत्रबाट निस्केको जंगली हात्तिले शनिबार मध्य रात सप्तरीको शम्भुनाथ नगरपालिकाको विभिन्न वडामा आधा दर्जन घर भत्काउनुका...

‘केपी ओली पाराले दुःख पाए साराले’

जनकपुरधाम । केपी ओली नेतृत्वको सरकारले ल्याएको नागरिकता संशोधन विधेयक खारेजीको माग गर्दै जनता समाजवादी पार्टी नेपालले जनकपुरधाम सहित प्रदेश २ का विभिन्न जिल्लामा...

सलह प्रभावको अर्को संकट

किसानहरूले मानो रोपेर मुरी फलाउने तयारी गरिरहँदा अन्नबालीको मुख्य शत्रुका रूपमा रहेको सलह कीरा एकाएक नेपालमा प्रवेश गरेपछि आमकिसान चिन्तित र निराश बनेका छन्...

पुरानो बानेश्वरमा ‘लोकल सेकुवा’को स्वाद

काठमाडौं । कोभिडका कारण व्यवसायिक वातावरण विथोलिए पनि रेष्टुरेन्ट व्यवसायमा जमेको शाह ग्रुप ग्रुप अफ फुड एन्ड बेभ्रेजले भने पुरानो बानेश्वरमा नयाँ रेष्टुरेन्ट संचालनमा...

मन्त्रिपरिषद्को बैठकपछि संवैधानिक परिषद् बस्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आकस्मिक मन्त्रिपरिषद्को बैठक डाकेका छन् । उनले आजै संवैधानिक परिषद्को बैठक पनि आजै बोलाएका छन् । मन्त्रिपरिषद्को...

‘लकडाउन’ सफल बनाउन सप्तरीमा प्रहरीलाई सेनाको साथ

सप्तरी, राजविराज । सरकारले मंगलबार बिहान ६ बजेदेखी पुरै देश लकडाउन गरेका कारण सप्तरीमा...

बद्रीलालको एकल अग्रता

जिरी । पर्यटकीय नगरी जिरीमा जारी जिरी ओपन फिडे रेटिङ चेस प्रतियोगितामा तीन पटकका राष्ट्रिय च्याम्पियन बद्रीलाल नेपालीले एकल अग्रता कायम गरेका छन् ।...

नेपाल-भारत सीमा खुलाउन माग गर्दै नाकामा आन्दोलन

जनकपुरधाम । कोरोनाका कारण केही महिनादेखि नेपाल भारतको सीमा सिल भएपछि सर्वसधारणलाई समस्या भएको भन्दै स्थानीयवासी आन्दोलित भएका छन । प्रदेश २ को विभिन्न...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

ओलीले संविधान मिचेर लुडो खेल सरह बनाए : उपेन्द्र यादव

सप्तरी । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीद्वारा गरिएको प्रतिनिधिसभा विघटन संविधान माथीको ठाडो प्रहार रहेको भन्दै यसलाई नसच्याइए गणतन्त्र समेत खतरामा पर्ने...

संखुवासभाका कृषकसँग २० लाख बढी ठगी गर्ने पक्राउ

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिकाका विभिन्न कृषकसँग नक्कली कम्पनी स्थापनागरी लाखौं रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । कृषकबाट लाखौं रकम...

प्रदेश १ को प्रदेशसभा बैठक ३ मिनेट बसेर स्थगित

विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन अर्को सूचना जारी नभएसम्म स्थगन भएको छ । प्रदेशसभाको सो अधिवेशनको पहिलो बैठक...

भारत सरकारले नेपाललाई दियो १० लाख डोज कोरोनाबिरुद्धको खोप

काठमाडौं । भारत सरकारले नेपाललाई १० लाख डोज कोरोनाबिरुद्धको खोप दिने भएको छ । बुधबार राजानीमा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदुत विनय मोहन...

भर्खरै

अब नेपालमै रासायनिक मल कारखाना

काठमाडौं । सरकारले नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने गरी आवश्यक गृहकार्य अघि बढाएको छ । बाली लगाउने बेलामा सधैं नेपाली किसानले बेहोर्दै आइरहेको रासायनिक...

सिन्धुपाल्चोकको माझी बस्तीमा सैनिक श्रीमती संघको राहात

भुकम्पपछि चिटिक्क परेको बस्तीमा बस्दै आएका अल्पसंख्यक माझी समुदायले जाडोमा न्यानो मण्डी पाउँदा मख्ख थिए । मण्डी मात्रै होइन खाना पकाउने प्रेसर कुकुर पनि...

सर्लाहीमा यात्रु बस पल्टियो, दुईको मृत्यु १९ जना घाइते

पूर्वपश्चिम लोकमार्गअन्तर्गत सर्लाही हरिवनमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका–४ स्थित...

जो बाइडेनले लिए सपथ, ट्रम्पले बधाई समेत दिएनन्

वासिङटन । अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले क्यापिटोल हिलमा बुधबार आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ लिएका छन् । उनलाई अमेरिकी सर्वोच्च अदालतका प्रधान...

धेरै पढिएका

कालिकोटेको स्वरमा ‘धारो धर्म’

काठमाडौं । गायक बिधान कालिकोटेको स्वरमा 'धारो धर्म' सार्वजनिक भएको छ। सार्वजनिक गीतमा रमेशराजको शब्द संगीत सुन्न सकिन्छ। रोमान्टिक शैलीको गीतमा बिकास लामिछाने र अन्जु...

१ लाख म्यादी प्रहरीको भर्ना खोलिँदै

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि घोषित मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी गरेको छ । सरकारले आगामी १७ र २७ वैशाखका...

भारतीय सिमा सुरक्षा बल एसएसबीले उखु ढुवानी गर्न नदिँदा किसान मर्कामा

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाका किसान लाई भारतीय प्रहरिले उखु ढुवानीमा रोक लगाएको छ । बेलौरी नगरपालिकाको वडा नम्बर १० अन्तरगत पर्ने...

दाङमा दाहाल–नेपाल र ओली समूहका व्यवसायी एक भएर चुनावमा जाने

तुलसीपुर । दाङमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दहाल–नेपाल र ओली समूह निकट व्यवसायीहरु, व्यवसायीक हकहितका लागि एक भएर जाने प्रतिववद्धता व्यक्त गरेका छन् ।...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 102 times, 1 visits today)