Sunday, May 16, 2021
Home कला महासंघको चुनावमा चलचित्रबाट अशोक र आकाश

महासंघको चुनावमा चलचित्रबाट अशोक र आकाश

,

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी चयनका लागि यही १३ मंसिरमा निर्वाचन हुँदै छ । निर्वाचन तिथि नजिकिएसँगै उम्मेदवारहरूको व्यस्तता बढेको छ ।

यही निर्वाचनमा यसपटक नेपाली चलचित्र वृत्तबाट दुई जनाले उम्मेदवारी घोषणा गरेका छन् । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी र नेपाल चलचित्र संघका महासचिव अशोक शर्माले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यका लागि उम्मेदावारी घोषणा गरेका हुन् ।

एउटा चलचित्रको छायांकन सकेर शुक्रबार मात्र काठमाडौं आएका आकाश अधिकारी पनि यतिबेला चुनावी सरगर्मीमा होमिएका छन् । केन्द्रीय सदस्यकै लागि उम्मेदवारी दर्ता गराइसकेका आकाशले आफू शुक्रबारबाटै चुनावी अभियानमा सक्रिय भइसकेको बताएका छन् ।

यस्तै, कोरोना संक्रमणबाट आइसोलेसनमा बसेका महासचिव अशोक शर्माले फोनबाटै चुनावी अभियानको सुरुवात गरेका छन् । आफ्नो उम्मेदवारीबारे महासचिव शर्माले भने, ‘कोरोना संक्रमणका कारण आइसोलेसनमा भएकाले मैले अनलाइन माध्यमबाट अरूको सहयोगमा उम्मेदवारी दर्ता गराएको छु । चिकित्सकहरूको सल्लाहअनुसार म आइतबारबाट बाहिर निक्लेर चुनावी अभियानमा प्रत्यक्ष जुट्नेछु ।’

महासंघको केन्द्रीय सदस्यको १४ सिटमध्ये चलचित्र क्षेत्रबाट दुई जनाको उम्मेदवारी परेको हो । आफूहरू दुवै जनाले जित्नुपर्ने आकाश अधिकारी र अशोक शर्माको कथन छ । दुवै जनाले पनि जित्न सक्ने सम्भावना यसपटक रहेको निर्माता संघका अध्यक्ष अधिकारीले बताए ।

अधिकारी अहिले पनि महासंघको केन्द्रीय सदस्य रहेका छन् । सोही कारण पनि आफूलाई चुनाव जित्न केही सजिलो हुने उनेको विश्वास छ । उनी यसपटक चन्द्र ढकालको प्यानलबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेका छन् ।

महासंघको वस्तुगत एसोसियनबाट १४ केन्द्रीय सदस्यका लागि २८ जनाको उम्मेदवारी परेको छ । यसअघि नेपाल चलचित्र निर्माता संघबाटै महासंघको केन्द्रीय सदस्य भइसकेका अशोक शर्मा पनि महासंघमा परिचित उम्मेदवार हुन् । आफूसँग पुरानो अनुभव रहेकाले चुनाव जित्नेमा विश्वस्त रहेको शर्माले राजधानीलाई बताएका छन् । उनले यसपटक किशोर प्रधानको समूहबाट केन्द्रीय सदस्यको उम्मेदवारी दिएका छन् ।

यता केन्द्रीय सदस्यका उम्मेदवार आकाश अधिकारीले आफू महासंघमा भएकै कारण गत वर्ष नेपाली चलचित्र उद्योगलाई राष्ट्रिय मान्यता प्राप्त उद्योगको रूपमा नेपाल सरकारबाट मान्यता दिलाउन सफल भएको बताउँछन् । यसपटकको आफ्नो योजना भनेको राष्ट्रिय मान्यता प्राप्त भएको चलचित्र उद्योगका लागि सो मान्यताअनुसारको नीति निर्माण गर्नुरहेको बताउँछन् । यस्तै, महासंघमार्फत नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने र नेपालमा नेपाली चलचित्रको उत्पादन बढाएर विदेशी चलचित्रलाई कम गर्ने पनि उनले बताए ।

यता केन्द्रीय सदस्यका अर्का उम्मेदवार अशोक शर्माले पनि स्वदेशी चलचित्रकै विकास र विस्तारमा आफू लागिपर्ने बताएका छन् । चलचित्र निर्माण र निर्देशनसमेत गर्दै आएका शर्माले कोरोना संक्रमणका कारण नौ महिनादेखि नेपालका चलचित्र घरहरू बन्द रहेकोमा चिन्ता व्यक्त गरेका छन् ।

आफ्नो पहिलो अभियान भनेकै जसरी हुन्छ बन्द सिनेमा घरलाई खुलाउनुरहेको बताएका छन् । चलचित्र घरजस्तै अन्य व्वसाय सुचारु भइरहेको अहिलेको अवस्थामा चलचित्र घर बन्द गरिरहनुको विकल्प नरहेको पनि उनले बताएका छन् । यसरी सिनेमा हल खुलेपछि हल र सिनेमा निर्माणसँगै प्रदर्शनलाई कसरी अघि बढाउने भन्ने आफ्नो योजना रहेको पनि उनले बताए । सोही योजनालाई महासंघमार्फत लागू गर्न आफू केन्द्रीय सदस्यको उम्मेदवार बनेको पनि उनले बताएका छन् ।

(Visited 98 times, 1 visits today)
Loading comments...

आजको समाचार

ओली २ जेठमा नर्किए नयाँ दल गठन गरेर अगाडी बढनुपर्छ : पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालका उपाध्यक्ष नितेश पौडेलले २ जेठ २०७५ मा फर्किने सहमती कार्यान्वयन नभए नयाँ पार्टी गठन...

ठोरी गाउँपालिकाले बनायो अक्सिजनसहितको आइसोलेसन

  ठोरी, पर्सा । पर्साको ठोरी गाउँपालिकाले अक्सिजनसहितको आइसोलेसन बनाएको छ । गाउँपालिकाले ठोरी-४ घ्याङ डाँडामा कोरोना संक्रमणमा परेका नागरिकहरुलाई लक्षित गर्दै २० बेडको अक्सिजनसहितको...

महामारीबाट प्रभावित किसानलाई राहत दिन मन्त्री अर्यालको निर्देशन

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले मुलुक कोभिड १९ महामारीको संकटमा रहेको अवस्थामा महामारी नियन्त्रणका लागि अपनाउनुपर्ने सबैखाले सुरक्षा मापदण्ड अपनाएर...

कोरोना संक्रमणबाट उदयपुरका ४ जनाको मृत्यु

उदयपुर । उदयपुरमा आईतवार एकै दिन कोरोनाले ४ जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका– १० का ६३ वर्षिय खगेन्द्र मगरको बेल्टार कोभिड १९...

प्रशासनमा नयाँ संस्कृति

सरल अर्थमा सुशासन सेवाको अनुभूति हो । सुशासन शब्द र परिभाषामा होइन अनुभूत गरिने विषय हो । शासकीय प्रणालीको वैधता यसैले सिद्ध गर्छ ।...

साताका लोकप्रिय समाचार

अक्सिजन, आईसीयू बेड र खोपको व्यवस्था गर्न देउवाकाे आग्रह

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारी रोकथामका लागि तत्काल अक्सिजन, आईसीयू बेड र खोपको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् । शुक्रबार...

एभरेस्ट ग्यासले चीनबाट ४५ सय अक्सिजन सिलिन्डर ल्याउने

काठमाडौं । हाल खाना पकाउने एलपी ग्यासको कारोबारमा संलग्न निजी कम्पनी एभरेस्ट ग्यास उद्योगले चीनबाट ४ हजार ५ सयवटा अक्सिजन ग्यासका सिलिन्डर ल्याउने भएको...

कोराेना संक्रमितको दैनिक मृत्यु, अस्पतालमै भएको आइसियु र भेन्टीलेटर प्रयोग बिहिन

रौतहट । जनशक्तिको अभाबमा रौतहटको गौर अस्पतालको आइसियू र भेन्टिलेटर प्रयोग बिहिन बनेको छ । जनशक्ति अभाबमा गौर अस्पतालमा १० बेडको आइसियू, ४ भेन्टिलेटर...

काेराेना संक्रमणबाट काठमाडौंँ जिल्ला अदालतका न्यायाधीश श्रेष्ठको निधन

काठमाडाैं ।  कोरोना संक्रमणबाट काठमाडौंँ जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको निधन भएको छ । जिल्ला अदालतकाका स्रेस्तेदार ज्ञानेन्द्र इटेनीका अनुसार उनको केही समयदेखि शुक्रराज...

ट्रेन्डिङ

कहाँ छ १ खर्ब १६ अर्ब ?

काठमाडौं । सरकारले वातावरणीय सुधार, सडक मर्मत र पूर्वाधार विकासका नाममा उपभोक्ताबाट अर्बौं रुपैयाँ असुल्दै आए पनि त्यसको उचित उपयोग हुन सकेको छैन ।...

लिभरपुलको मैदानमा समर्थकको प्रदर्शन, खेल अवरुद्ध

लन्डन । इङ्लिस प्रिमियर लिगको म्यानचेष्टर युनाइटेडका समर्थकहरुले गएराती लिभरपुल विरुद्ध खेल सुरु हुनु अगावै मैदानभित्र पसेर आफ्नो क्लबका मालिक ग्लेजर परिवारविरुद्ध नाराबाजी गरेका...

गुल्मीमा पिसिआर रिपोर्ट पर्खंदै मृतकका गाउँले

तम्घास । गुल्मीका मदाने गाउँपालिकाका कोरोना संक्रमितको मृत्यु भएसँगै त्यस क्षेत्रका नागरिकले पिसिआर रिपोर्ट पर्खेर बसेका छन् । मृतकको दोस्रो कोरोना रिपोर्ट र सम्पर्कमा...

कोभिड–१९ र पर्दापछाडिको स्वास्थ्य अवस्था

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको प्रारम्भिक संक्रमण मध्य चीनको वुहान सहरमा २०१९ को डिसेम्बरमा भएको थियो । कोरोनाको संक्रमण विश्वभर फैलिन थालेपछि २३...

कालोबजारी गर्न फेरि कृत्रिम अभाव

काठमाडौं । महामारी मौका छोप्दै कृत्रिम अभाव देखाएर दैनिक उपभोग्य सामग्रीमा फेरि कालोबजारी मौलाउन थालेको छ । गत १६ वैशाखबाट लकडाउन सुरु भएयता चिनी,...

‘बेलायतबाट फर्केका क्वारेन्टिनमा बस्नू’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट वा बेलायतको बाटो हुँदै नेपाल प्रवेश गरेका व्यक्तिलाई कम्तीमा १० दिन होटल क्वारेन्टिनमा बस्न आग्रह गरेको छ...

प्रतिनिधिसभा विघटनले राजनीतिक अस्थिरता निम्तिने खतरा बढ्यो : खाँण

रुपन्देही । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले मुलुकमा राजनीतिक अस्थिरता मान्य नहुने बताएका छन् । उनले प्रतिनिधिसभा विघटनले राजनीतिक अस्थिरता निम्तिने खतरा बढेकाले यसविरुद्ध...

इ–प्लानेटले काठमाडौंमा भर्चुअल अष्ट्रेलियन शैक्षिक मेला गर्ने

काठमाडौं । काठमाडौंको बागबजारमा भर्चुअल अष्ट्रेलियन एजुकेशन मेला सञ्चालन हुन लागेको छ । शैक्षिक कन्सल्टेन्सी एजुकेशन प्लानेटले यही आउदो असोज १६ गते शुक्रबार तत्कालीन...

स्वास्थ्यकर्मीको हौंसलामा स्वास्थ्य सेवा विभागमा दिप प्रज्वलन

काठमाडौं । कोभिड १९ रोकथाममा अग्रभागमा खटिएकाहरुको हौसलाका निम्ति स्वास्थ्य सेवा विभागले आज विहिबार बेलुका दिप प्रज्वलन गरेको छ । विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ...

बुहारी मार्ने अधिकारी पुर्पक्षका लागि थुनामा

काभ्रेपलाञ्चोक । लजिल्ला अदालत काभ्रेपलाञ्चोकले बुहारी रञ्जनाको हत्या गर्ने नमोबुद्ध नगरपालिका–८ डराउनेपोखरीका सुदर्शन अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । न्यायाधीश पुरुषोत्तम...

अमेरिकी उपराष्ट्रपति भन्छन्– कोरोना भाइरसको औषधि तयार हुन छ-सात महिना लाग्छ

वासिङ्टन डी.सी. । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले प्राणघातक कोरोना भाइरसको उपचारको औषधि आगामी अगष्ट वा सेप्टेम्बर महिनासम्ममा उपलब्ध हुन सक्ने बताएका छन् । ‘यसको खोप...

कलैयामा प्रहरी जवानलाई कोरोना संक्रमण

बारा । जिल्ला प्रहरी कार्यलय कलैयामा कार्यरत एक जना प्रहरी जवानमा कोरोन संक्रमण देखिएको छ । जिल्ला प्रहरी कार्यलयको मुद्धा फाटमा कार्यरत प्रहरीको कोरोना चेकजाँच...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)