Thursday, June 24, 2021
Home Exclusive बिरामीलाई सकस: शुल्कमा मनोमानी

बिरामीलाई सकस: शुल्कमा मनोमानी

,

काठमाडौं । कोरोना भाइरस परीक्षण र उपचारका नाममा सरकारी अस्पतालले खुलेआम शुल्क असुल्दै आएको पाइएको छ । लक्षण देखिएकाको समेत ‘परीक्षण र उपचार’ भन्दै मनलाग्दी शुल्क असुल्दै आएको पाइएको हो । नीजि अस्पतालले पनि मनोमानी शुल्क लिने गरेका छन् । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुगमन संयन्त्रण प्रभावकारी बनाउन नसकेको पाइएको छ ।

कोरोना परीक्षणका लागि शुक्रबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेका ३८ वर्षीय पुरुषले भने, ‘मलाई बेलुकी ज्वरो आएको थियो । भएपछि सिटामोल खाएर सुतें । बिहान हलुका त भयो तर धौंधौं भइरहेको थियो । अस्पताल पुग्दा ज्वरो आएको छैन भन्दै परीक्षण गर्न मानेनन् । गर्नै परे पैसा तिर्नुपर्छ भने ।’

सर्वोच्च अदालतको आदेश उल्लघंन गर्दै देशभरका सरकारी तथा नीजि अस्पताल र प्रयोगशालाले मनपरी शुल्क असुल्दै आएका हुन् । सरकारको संरक्षणमा उनीहरूले शुल्क असुलिरहेको पाइएको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सूचीकृत अस्पतालले लक्षण वा चिह्न देखिएमात्रै परीक्षण र उपचार निःशुल्क गर्न सकिने बताए । ‘केही अस्पतालले लक्षण देखिएकाको समेत परीक्षण र उपचार निःशुल्क नगरेको पाइयो,’ उनले भने, ‘लक्षण वा चिह्न देखिएकाको परीक्षण र उपचार नगर्नेलाई कारबाही प्रक्रिया अघि बढाइन्छ ।’

सर्वोच्च अदालतले कोभिड–१९ निःशुल्क परीक्षण हुनुपर्ने भन्दै आदेश जारी गरेको थियो । तर, अहिलेसम्म विपन्न तथा असहायले निःशुल्क परीक्षण गर्नै पाएका छैनन् । मन्त्रालयले लक्षणसहितका व्यक्तिको कोरोना परीक्षण मात्रै निःशुल्क गर्न सम्बन्धित अस्पताल तथा प्रयोगशालालाई निर्देशन दिएको थियो । सरकारी तथा निजी अस्पताल र प्रयोगशालाले सहज परीक्षण र उपचार नगर्दा बिरामीलाई सकस हुने गरेको छ ।

उपत्यकामा एक लाख नाघे
काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ । शुक्रबार थप १ हजार १ सय ७ जनामा संक्रमण पुष्टि भएसगै काठमाडौं उपत्यकामा संक्रमित संख्या एकलाख पुगेको हो ।

काठमाडौं उपत्यकामा हालसम्म १ लाख ८ सय ७२ जना संक्रमित भएका छन् । काठमाडौंमा ८१ हजार ५ सय ८८, ललितपुरमा ११ हजार ९ सय ४८ र भक्तपुरमा ७ हजार ३ सय ३६ जना संक्रमित भएका छन् । जसमध्ये काठमाडौंमा ३ सय १६, ललितपुरमा ८९ र भक्तपुरमा ८३ संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार काठमाडौंमा ८ सय ६३, ललितपुरमा १ सय ७४ र भक्तपुरमा ७१ जनालाई कोरोना संक्रमण देखिएको छ । हालसम्म काठमाडौंमा ७१ हजार ५ सय ९१, ललितपुरमा ९ हजार ६ सय ३१ र भक्तपुरमा ६ हजार ४ सय ७० जना संक्रमित निको भएका छन् ।

देशभर शुक्रबार १ हजार ९ सय ४५ जनामा संक्रमण देखिएको छ । योसँगै संक्रमितको कुल संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ३ सय ६४ जना संक्रमणमुक्त भएका छन्् । संक्रमणमुक्त हुनेको संख्या १ लाख ९१ हजार दुई पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ६३ भेन्टिलेटरमा र चार सय ३ जना संक्रमित आईसीयूमा उपचाररत छन् । त्यहा रहेका संक्रमित संख्या सबैभन्दा बढी बाग्मती प्रदेशमा १ सय ७७ र ३८ भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५९ र पाँच जना भेन्टिलेटरमा, प्रदेश १ मा ४८ र ६ जना भेन्टिलेटरमा र प्रदेश २ मा १२ र एकजना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै, सुदूरपश्चिममा सात आईसीयू र एक जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ८८ आईसीयू र १२ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा १२ आईसीयू उपचाररत छन् । शुक्रबार देशभर २४ हजार ६५ सक्रिय संक्रमित रहेका छन् । हालसम्म १ हजार २ सय ९८ जनाको मृत्यु भएको छ ।

(Visited 113 times, 1 visits today)
Loading comments...

आजको समाचार

उपत्यकाका नौ प्रहरी वृत्तमा नयाँ प्रमुख

काठमाडौं । नेपाल प्रहरीले काठमाडौं उपत्यकाका ९ प्रहरी वृत्तमा नयाँ प्रमुखलाई जिम्मेवारी दिएको छ । उपत्यकाका नयाँ प्रहरी प्रमुखमा ढुण्डिराज न्यौपाने बौद्ध, दुर्गाप्रसाद दाहाल लैनचौर,...

निषेधाज्ञामा १३ हजार हवाई यात्रु र २३ लाख केजी बढीको कार्गो सेवा

काठमाडौं । नयाँ भेरियन्टसहित तीव्र तीव्रमा फैलिएको कोरोना महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाको समय गत जेठ महिनामा मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १३ हजार...

ईट्टा भट्टामा रहेको खाल्डोमा जमेको पानीमा डुबेर दाजु भाईको मृत्यु

  सर्लाही । सर्लाहीमा ईट्टा भट्टामा रहेको खाल्डोमा जमेको पानीमा डुबेर दाजु भाईको मृत्युु भएको छ। बुधवार मलंगवा न.पा.११ स्थितमा रहेको जंगीलाल रायको ईट्टा भट्टामा...

९७ अर्बको लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डले जलविद्युत् परियोजनाको करिब ९७ अर्ब रुपैयाँ लगानी स्वीकृत भएको जनाएको छ । मंगलबार प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा...

२० मन्त्री पदमुक्त हुने सर्वोच्चको अन्तरिम आदेशपछि राजनीतिक दलहरुको यस्तो आयो प्रतिक्रिया

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनपछि दुईपटक गरिएको मन्त्रिपरिषद् विस्तारलाई बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले अन्तरिम...

साताका लोकप्रिय समाचार

सलमानले कथामा जोड दिने

मुम्बई । बलिउड अभिनेता सलमान खानले अब फिल्मको कथामा जोड दिने बताएका छन् । सलमानको एक्सन हुनसाथ फिल्म चल्ने भन्ने मान्यता पछिल्ला फिल्मले तोडेपछि...

सय कटेपछि नयाँ दाँत

लमजुङ । लमजुङको एक गाउँ निवासी एक सय वर्ष नाघेका वृद्ध रामबहादुर मालुवा अझै पनि हट्टाकट्टा छन् । फरासिलो बोली वचनका उनी यस उमेरमा...

उच्च रक्तचापले बेहोस भएकी महिलाले जन्माइन् सन्तान

  दोलखा । उच्च रक्तचापको कारण बेहोस भएर ढलेकी महिलाको शल्यक्रिया गरी चरिकोट अस्पतालले सकुशल सुत्केरी गराएको छ । शल्यक्रियापछि बच्चा र बच्चाको स्वास्थ्य स्थिती...

वर्षेनी बाढीको त्रासमा इटहरी गैरीगाउँका बासिन्दा

  इटहरी । झन्डै चार बर्षअघि विनासकारी बाढीबाट इटहरीमा एकै घरका तीन जनासहित दस जना बेपत्ता भए । जसमध्ये ८ जनाको शव भेटियो । दुईजना...

निषेधाज्ञाले मात्रै घटदैन संक्रमण

  उपत्यकालगायतका प्रमुख प्रभावित सहरमा निषेधाज्ञा लगाइएको चार साता नाघिसक्दा देशभर निषेधाज्ञा छ । तथापि, संक्रमित र मृत्यृको संख्या ओर्लिन उल्लेखनीय सुरु गरेको छैन ।...

ट्रेन्डिङ

सेयर बजारमा अहिले सम्मकै उच्च १६ अर्ब ९० कराेड काराेबार

काठमाडाैं ।  साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले बढेर बजारमा...

विश्वभर कोभिड–१९ विरूद्धको २० करोड खोप प्रयोग, खोपको अत्यधिक परिणाम धनी राष्ट्रमा

पेरिस । कोभिड–१९ विरूद्धको खोप अभियान सञ्चालनको आधिकारिक तथ्याङ्क अनुसार शनिबारसम्म विश्वभर २० करोड मात्रा खोप लगाइसकिएको सम्बन्धित देश र स्वास्थ्य क्षेत्रमा सक्रिय निकायको...

ओली उपचार र नेपालीको अपेक्षा

केही समययता भएका चर्चा परिचर्चा मूलतः दुई विषय केन्द्रित छन् । एउटा हो कोरोना भाइरस ‘कोभिड –१९’ र अर्को हो प्रधानमन्त्री केपी शर्मा ओलीको...

बुटवलमा थप ४ जना कोरोना जितेर घर फर्के

बुटवल । रुपन्देहीको बुटवल धागो कारखानास्थित कोरोना विषेश अस्पतालबाट आइतबार थप ४ जना कोरोना भाइरसलाई जितेर घर फर्किएका छन । अस्पतालका फोकल पर्सन तथा...

धरानमा थप दुई कोरोना संक्रमितको मृत्यु

धरान । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई सङ्क्रमितको आज मृत्यु भएको छ । झापा, शिवगढी –११ का ५७ वर्षीय र सुनसरी, धरान...

भाइले चलाएको मोटरसाइकल दुर्घटना हुँदा दिदीको मृत्यु

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ सिमसुवामा भएको मोटरसाइकल दुर्घटनामा परी घाइते भएकी धनकुटा नगरपालिका–३ कागतेकी जानुका कार्कीको आइतवार राती मृत्यु भएको छ । अस्पतालले...

पर्सामा आज एकै दिन १६९ सङ्क्रमित भेटिए

बीरगञ्ज ।  पर्सामा आज एकै दिन १६९ जना कोरोना सङ्क्रमित फेला परेका छन् । वीरगञ्जको नारायणी अस्पतालमा २८८ जनाको स्वाबको नमूना परीक्षण गर्दा आज...

सप्तरीमा अस्पतालमा भर्ना रहेका बिरामीसहित ६ जनामा कोरोना संक्रमण

राजविराज । सप्तरीमा शनिबार एक महिलासहित ६ जना संक्रमित थपिएका छन् । गजेन्द्र नारायण सिंह अस्पतालको पिसिआर प्रयोगशालाबाट प्राप्त परिक्षण रिपोर्टले बोदेबसाईन नगरपालिका र...

पहिरोमा पुरिएर मोटरसाइकल चालकको ज्यान गयो

हेटौंडा । काठमाडौँबाट इपातर्फ जानेक्रममा कोगटेखोला नजिकै आइपुग्दा गए राति बा४४प ६०८५ नंको मोटरसाइकललाई कोगटेखोलामा आएको पहिरोले पुरेको इलाका प्रहरी कार्यालयले जनाएको छ । पहिरोमा...

बाजुरा त्रिवेणीका २३ जनामा आरडीटी पोजेटिभ

बाजुरा । त्रिवेणी नगरपालिका स्थित कैलासेश्वरी माविदम्थाको क्वारेन्टिाइनमा बसेका २२ र रत्नमा विक्वारेन्टनमा १ जना गरी २३ जनामा आरडीटी पोजेटिभ देखिएको छ । क्वारेन्टिाइनमा...

कोरोनाबाट मृत्यु भएकाको अन्त्येष्टि धार्मिक विधिपूर्वक गर्न सकिने

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमबाट निधन भएका व्यक्तिको अन्त्येष्टि धार्मिक विधिपूर्वक गर्न सकिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको कोभिड–१९ का कारण...

बागमती प्रदेश सभाको वैठक : सेवा सुविधा विधेयकमा छलफल सुरु, गाँजा सम्वन्धि विधेयक दर्ता

चुरे मकवानपुर । सर्वोच्च अदालतले प्रदेश कानुन अनुसार उपलब्ध गराउँदै आएको स्थानीय तहका जनप्रतिनिधिहरुको पारिश्रमिक संविधान बमोजिम नभएको भन्दै सेवा सुविधा खारेज गर्न अन्तरिम...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)