कोरोना कोषमा रकम अभाव, सकियो २ अर्ब ४५ करोड

काठमाडौं । कोरोना नियन्त्रणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गठन गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम अभाव भएको छ । कोरोना महामारी सुरु भएसँगै यसको रोकथाम, नियन्त्रण र उपचारमा सहयोग पु-याउने उद्देश्यले प्रधानमन्त्री कार्यालयले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष स्थापना गर्दै रकम संकलन गरेको थियो ।

कोषमा रकम अभाव भएपछि कोष सञ्चालक समितिका अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलको अध्यक्षतामा हालै बसेको १२औं बैठकले कोषका लागि सरकारसँग थप १ अर्ब रुपैयाँ माग गर्ने निर्णय गरेको छ ।
बैठकले प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा रहेको रकमबाट १ अर्ब रुपैयाँ उपलब्ध गराउन प्रधानमन्त्री दैवी प्रकोप सहायता कोष सञ्चालक समितिलाई अनुरोध गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री कार्यालयका अनुसार सहायता कोषमा अहिले झन्डै ४ अर्ब रुपैयाँ रहेको छ । सो ४ अर्बबाट कोषले १ अर्ब रुपैयाँ माग गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सो कोषमा जम्मा भएको २ अर्ब ७७ करोड रुपैयाँमध्ये हालसम्म २ अर्ब ४५ करोडभन्दा बढी रकम सकिएको छ । कोरोना संक्रमण नियन्त्रण गर्न तथा संक्रमितको उपचारका लागि भन्दै सरकारी कर्मचारी तथा विभिन्न संघसंस्थाले सो कोषमा रकम सहयोग गरेका थिए । पछिल्लो समयमा कोषमा सहयोग गर्ने दाताहरूको संख्यामा कमी आएपछि कोषमा रकम अभाव भएको हो । हाल कोषमा झन्डै ३० करोड रुपैयाँ मात्रै मौज्दात छ ।

कोषमा संकलन भएको रकम सरकारले कोरोनाबाट प्रभावित भएकाहरूको उपचार गर्न तथा विभिन्न स्थानीय तहमा क्वारेन्टिन र अस्पताल निर्माणका लागि स्थानीय तहमा पठाउँदै आइरहेको छ भने औषधि खरिदका लागि सेना तथा स्वास्थ्य मन्त्रालयलाई समेत रकम उपलब्ध गराउँदै आइरहेको छ ।

यसैगरी सो कोषबाटै प्रदेश सरकारलाई पनि कोरोना नियन्त्रणका लागि रकम निकासा गर्दै आएको छ । सुरुमा सो कोषमा विभिन्न प्रतिष्ठित संघसंस्थाले उल्लेख्य सहयोग गरेका थिए तर अहिले आएर कोषमा सहयोग गर्नेहरू समेत उत्साहित छैनन् । सरकारी कर्मचारीले पनि आफ्नो तलबबाट कटाएर कोषलाई सहयोग गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पाउने तलब सुुविधा सुरुदेखि नै सो कोषलाई प्रदान गर्दै आइरहेका छन् । कोषमा रकम जम्मा हुनेभन्दा कोषबाट निकासा हुने क्रम बढेकाले कोषमा रकम अभाव भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

२ करोड २५ लाख निकास

कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिले विभिन्न निकायका लागि २ करोड २५ लाख निकासा गरेको छ ।

कोषले काठमाडांैस्थिति आयुर्वेद चिकित्सालय नरदेवीलाई कोभिड–१९ को विरुद्धमा रोग प्रतिरोधात्मक शक्ति अभिवृद्धि र लक्षणको लाक्षणिक उपचारका लागि १ करोड निकासा गरेको छ । एपीएफ अस्पताल काठमाडौंलाई २५ लाख ११ हजार निकास गरेको छ भने धादिङ अस्पतालमा पीसीआर मेसिन खरिद तथा सञ्चालनका लागि १ करोड निकासा दिने निर्णय गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 197 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जित्ने र हार्ने दुवै विजय उत्सवमा