Sunday, May 16, 2021
Home बिचार स्थानीय तहमा अस्पताल खोल्ने सराहनीय कार्य

स्थानीय तहमा अस्पताल खोल्ने सराहनीय कार्य

,

सरकारले स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि बजेट निकासा गर्ने भएपछि यसले कार्यरूप पाओस् भनेर स्थानीय जनताले आशाको नजरले हेर्न थालेका छन् । स्थानीय स्तरमा देखाउने खालका र सेवा प्रवाह गर्ने खालका कुनै पनि काम नभएको भनी स्थानीय जनताले खिन्नता र आवेग प्रकट गरिरहेका बखत अस्पताल निर्माणले गति पाएमा स्थानीय सरकार र जनताका बीचमा सम्बन्ध सुमधुर गराउनका लागि आधार तयार मात्र होइन, सेवा प्रवाह र विकासको बाटो खुल्न थालेको जनाउ पनि दिनेमा आशावादी हुन सकिन्छ । कोभिड–१९ को महामारी फैलिइरहेका बेला आआफ्नै हैसियतमा स्थानीय स्तरमा क्वारेन्टाइनको व्यवस्था, आइसोलेसनको निर्माण, संक्रमित बिरामीका लागि सम्भव भएसम्म उपचारको पहल गरिरहेको स्थानीय सरकारले अबका दिनमा आधारभूत अस्पतालको सेवा पाएमा यसले ठूलो साहस र आँट प्रदान गर्ने देखिएको छ । कोभिड–१९ का साथै यसले अन्य सामान्य खालका संक्रामक रोग तथा चोटपटक र प्रसूति सेवासहितको आधारभूत सेवा प्रदान गर्ने हैसियत राख्नेछ । आवश्यकताअनुसार भेन्टिलेटरको व्यवस्था र चिकित्सक तथा नर्सको पनि व्यवस्था हुनेछ ।

यसले हाल अस्पताल अभावका कारण समयमै उपचार नपाएर बिरामी वा सेवाग्राहीले ज्यान गुमाउनुपरेको अवस्थालाई किनारा लगाइदिने छ । हाललाई संघीय सरकारले पहिलो चरणमा स्थानीय तहमा ३ सय ९६ वटा आधारभूत अस्पताल निर्माण गर्न करिब ५८ अर्ब रूपैयाँ पठाउने निर्णय गरिसकेको छ । यदि समयमै स्थानीय तहमा अपेक्षित संख्यामा अस्पताल निर्माण गरी समयमै सेवा प्रवाह गर्न सकियो भने यसले यो कोरोना महामारीको चपेटामा परेका नागरिकका साथै अन्यलाई पनि सेवा उपलब्ध गराउनेछ । आधारभूत अस्पताल निर्माणपछि स्थानीय जनताले आवश्यक पर्ने बित्तिकै छिटो र सहज रूपमा स्वास्थ्य उपचारको सेवा लिन पाउने छन् । सुरुमा प्राथमिक उपचार मात्र लिन पाइयो भने पनि बिरामी वा सेवग्राहीलाई अन्य अस्पतालमा रिफर गर्न वा बीचको समयमा गम्भीर भएर ज्यान जानेजस्तो अवस्थाबाट बचाउन ठूलो सहयोग मिल्नेछ । यसका साथै अस्पतालको मापदण्डअनुसार चिकित्सकहरू स्थानीय तहमा सेवा दिनका लागि हाजिर पनि हुनेछन् । सुगम तथा सहरी क्षेत्रमा पाइलैपिच्छे क्लिनिक र अस्पताहरू पाइने तर दुर्गम क्षेत्रमा ज्वरो ओथाउनका लागि सिटामोलसम्म पनि नपाइने अवस्थामा यो कदम धेरै जनहितमा हुनेछ ।

स्थानीय जनसंख्याको चाप र मागलाई हेरेर आगामी दुई वर्षसम्म पाँच, १० र १५ शøयासहितका आधारभूत अस्पताल निर्माण गरिनेछ । यसको भौतिक पूर्वाधार निर्माणका लागि संघीय सरकारले बहुवर्षीय ठेक्का प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिने तयारी पनि गरिरहेको छ । निर्माण कार्यमा आवश्यक रकम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वार्षिक बजेटमा समावेश गरी स्थानीय तहमा ससर्त अनुदानका रूपमा उपलब्ध गराइने व्यवस्था गरिएको छ । यसले आधारभूत अस्पताल निर्माणको सुनिश्चितता प्रदान गर्ने देखाउँछ । स्मरण रहोस्, आधारभूत अस्पताल निर्माणका लागि संघीय सरकारले अर्थ मन्त्रालयमार्फत् यसअघि ६ अर्ब १२ करोड २६ लाख रूपैयाँ विभिन्न स्थानीय तहमा पठाइसकेको छ । यसरी संघीय सरकारले स्थानीय सरकारमार्फत अस्पताल निर्माण गरी नागरिकलाई सुुलभ स्वास्थ्य सेवा प्रदान गर्न चालेको कदम निकै प्रशंसनीय छ । अतः यो कार्यले छिटोभन्दा छिटो मूर्त रूप पाउनुपर्छ ।

(Visited 95 times, 1 visits today)
Loading comments...

आजको समाचार

झण्झटिला प्रक्रिया छोट्याएर नागरिकको जीवन रक्षा गर्नुस् : प्रधानमन्त्री

काठमाडाैं ।  कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र(सिसिएमसी)ले महामारीविरुद्ध लड्न थप केही कानूनी संरचना आवश्यक भएको महसुस गर्दै तर्जुमाका लागि गृहकार्य गर्न कानून, न्याय तथा...

गीतकार चेतन कार्कीको निधन

काठमाडौं । गीतकार, निर्देशक एवं पटकथा/संवाद लेखक चेतन कार्कीको निधन भएको छ । ह्दयघातको कारण निधन भएका कार्की ८४ वर्षका थिए । विश्वास, पहिलोप्रेम,...

हो, मैले ओलीलाई भेटेँ, अझै पनि सहमतिको सरकार बनाउन सकिन्छ : बाबुराम

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको...

कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अर्थले दिये ४ अर्ब रूपैयाँ

काठमाडौं । कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख...

भारतमा शव जलाउन दाउरा अभाव, गङ्गा नदी किनारामा शवको थुप्रो

एजेन्सी ।  प्रयागराज, भारत, २ जेठ (रासस–एपी) – भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको...

साताका लोकप्रिय समाचार

हो, मैले ओलीलाई भेटेँ, अझै पनि सहमतिको सरकार बनाउन सकिन्छ : बाबुराम

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको...

९३०५ नयाँ संक्रमित, १६८ जनाको कोरोनाले मृत्यु

काठमाडौं । नेपालमा गत २४ घण्टामा ९३०५ नयाँ संक्रमित थपिएका छन् । २०,३६२ जनाको पीसीआर परीक्षण गर्दा ९२३८ र ४२४ जनाको एन्टीजेन परीक्षण गर्दा...

पूर्व रानी कोमलको स्वास्थ्यमा सुधार, ज्ञानेन्द्र शाह र प्रेरणा सङ्क्रमण मुक्त

काठमाडाैं ।  पूर्व रानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको छ । नर्भिक इन्टरनेशल अस्पतालमा उपचाररत उहाँको स्वास्थ्य अवस्थामा सुधार आएपछि केही दिनदेखि...

गाउँलाई कोरोनाबाट बचाउन नाकामा युवाहरूको चौकीदारी

लमजुङ । लमजुङको ग्रामीण पर्यटकीय गन्तव्यको स्मार्ट भिलेज घलेगाउँमा कोरोना संक्रमण बढ्दै गएपछि उच्च सतर्कता अपनाउन थालिएको छ । घलेगाउँलाई कोरोना भाइरस(कोभिड– १९)को दोस्रो...

बारामा अक्सिजन हाहाकार

बारा । बारामा अक्सिजनको कृत्रिम अभाव सिर्जना भएको छ । कृतिम अभाव भएपछि कोरोना संक्रमितका लागि अति आवश्यक पर्ने अक्सिजन हाहाकार भएको हो । जिल्लामा...

ट्रेन्डिङ

कांग्रेसद्वारा प्रतिनिधिसभामा तीन प्रस्ताव दर्ता

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा तीन प्रस्ताव दर्ता गराएको छ । कांग्रेस सांसदले मंगलबार सङ्घीय संसद् सचिवालयमा दुई जरुरी सार्वजनिक महत्वका...

चिनियाँ खोप आजदेखि लगाइँदै

चीनले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको भेरोसेल खोप आजदेखि लगाइने भएको छ । चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप आजदेखि २३ वटा...

एकैदिन १०१६ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप १०१६ मा कोरोना भाइरस (कोभिड—१९) सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभरका...

ननिहुरिएको शिर

चाकडी चाप्लुसी, जानिएन आमा आफैंलाई ठूलाठालु, ठानिएन आमा जे जस्तो छ ठीकै छ, चित्त बुझाएँ अरुको भाग मेरो भनी, तानिएन आमा सबैजना मानिस नै, मानिस जस्तै लाग्छ मानिसलाई कहिल्यै...

बायर्न लगातार आठौं सिजन च्याम्पियन

म्युनिख । जर्मन जाइन्ट बायर्न म्युनिख लगातार आठौं सिजन जर्मन बुन्डेसलिगाको च्याम्पियन बनेको छ । लगातार आठौं सिजन बुन्डेसलिगा च्याम्पियन बन्ने क्रममा बायर्नले मंगलबार...

२५ करोडको अखाद्य वस्तु बचाउन चलखेल

काठमाडौं । प्रहरीले राजधानीका विभिन्न स्थानबाट बरामद गरेका २५ करोड मूल्य बराबरको अखाद्य वस्तुलाई बचाउन उच्च घरानियाँ व्यापारीहरूले नै चलखेल गर्न थालेका छन् ।...

नेपाली विद्यार्थीलाई ५० लाखको छात्रवृत्ति वितरण

काठमाडौं । पाकिस्तानी दूतावासले नेपाली विद्यार्थीलाई ५० लाख छात्रवृत्ति प्रदान गरेको छ । काठमाडौंको होटल ह्यातमा आयोजित विशेष कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष...

स्वास्थ्यमन्त्रीको कार्ययोजना कागजमै सीमित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व लिएको सय दिन पूरा भए पनि भानुभक्त ढकालले तय गरेका कार्ययोजना कागजमै सीमित भएका छन् । उनी...

बोइङको कारखाना अनिश्चितकालीन बन्द

वासिङ्टन । अमेरिकाको बिमान निर्माता कम्पनी बोइङले कोरोनाभाइरसको महामारीका पछि जारी लकडाउनका कारण वासिङ्टन राज्यमा रहेको आफ्नो कारखाना अनिश्चितकालीन बन्द गर्ने निर्णय गरेको...

तुलसीपुरमा छोरालाई विष खुवाएर आमाद्वारा आत्महत्या

तुलसीपुर । पाँच बर्षको छोरालाई सुर्य नामक किटनासक औषधी खुवाएर आफुले पनि सल्फास नामक किटनासक औंषधी खाएकी एक महिलाको मृत्यु भएको छ । दाङको...

सुटिङका लागि मुम्बई फर्किन् सनी लियोनी

मुम्बई । भारतमा कोरोना भाइरसको महामारीसँगै लकडाउन सुरु भएपछि केही समय भारतमै बसेकी अभिनेत्री तथा पूर्व पोर्न स्टार सनी लियोनी त्यसपछि अमेरिका गएकी थिइन्...

मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु

पोखरा । पोखरा महानगरपालिका वडा १४, चाउथेमा मोटरसाइकल दुर्घटनामा परी दुई दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका आरुचौर घर...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)