Thursday, June 24, 2021
Home प्रदेश प्रदेश ३ विद्यालय पुनः सञ्चालनमा शिक्षकलाई अग्रमोर्चामा राख्न सुझाव

विद्यालय पुनः सञ्चालनमा शिक्षकलाई अग्रमोर्चामा राख्न सुझाव

,

काठमाडौँ । महामारीको जोखिम मूल्याङ्कनका आधारमा स्थानीय तहले निर्णय गर्ने गरी सङ्घीय सरकारले हालै ल्याएको विद्यालय सञ्चालन कार्यढाँचा, २०७७ सकारात्मक रहेकाले यसको कार्यान्वयनमा शिक्षकलाई अग्रभागमा राख्न सुझाव दिइएको छ ।

शिक्षा पत्रकार समाज र ज्ञान अनुसन्धान तथा सिकाइ स्रोत केन्द्रले आज आयोजना गरेको भर्चुअल बहसमा सरकारी प्रतिनिधि, शिक्षाविज्ञ र शिक्षाकर्मीले शिक्षक नतातेसम्म विद्यार्थीको सिकाइ निरन्तरता सहज नहुने जनाएका हुन् । कोभिड–१९ पछि वैकल्पिक माध्यमको सिकाइ र टोलटोलमा स्वास्थ्य सचेतनामा शिक्षक सक्रिय रहेकाले अब विद्यालय सञ्चालन वा वैकल्पिक विधिको निरन्तरताबारे निर्णय गर्दा स्थानीय तहले शिक्षकको विश्लेषणलाई मुख्य आधार बनाउनुपर्ने उहनीहरुको सुझाव छ ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले विद्यालय सञ्चालनको निर्णयलाई स्थानीयकरण गर्नुपर्छ भन्ने सुझावका आधारमा कार्यढाँचा जारी गरिएको र यसको कार्यान्वयनका लागि गृह मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तह र विद्यालयमा सर्कुलर भइसकेको जानकारी दिए । उनले कतिपय ठाउँमा जोखिम बढ्दो भएकाले विद्यालय खोल्न दिने आधारको ढाँचा ल्याउन हतार भएको टिप्पणी पाइएको अवस्थामा यसबारे शिक्षकले दिने राय र स्थानीय तहले गर्ने निर्णय नै उचित हुने बताए । उनले हाल सञ्चालित वैकल्पिक माध्यमको सिकाइको मूल्याङ्कन गरी शैक्षिकसत्र व्यवस्थापनबारे थप बोल्न सकिने बताए ।

नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले कोभिड–१९ ले सबै क्षेत्रलाई असर पारिरहेको स्थितिमा शिक्षा क्षेत्र पनि प्रभावित भएको उल्लेख गर्दै महासङ्घले गत चैत १८ गतेदेखि नै सबै घटक र शिक्षकलाई परिचालन गर्दै विभिन्न कार्यक्रम र सूचना प्रविधिका माध्यमबाट शैक्षिक क्रियाकलाप गरेको जानकारी गराए । थापाले सरकारले कार्यढाँचा ल्याउन ढिलाइ गरे पनि उक्त कार्यढाँचा र कक्षा ११ को नयाँ पाठ्यक्रमको कार्यान्वयन तथा शैक्षिक गुणस्तर सुधारका लागि आफूहरु अभियानकै रुपमा अघि बढेको बताए । महासङ्घका उपाध्यक्ष तिलक कुँवरले निजी विद्यालयमा कार्यरत सबै शिक्षकले तलब नपाएको र करिब ३०० शिक्षकले रोजगारी गुमाएको अवस्थामा पनि शिक्षक विद्यार्थीलाई सिकाउने कर्तव्यमा निरन्तर सक्रिय रहेको बताए ।

शैक्षिक संस्थाको साझा सञ्जाल ‘शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपाल’ का अध्यक्ष डिल्लीराम सुवेदीले आफूहरुको अध्ययनमा ७२ प्रतिशत प्रधानाध्यापकहरु वैकल्पिक सिकाइ निर्देशिका र शैक्षिकसत्र व्यवस्थापनबारे झै अन्योलमा रहेको स्थितिमा शिक्षकलाई अभिप्रेरित गर्न सरकार अग्रसर हुनुपर्ने बताए । उनले शैक्षिकसत्र खेर जान नदिन र सिकाइ निरन्तरताको बाटोमा अघि बढ्न ढिलै भए पनि सरकारको कार्यढाँचा सकारात्मक रहेको जनाए ।

सेभ द चिल्ड्रेनका शिक्षा प्रमुख डा लक्ष्मी पौडेलले शिक्षकले सहजीकरण निर्देशिका र पाठ्यवस्तु समायोजना ढाँचाका आधारमा शैक्षिक योजना तयार गरी सिकाइ निरन्तरता दिन लाग्नुपर्ने बताउँदै विद्यार्थी र अभिभावकलाई जनस्वस्थ्यका मापदण्डमा सचेतना जगाउन पनि शिक्षक सही माध्यम हुने देखिएको धारणा राखे ।

शिक्षा अधिकारकर्मी बाबुकाजी श्रेष्ठले शिक्षकले शैक्षिक क्रियाकलपामा ध्यान दिएनन् भन्ने आरोप मेटिँदै गएकाले उनीहरुलाई उचित सीप, तालिम र अभिमुखीकरणका साथै स्वास्थ्यकर्मीलाई झैँ अग्र्रमोर्चाका जनशक्तिसरहको सुविधा दिन सुझाव दिए । शिक्षा पत्रकार समाजका अध्यक्ष प्रकाश सिलवालले राजनीतिक आन्दोलनको क्रम सकिएकाले शिक्षक राजनीतिक दल निकटताका आधारमा पेशागत अधिकारका लागि मात्र नभई विद्यार्थीको शैक्षिक अधिकार सुनिश्चित गराउने दायित्वमा क्रियाशील हुनुपर्नेमा जोड दिए ।

(Visited 133 times, 1 visits today)
Loading comments...

आजको समाचार

उपत्यकाका नौ प्रहरी वृत्तमा नयाँ प्रमुख

काठमाडौं । नेपाल प्रहरीले काठमाडौं उपत्यकाका ९ प्रहरी वृत्तमा नयाँ प्रमुखलाई जिम्मेवारी दिएको छ । उपत्यकाका नयाँ प्रहरी प्रमुखमा ढुण्डिराज न्यौपाने बौद्ध, दुर्गाप्रसाद दाहाल लैनचौर,...

ईट्टा भट्टामा रहेको खाल्डोमा जमेको पानीमा डुबेर दाजु भाईको मृत्यु

  सर्लाही । सर्लाहीमा ईट्टा भट्टामा रहेको खाल्डोमा जमेको पानीमा डुबेर दाजु भाईको मृत्युु भएको छ। बुधवार मलंगवा न.पा.११ स्थितमा रहेको जंगीलाल रायको ईट्टा भट्टामा...

२० मन्त्री पदमुक्त हुने सर्वोच्चको अन्तरिम आदेशपछि राजनीतिक दलहरुको यस्तो आयो प्रतिक्रिया

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनपछि दुईपटक गरिएको मन्त्रिपरिषद् विस्तारलाई बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले अन्तरिम...

९७ अर्बको लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डले जलविद्युत् परियोजनाको करिब ९७ अर्ब रुपैयाँ लगानी स्वीकृत भएको जनाएको छ । मंगलबार प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा...

साताका लोकप्रिय समाचार

छाउपडीमाथी बनेको ‘टालो’ दर्शकलाई मन पर्याे

  काठमाडौं । मध्य तथा सुदुरपश्चिमको गाउँ तथा पहाडी भेगमा प्रचलित छाउपडी प्रथामा आधारित नेपाली कथानक चलचित्र ‘टालो’ अहिले चलचित्र बजारमा चर्चा को बिषय बनेको...

बाढीपहिरो जोखिमबाट बच्न भौगर्भिक अध्ययन जरुरी

अहिले पनि सिन्धुपाल्चोकलगायतका भूबनोट कमजोर भएका जिल्ला बाढी तथा पहिरोबाट निकै प्रभावित भएका छन् । यी जिल्लामा २०७२ सालको भूकम्पपछि लगातार धनजनको क्षति हुँदै...

सेयर बजार याे साता : ८१ अर्बको कारोबार

  काठमाडाैं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ८१ अर्बको सेयर कारोबार भएको छ । गत साता निकै चम्किएको सूचक र कारोबार रकम यस...

महर्जन एरोविक टिटिको ब्रान्ड एम्बेसडर

काठमाडौं । पूर्व अन्तर्राष्ट्रिय टेबल टेनिस खेलाडी अनिता महर्जन नेपालका लागि लन्डनस्थित एरोविक टेबल टेनिसको ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छन् । एरोविकले महर्जनलाई ३...

९७ अर्बको लगानी स्वीकृत

  काठमाडौं । लगानी बोर्डले जलविद्युत परियोजनाको करिब ९७ अर्ब रुपैयाँ लगानी स्वीकृत भएको जनाएको छ । मंगलबार प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा...

ट्रेन्डिङ

काँग्रेसमा क्रियाशील सदस्यता धमाधम वितरण गरिँदै

काठमाडौं । नेपाली काँग्रेसले पार्टीको १४ औँ महाधिवेशनको तयारीका लागि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको कामलाई तीव्र बनाएको छ । पार्टी विधानले तोकेको...

सिरहाको सुखिपुर नगरपालिकामा कुकर बम फेला

सिरहा । सिरहाको सुखीपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यालय कोठा गेट नजिकै कुकर बम फेला परेको छ । आज मंगलबार बिहान कार्यालय खुलेपछि कार्यालय...

प्रधानसेनापति र सशस्त्रका आईजीपी छांगरु पुगेर फर्किए

दार्चुला । प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल बुधबार दार्चुलाको छांगरु पुगेका छन् । प्रधानसेनापति थापा सेनाको अस्थायी बेस निरीक्षण...

सिमा क्षेत्र गौरमा कोरोना भाइरस हेल्प डेक्स स्थापना

रौतहट । कोरोना भाइरस सम्बन्धी जानकारी गराउने तथा सचेतना गराउने उदेश्यले रौतहटको सदरमुकाम तथा नेपाल भारत सिमा क्षेत्र गौर भन्सार कार्यालय नजिक हेल्प डेक्स...

सुदूरपश्चिमका थप ३१ जनामा कोरोना संक्रमण

धनगढी। सुदूरपश्चिममा बुधबार ३१ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ३१ जनामा कोभिड १९ पुष्टि भएको...

पर्सामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

वीरगन्ज । गएको चैत अन्तिमदेखि नै कोरानाको हटस्पट बनेको पर्सामा पछिल्लो ८ घण्टामा कोरानाकै कारण ३ पुरुषको मृत्यु गएको छ । मृतकमध्ये एक जना...

मुख स्वास्थ्यको समस्या भएकाले कोरोनाबाट कसरी जोगिने ?

कोभिड–१९ सर्ने माध्यम नाक, आँखा र मुखबाट निस्कने स–साना पानीका फोका, ती रहेका सामानको सम्पर्क र केही मिनेटभित्र बन्द कोठामा रहेका हावा हो । नजिकै...

‘नायक बन्न आएकाको थिएँ, गायनमा पो हिट भएँ’

विक्रमजंग शाह नेपाली गायनमा स्थापित नाम हुन् । यतिबेला गायक नयाँ गीत खोला खाल्सी पलायो निगुरो...बाट चर्चामा छन् । दसैंताका रिलिज गरिएको यो गीत...

कतार सुरक्षा गार्डमा जीटुजी गर्ने तयारी

काठमाडौं । वैदेशिक रोजगारीका लागि खाडीको आकर्षक श्रम गन्तव्य मुलुक कतारमा सुरक्षा गार्डमा सम्झौता संशोधन गरी जीटुजीमार्फत नेपाली कामदार पठाउन सरकारले तयारी थाल्ने भएको...

अख्तियारको इतिहासमै भ्रष्टाचार मुद्दा दर्तामा रेकर्ड

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्षको तुलनामा यस वर्ष विशेष अदालतमा धेरै मुद्दा दर्ता गरेको छ । ३० वर्षको इतिहासमा आर्थिक वर्ष...

एमीले छाडिन् राष्ट्रपति उम्मेदवारको दौड

पिट बुटिगिग र एमीले जोए बिडेनलाई सघाउने वासिंगटन । अमेरिकी राष्ट्रपतिका लागि आगामी नोभेम्बरमा हुने निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बन्ने होडमा रहेकी एमी क्लोबुसरले प्रतिस्पर्धाबाट...

तीज गीतमा अस्मिता जुरेलीको हट अवतार

काठमाडौं । नजिकिँदै गरेको हरितालिका तीजको अवसर पारेर मौलिक किसिमका तीज गीत बजारमा आइरहेका बेला रेस्लर गायिका अस्मिता जुरेलीले भने अलिक फरक किसिमको गीत...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)