Thursday, November 26, 2020
Home बिचार सीप र शिक्षाको तगारो : सूचना

सीप र शिक्षाको तगारो : सूचना

कैलाली टीकापुरको सरस्वती माध्यमिक विद्यालयको छात्राबासमा रहेका ३०/३२ जना पूर्वकमलरी बालिका सधंै स्कुल सकिएपछि के गर्ने भन्ने चिन्तामा हुन्छन् । सरकारले दिने नाम मात्रको जीवनयापन भत्ताले मुस्किलले खान पुग्छ । त्यो पैसाले अहिलेका महँगा प्लस टुमा पढने कल्पनासमेत गर्न सक्दैनन् । स्कुल सकिएका बालिकाहरूलाई नियमानुसार छात्राबास छोडेर जा पनि भन्न सक्दैन । त्यसैले पनि कयौं किशोरी स्कुल सकिएपछि पनि त्यही छात्राबासमा छन्, आफैं पकाउँछन् आफैं खान्छन्, आफंै पढ्छन् ।

सरस्वती माध्यमिक विद्यालयको केही पर छ सरकारद्वारा सञ्चालित टिकापुर पोलिटेक्निक इन्स्टिच्युट । महिला, दलित, जनजाति तथा सीमान्तकृत व्यक्तिलाई व्यापक रूपमा सीपमूलक तालिम दिई रोजगार गराउने उद्देश्य लिएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को एउटा अंग । सीटीईभीटीले प्रत्येक वर्ष ८०३४ जना विद्यार्थीलाई छात्रवृत्ति पनि दिन्छ । दलित, मुस्लिम विपन्न वर्गका किशोरकिशोरीलाई खाना, बस्न, पोसाक र यातायात खर्च समेत दिएर डिप्लोमा तथा प्रमाणपत्र तह पढाउने व्यवस्था छ ।

तर ती पूर्वकमलरीबालिका आफूले आश्रय लिएको ठाउँभन्दा केही परको टिकापुर पोलिटेक्निक इन्स्टिच्युटसम्म पुग्न सकेका छैनन्, न त सीटीईभीटी आफ्ना छात्रवृत्तिलिएर यी सीमान्तकृत बालिकासम्म नै पुग्न सकेको छ ।

प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिमले एउटा व्यक्तिलाई मात्र होइन, उसको परिवारलाई नै आर्थिक तथा सामाजिक रूपमा सम्पन्नतातिर लान्छ

नेपालमा सीप शिक्षाको मुख्य तगारो नै सूचना हो । पहिलो त सीटीईभीटीले यति धेरै छात्रवृत्ति दिन्छ भन्ने कुराको जानकारी आममानिसमा विशेष गरी महिला, दलित, जनजाति तथा सिमान्तकृत व्यक्तिलाई छैन । यस्तो छात्रवृत्ति लिने प्रक्रिया के हो त्यसको जानकारी पनि छैन । दोस्रो संसारभरि टिभेट भनेर चिनिने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिममा जोडिएपछि ति विषयमा बीए, एमए वा चाहिन्छ भने पीएचडीसम्म गर्न सकिन्छ भन्ने सूचना पनि कमै मानिसमा छ । आम मानिसले नबुझेको कुरा के हो भने प सीटीईभीटीबाट प्राविधिक एसएलसी गरेका विद्यार्थी सरकारी सेवामा राजपत्र अनंकित द्वितीय श्रेणी, प्राविधिक सेवाका (खरिदार सरह)को रोजगारीको लागि योग्य मानिन्छन् भने तीन वर्षे डिप्लोमाका विविध कोर्षहरू पास गरेका विद्यार्थी सरकारी सेवामा राजपत्रअनंकित प्रथम श्रेणी प्राविधिक (सुब्बा वा सो सरह)का लागि योग्य मानिन्छन् ।
यसैगरी तीन वर्षे डिप्लोमाका विविध कोर्सहरूलाई त्रिभुवन विश्वविद्यालयले प्रमाणपत्र तहको समकक्षता प्रदान गरेको छ । डिप्लोमा कोर्सहरू पूरा गरेका विद्यार्थीले उच्च शिक्षा (ब्याचलर डिग्री) हासिल गर्न आआफ्नो विधाअनुसार कतै सिधै र कतै केही पूर्वअवस्था पूरा गर्नुपर्ने हुन्छ । विद्यार्थीहरू आफ्नो रुचि र क्षमताअनुसार अन्य शैक्षिक संस्थाहरूमा गएर आफ्नो अध्ययनलाई निरन्तरता दिन सक्छन् ।

तेस्रो सीटीईभीटीमा पढेपछि कमसल खालका काम मात्र गर्न मिल्छ भन्ने आम मानिसको भ्रमलाई चिर्ने सूचना पनि सर्वसुलभ रूपमा आम मानिसमा उपलब्ध छैन । प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम मुलुकको आर्थिक र सामाजिक विकासको मेरुदण्ड हो ।

आज आफूलाई विकसित भन्ने सबैजसो देशमा टिभेट मूलधारको शिक्षाका रूपमा विकसित छ । आधारभूत विद्यालय शिक्षापछि टिभेट पढ्नेको दर स्विट्जरल्यान्ड तथा जर्मनीलगायत युरोपका धेरै देशमा ६० प्रतिशतको हाराहारीमा छ । एसियाका दुई समृद्ध देश सिंगापुर र दक्षिण कोरियाका कुरा गर्ने हो भने टिभेट पढ्नेको दर करिब ५० प्रतिशतको हाराहारीमा छ । तर हामीकहाँ सीटीईभीटीमा कमसल शिक्षा पढ्नुभन्दा बेरोजगार नै बस्नु ठीक भन्ने खालको सोच हावी छ । यो भ्रम श्रमको सम्मान नगर्ने नेपाली सामन्तवादी सोचको परिणाम हो र यसलाई चिर्नका लागि दरो खालको सूचना अभियान नै चाहिन सक्छ ।

यो पनि पढ्नुहोस   शिक्षालय सञ्चालन कार्यढाँचा

सूचनाको यो अभावलाई चिर्नका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) प्रयास नै नगरेको चाहिँ हैन । हालसालै मात्र सीटीईभीटीले देशमा प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम र स्वरोजगार एवम् रोजगारीका अवसरको प्रवद्र्धनका लागि ‘सीप हुन्छ हातमा रोजगारी साथमा’ नाराका साथ जनसचेतना अभियानको चलाएको छ । जनसचेतना अभियानअन्तर्गत सीटीईभीटीले सामुदायिक विद्यालय, रोजगारदाता तथा स्थानीय समुदायलाई लक्षित विद्यालयमा विद्यार्थीलाई भविष्यका बारेमा मार्गनिर्देशन, विभिन्न उद्योगमा विद्यार्थीको अध्ययन भ्रमण, स्थानीय उद्योग वाणिज्य महासंघको सहकार्यमा रोजगार मेला र लक्षित समूहका युवा, उनीहरूका परिवारका सदस्य तथा अभिभावकलाई प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिमका लाभका बारेमा सूचना प्रवाह गर्ने लगायतका केही कार्यक्रम त ग¥यो । तर माहामारीले यसका अनेकन कार्यक्रमलाई इन्टरनेटमा सीमित गरिदियो ।

नेपालमा दक्ष जनशक्ति उत्पादन गर्नका लागि सन् १९३० मा काठमाडौंमा बालाजु इन्जिनियरिङ शिक्षालयको स्थापनासँगै देशमा प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम कार्यक्रम औपचारिक रूपमा सुरु भएको हो । नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिमको विकासका लागि सीटीईभीटीले विगत ३ दशक देखी काम गर्दै आएको छ ।

यतिबेला सीटीईभीटीअन्तर्गत आंगिक संस्थाको रूपमा ५७ वटा संस्था, ५ सय ३४ वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम र ४ सय २९ वटा लामो अवधिको कार्यक्रम सञ्चालन गर्न सम्बन्धन प्राप्त शिक्षालय एवं १हजार १ सय ८१ वटा छोटो अवधिको तालिम सञ्चालन गर्न स्वीकृति लिएका निजी संस्था छन् ।

परिषद् र परिषद् मातहत सम्बन्धन प्राप्त शिक्षालय, कलेज र संस्थाहरूमा गरी तीन वर्षे डिप्लोमा र प्रमाणपत्र तहमा वार्षिक ३८ हजार ७६, प्राविधिक एसएलसीमा ३५ हजार ८ सय ८७ र छोटो अवधिको तालिममा करिब ५० हजार प्रशिक्षार्थीलाई भर्ना गरी प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम प्रदान गर्ने क्षमता सीटीईभीटीको छ ।

तर पनि लक्षित वर्गसम्म यी कार्यक्रमहरू नपुग्नु र तिनै लक्षित वर्ग मिटरब्याजी साहुसँग ऋण लिएर विदेश जानका लागि एयरपोर्टमा लाइन लाग्नु पछाडिको एक मात्र कारण सीप शिक्षा र त्यससम्बन्धी सूचनाका बीचमा रहेको ठूलो खाडल नै हो ।
प्राविधिक तथा व्यवसायिक शिक्षा एवम् तालिमले एउटा व्यक्तिलाई व्यक्तिगत रूपमा सम्पन्न बनाउने मात्र होइन, उसको परिवारलाई नै आर्थिक तथा सामाजिक रूपमा सम्पन्नतातिर लान्छ । त्यसको प्रत्यक्ष लाभ समग्र समाजले पाउँछ र समाजको आर्थिक तथा सामाजिक सम्पन्नताले समग्र मुलुकको अर्थतन्त्र चलायमान हुन्छ, प्रगतिको पथमा लम्कन्छ । तर त्यसका लागि यससम्बन्धी सूचना लक्षित वर्गसम्म पु-याउनैपर्छ ।

(Visited 60 times, 4 visits today)
Loading comments...

आजको समाचार

कोरोनाबाट थप २३ जनाको मृत्यु, मृतकको संख्या १४१२ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या १ हजार ३६ पुगेको...

परालमा सुताएर स्लाइन दिइएको ७७ वर्षिय राईको अवस्था यस्तो छ

संखुवासभा । भोजपुरको षडानन्द नगरपालिका ३ खार्तम्छा चिचिला निवासी ७७ वर्षीय रामबहादुर राईको परालको ओछ्यानमा राखेर स्लाइन पानी दिइएको तस्विर भाइरल भयो । कतिले...

रेमिट्यान्स आयातमा वृद्धिः चालू खाता र शोधनान्तर स्थिति बचतमा

काठमाडौं । चालूआर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्समा १२.६ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार तीन महिनामा २ खर्ब ५८ अर्ब ८६...

नाटक बोक्सीको घरलाई चलचित्रमा उतार्दै केकी

काठमाडौं । अभिनेत्री केकी अधिकारी यतिबेला आफूले निर्माण गर्ने नयाँ चलचित्रको तयारीमा व्यस्त छिन् । उनले यसअघि विशाल भण्डारीको निर्देशनमा चलचित्र ‘कोहलपुर एक्सप्रेस’ निर्माण...

कोरोना संक्रमणबाट योजना आयोगका पूर्वउपाध्यक्ष शाक्यको निधन

काठमाडौँ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा रवीन्द्रकुमार शाक्यको कोभिड–१९ को सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा आज निधन भएको छ । कोरोनाबाट जटिलावस्थामा ललितपुरस्थित...

साताका लोकप्रिय समाचार

नेप्सेमा ६ अर्ब ९० करोड कारोबार, रेकर्ड तोडियो

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कीर्तिमानी कारोबार भएको छ । नेप्से बन्द हुने समयसम्ममा ६ अर्ब ९० करोड रूपैयाँ बराबरको...

हरिबोधिनी एकादशी

हिन्दू धर्मावलम्बीको पात्रोअनुसार चन्द्रमासअनुसार महिनाको ११औं दिनलाई एकादशी भनिन्छ । प्रत्येक महिनामा दुई वटा एकादशी पर्दछन् । कात्तिक शुक्लपक्षको एकादशी तिथिलाई हरिबोधिनी एकादशी भनिन्छ...

कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार...

पालुङ्गोको सागले बढाउछ इम्युनिटी पावर, यस्ता छन् ६ फाइदा

एजेन्सी । हरियो साग सबै भन्दा स्वस्थ्य खाद्य सामग्री मानिन्छ । बिरामी अवस्थामा समेत साग खानु स्वास्थ्यका लागि राम्रो मानिन्छ । साग मध्ये पनि...

बालककाे अपहरणपछि हत्या गरेका रैसादले हिरासतमै गरे आत्महत्या

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा एक थुनुवाले आत्महत्या गरेका छन् । बाँकेको वनकट्टीमा भएको बालक अपहरण तथा हत्याकाण्ड मध्येका एक अभियुक्त बावुलाल...

ट्रेन्डिङ

नागरिकता विधेयकविरुद्ध सप्तरीमा विशाल प्रदर्शन

सप्तरी । नागरिकता संसोधन विधेयक विरुद्ध मंगलबार जनता समाजवादी पार्टी सप्तरीले विशाल विरोध प्रदर्शन गरेको छ । पार्टीका केन्द्रिय पदाधिकारी, प्रदेश मन्त्री र सो...

विश्व स्वास्थ्य संगठनद्धारा आगामी महिना कोभिडको समस्या थप बढ्ने चेतावनी

मस्को । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९को समस्या थप बढ्ने चेतावनी दिनुभएको छ । उहाँले यो महामारीको नियन्त्रणका लागि...

अर्थतन्त्र भी आकारमा पुनः स्थापित हुन्छ, सबैले मेहनत गरौँ : अर्थमन्त्री पौडेल

चार वर्ष पहिले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दा ‘गोरखा भूकम्प’ का कारण जनजीवन अस्तव्यस्त थियो । प्राकृतिक विपत्तिका कारण समस्यामा परेको मुलुकलाई भारतले गरेको नाकाबन्दीले...

पत्रकार आचार्यलाई स्वर्ण पदक

वीरगन्ज । एक तोला सुन सहितको ‘स्वर्ण पदक’ यो बर्ष झापाका पत्रकार केशव आचार्यलाई प्रदान गरिएको छ...

सबै संक्रमितको अवस्था सामान्य

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमित ७८ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये ३१ जना निको भएर घर फर्किएका...

सीमा प्रहरीका दुःखकष्ट समाधान गर

देशीय तथा अन्तरदेशीय सीमा सुरक्षामा कडाइ गर्दै गइरहेका बेला सीमा सुरक्षामा अहोरात्र खट्ने प्रहरी सुरक्षाकर्मीका लागि गाँस, बास र कपासको उचित व्यवस्थापन हुन नसकिरहेको...

पूर्वगाविस अध्यक्ष यादवलाई लक्षित गरेर बम प्रहार

सिरहा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता सुवर्ण यादवलाई लक्षित गरेर बम प्रहार भएको छ । पूर्वगाविस अध्यक्षसमेत रहेका यादवमाथि शुक्रबार मध्यरातमा बम...

नेपाली विद्यार्थीलाई ५० लाखको छात्रवृत्ति वितरण

काठमाडौं । पाकिस्तानी दूतावासले नेपाली विद्यार्थीलाई ५० लाख छात्रवृत्ति प्रदान गरेको छ । काठमाडौंको होटल...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

परालमा सुताएर स्लाइन दिइएको ७७ वर्षिय राईको अवस्था यस्तो छ

संखुवासभा । भोजपुरको षडानन्द नगरपालिका ३ खार्तम्छा चिचिला निवासी ७७ वर्षीय रामबहादुर राईको परालको ओछ्यानमा राखेर स्लाइन पानी दिइएको तस्विर भाइरल भयो । कतिले...

थप १ हजार ६१४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । देशभर आज थप १ हजार ६१४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख...

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक शुरु

काठमाडौँ । करीब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक शुरु भएको छ । बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र...

कोरोना संक्रमणबाट योजना आयोगका पूर्वउपाध्यक्ष शाक्यको निधन

काठमाडौँ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा रवीन्द्रकुमार शाक्यको कोभिड–१९ को सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा आज निधन भएको छ । कोरोनाबाट जटिलावस्थामा ललितपुरस्थित...

भर्खरै

सिरहामा बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

लहान । सिरहा–चोहर्वा सडकखण्डअन्तर्गत सिरहा नगरपालिका– १० पदमपुरमा आज साँझ बसले मोटरसइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । सिरहाबाट चोहर्वातर्फ जाँदै...

यस वर्ष जाडोमा तापक्रम औसतभन्दा बढी नै रहने

काठमाडौँ । मौसमविद् तथा वैज्ञानिकले यस वर्षको जाडोयाममा औसतभन्दा बढी नै तापक्रम रहने प्रारम्भिक अनुमान गरेका छन् । जाडो समयमा तापक्रमको अवस्था कस्तो हुने...

सरकारको नेतृत्व परिवर्तन हुनै सक्दैन : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारको नेतृत्व परिवर्तन हुनै नसक्ने बताएका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले कुनै व्यक्ति वा...

प्रधानमन्त्री ओलीको मोदीलाई सन्देश : ‘सीमा समस्या वार्ताबाट समाधान गरौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतसँगको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पु-याउँदै सीमालगायत सबै द्विपक्षीय समस्याका विषय वार्ताका माध्यमबाट समाधान गर्न नेपाल तत्पर...

धेरै पढिएका

बिरामी बोकेको पिकअप त्रिशूलीमा खस्दा तीन बेपत्ता

काठमाडौं । प्युठानबाट बिरामी बोकेर काठमाडौँ जाँदै गरेको पिकअप भ्यान त्रिशूलीमा खस्दा तीन जना बेपत्ता भएका छन् । साथै एक जना घाइते भएका छन्...

बायर्न म्युनिख र म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको अन्तिम १६ मा

लन्डन । जर्मनी क्लब बायर्न म्युनिख र इंग्ल्याण्डको म्यान्चेस्टर सिटी युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुगेका छन् । समुह ‘ए’ को खेलमा...

वाग्मतीमा कोरोना संक्रमणबाट ६३१ जनाको निधन

वाग्मती । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणबाट हेटौँडालगायत वाग्मती प्रदेशमा हालसम्म ६३१ जनाको मृत्यु भइसकेको छ । वाग्मती प्रदेश, सामाजिक विकास मन्त्रालयका...

सुवेदीद्वारा खेल सामग्री प्रदान

काठमाडौं । नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष कुमारराज सुवेदीले गोकर्णेश्वर नगरपालिका–४ स्थित फाइभ स्टार क्लबलाई भलिबल, नेटलगायतका खेल सामाग्री प्रदान गरेका छन् ।
यो पनि पढ्नुहोस   चार नारायणको मेला
सुवेदीले फाइभ...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)