बद्रीलालको एकल अग्रता

जिरी । पर्यटकीय नगरी जिरीमा जारी जिरी ओपन फिडे रेटिङ चेस प्रतियोगितामा तीन पटकका राष्ट्रिय च्याम्पियन बद्रीलाल नेपालीले एकल अग्रता कायम गरेका छन् । शतप्रतिशत नतिजा निकालेका बद्रीलालले शुक्रबार सम्पन्न तेस्रो चरणको खेलमा सर्लाहीका रवीन्द्रबहादुर थापालाई पराजित गरे । चौथो तथा पाँचौं चरणमा दोलखाका राजीव कार्की तथा सहदेव चौंलागाईमाथि जित हात पारे । पाँच चरणको खेलपश्चात् पाँच अंक बनाएका बद्रीलालले शनिबार हुने छैटौं चरणको खेलमा दोलखा जिल्ला च्याम्पियन आशिष फुयाँलको सामना गर्नेछन् ।

युवा सञ्जाल जिरीको आयोजना तथा जिरी नगरपालिकाको सहयोमा जारी प्रतियोगिताको पाँचौं चरणको खेल बराबरीमा टुंग्याएका दोलखाका आशिष फुयाँल तथा ललितपुरका हेराकाजी मर्हजन समान ४.५ अंकका साथ संयुक्त दोस्रो स्थानमा रहेका छन् । यसअघि आशिषले तेस्रो तथा चौथो चरणमा क्रमशः ललितपुरका सञ्जय महर्जन र स्याङ्जाका युवराज पौडेललाई हराएभने हेराकाजीले तेस्रो चरणमा रामेछापका दिलबहादुर सुनुवार तथा चौथो चरणमा गोरखाका गेहेन्द्र आचार्यमाथि जीत हात पार्न सफल रहे । पाँचांै चरणको खेलपश्चात् युवराज पौडेल, राजीव कार्की, रवीन्द्रबहादुर थापा र संजय महर्जनले समान ४—४ अंक बनाएका छन् ।

त्यस्तै, रौतहटका रामचन्द्र दाहाल, रामेछापका दिलबहादुर सुनुवार, दोलखाका सहदेव चौंलागाईं, केवल खत्री, दीपक बस्नेत, ग्यालजेन शेर्पा, मधुकुमार श्रेष्ठ, धर्मानन्द दाहाल, डेन्डु शेर्र्पा, विवेक कार्की तथा सञ्जय सुनुवार समान ३—३ अंक बनाउन सफल भए । फिडेको स्विस लिग प्रणालीअनुसार सात चरणमा सम्पन्न हुने प्रतियोगितामा १० रेटेडसहित कुल ४२ जना खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिताअन्र्तगत शनिबार छैटौं तथा सातौं चरणका खेल सञ्चालन हुनेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 272 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सानोपाइला सहकारी ठगीमा रवि लामिछानेसहित १४ जनाविरूद्ध पर्सामा पक्राउ पूर्जी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरमा चुनावी सरगर्मीः धेरै उम्मेदवार, आँकलन गर्न गाह्रो