तनहुँ । मोटरसाइकलको ठक्करबाट ८ बर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको भानुनगरपालिका-५ पंचनगरस्थित डुम्रे सडक खण्डमा चन्दावतीबाट डुम्रे तर्फ आउँदै गरेको बा७० प ६९०१ नम्बरको मोटरसाइकलले पैदल यात्री बागगेरुवा बस्ने आईज्याक सिम्खणडालाई ठक्कर दिएको हो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि डुम्रेस्थित लक्ष्मी अस्पतालमा लगिएकोमा थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा शनिबार मृत्युु भएको हो ।
मोटरसाइकल चालक १७ वर्षीय साजन बस्याललाई इलाका प्रहरी कार्यालय डुम्रेले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख रेशमबहादुर रानाभाटले बताए ।
तपाइको प्रतिक्रिया
(Visited 324 times, 1 visits today)