अस्पताल बनाउन भाडामा जग्गा

काठमाडौं । संघीय सकारले अस्पताल बनाउन आफ्नो जग्गा नहुने स्थानीय तहलाई भाडामा जग्गा दिने भएको छ । सरकारले ५ देखि १५ बेडका अस्पताल बनाउन जग्गा नहुनेलाई भाडामा जग्गा दिने निर्णय गरेको हो । मन्त्रिपरिषद् २७ कात्तिकको बैठकले सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउनेसम्बन्धी कार्यनीति, २०७१ को दफा १२ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

स्थानीय तहअन्तर्गत स्थापना हुने ५ देखि १५ शय्याको आधारभूत अस्पतालका लागि आवश्यक पर्ने जग्गा अस्पतालका नाममा नभएमा भूमि व्यवस्था, सहकारी तथा निवारण मन्त्रालयले त्यस्ता अस्पतालको भवन निर्माणका लागि आवश्यक पर्ने सरकारी जग्गा लिजमा उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।

मन्त्रिपरिषद्ले सहसचिव लीलादेवी गड्तौलालाई सचिवमा बढुवा गरी नेपाल कानुन आयोगमा पदस्पथान गरेको छ । बैठकले अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यकारी समितिको अध्यक्ष पदमा काठमाडौं महानगरपालिका वडा नं ३१ का उद्धवप्रसाद तिमल्सेनालाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्ले डा. लोकनाथ पौडेल र नारायणप्रसाद शर्मालाई राजपत्रांकित प्रथम श्रेणीमा नियुक्ति दिई कृषि तथा पशुपन्छी विकास मन्त्रालय वा अन्तर्गत पदस्पथापन गर्ने निर्णय पनि गरेको छ ।

सरकारले अमेरिकाको सान डियागोमा कार्यरत अवैतनिक महावाणिज्यदूत ऋषि पुनाखर ढकालको कार्यकाल चार वर्षका लागि थप गर्ने र कोलम्बियाको बोगोटामा डा. सोराया स्टेला कारो भरगासलाई चार वर्षका लागि अवैतनिक नेपाली वाणिज्यदूत पदमा नयाँ नियुक्ति गर्ने निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषद्ले नेपाल सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजनाका लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्रस्तावित करिब १८ अर्ब बराबरको प्रस्तावित सहुलियतपूर्ण ऋण सहायता रकम स्वीकार गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।

सरकारले सहलगानीसम्बन्धी कार्यविधि, २०७७ स्वीकृत गरेको छ भने व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ पनि स्वीकृत गरेको छ । मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी तथा प्रदेश प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन, २०७७ स्वीकृतसमेत गरेको छ । सरकारले स्वास्थ्य संस्था प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृत प्रदानसमेत गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 169 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

२ सय ३ एकल महिलालाई ब्ल्याङ्ककेट

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बुद्धभूमिमा कांग्रेसका श्रेष्ठ मेयरमा र चौधरी उपमेयरमा पुनः दोहोरिए