Thursday, November 26, 2020
Home बिचार मजबुत एकताका लागि नेतृत्वमा त्याग अनिवार्य

मजबुत एकताका लागि नेतृत्वमा त्याग अनिवार्य

कमीकमजोरीलाई स्वस्थ आलोचना र आत्मालोचनाको विधिबाट सच्याएर समाधान खोजिनुुपर्दछ 

समकालीन राजनीतिमा नेतृत्वको सफलता वा असफलताको मापन गर्ने आधार भनेको उसको लोकप्रियता हो । नेतृत्वको लोकप्रियताको मापन गर्नेे माध्यम जनअभिमत पनि हो । भर्खरै अमेरिकाको राष्ट्रपतिको निर्वाचनमा ट्रम्पको पराजय भएको छ । ट्रम्पको घमण्डीपन, अहंकारवादी प्रवृत्ति, अन्धराष्ट्रवादी चिन्तनका कारण विगतमा अमेरिकी सरकारले गरेका अन्तर्राष्ट्रिय सम्झौताबाट पछाडि हटने गतिविधि, उग्र जातिवादी चिन्तन, उग्र कम्यनिस्ट विरोधी रवैया र चीनसँगको व्यापार युद्ध तथा अमेरिका शक्ति सम्पन्न देश हुँदाहुँदै पनि कोरोना महामारीको बेला विश्व स्वास्थ्य संगठनप्रति निर्वाह गरेको गैरजिम्मेवार र असहयोगी भूमिका र आन्तरिक रूपमा पनि कोरोना नियन्त्रणका लागि सुरुवातदेखिको पहलकदमीमा उदासीनता र असफलता नै ट्रम्पको पराजयको मुख्य कारण रहेको छ । यसरी नेतृत्व कसरी असफल बन्न पुग्दो रहेछ भनेर अमेरिकाको हालैको निर्वाचनको ताजा उदाहरणबाट प्रस्ट भएको छ ।

समकालीन राजनीतिमा नेतृत्व समस्याग्रस्त बन्नमा मुख्यतः उसको नेतृत्व गर्ने भूमिकामा नै निर्भर गर्दछ । पार्टीभित्र पर्याप्त संवाद, छलफल गरेर मात्रै निर्णय गरिँदा यसले पारदर्शिता र दोहोरो सुचना प्रणाली स्थापित गर्न मद्दत पु¥याउँछ । तर पार्टीभित्र पर्याप्त छलफल र जानकारी गराएर निर्णय नगर्दा नेतृत्वले समस्या झेल्नुपर्ने स्पष्ट हुन्छ । प्रमुख प्रतिपक्षी पार्टी नेपाली कांग्रेसभित्र अहिले सभापति शेरबहादुर देउवा ठूलो विवादमा परेका छन् । झन्डै तीन दर्जन बढी विभाग र केन्द्रीय निकायमा १ हजारभन्दा बढी सदस्य पार्टीभित्र छलफलबिना नियुक्ति गरेकोे, नियुक्ति गर्दा पनि आफ्नो गुट नजिकका व्यक्तिलाई नियुक्ति गरेर आगामी महाधिवेशनमा आफ्नो पकड कायम गर्न विधानविपरीत मनोनयन गरिएको भन्ने विषयले नेपाली कांग्रेसभित्र ठूलो समस्या उत्पन्न गरेको छ । यसरी हेर्दा दोहोरो सूचना स्थापित गर्न असफल भएकै कारण देउवा समस्याग्रस्त बन्न पुगेको देखिन्छ ।

नेकपाभित्र उत्पन्न समस्या आन्तरिक रूपमा बैठक बसेर समाधान गर्नुको सट्टा पत्राचारको युद्धले नेकपालाई कता लैजान्छ भन्ने सर्वत्र चासो र चिन्ता प्रकट भएको छ

यस्तै आफ्नो नेतृत्वमा गरिएका कामको नेतृत्वले जब जवाफदेहिता लिँदैन र असफलता भए वा अलोकप्रियता भए अरूलाई देखाइदिने, पार्टीबाट सहयोग नभएको भनेर पन्छिने जुन प्रवृत्ति नेतृत्वमा रहन्छ, यसले नेतृत्वको जवाफदेहिता लिने कामबाट पछाडि हटेको स्वतः पुष्टि हुन्छ । यसैगरी नेतृत्वले काम गर्दा निस्वार्थ भएर काम गर्नको सट्टामा आफ्नो जिम्मेवारीको पदलाई जसरी पनि सुरक्षित राख्ने मनशायका साथ जब भूमिका निर्वाह गर्न थाल्दछ, तब उसले कुशलताका साथ भूमिका निर्वाह गर्न सक्तैन । पद र शक्तिको आशक्तिले गर्दा सबैको मन जित्ने तर्फभन्दा पनि पार्टीभित्र निश्चित झुन्ड स्वार्थ समूह श्रृजना गर्ने र यसैका आधारमा नेतृत्वमा टिकिरहने प्रवृत्तिले पनि प्रायः नेतृत्व समस्याग्रस्त बन्ने गरेको वा असफल हुने गरेको पाइन्छ ।

परिवर्तित परिवेशमा पार्टी, संगठनले लिनुपर्ने ध्येय, लक्ष्य निर्धारणमा नेतृत्वमा यथास्थितिवादी चिन्तन र दूरदृष्टि चिन्तनको अभाव, पार्टी संगठनका निर्णय कार्यान्वयनमा कमजोरी र संगठनभित्र अस्वस्थ गतिविधि, स्वेच्छाचारी कार्यशैली र असल कार्य संस्कृतिको अभावले नेतृत्वलाई असफलतातिर धकेलिदिन्छ । राजनीतिक नेतृत्वले माथि उल्लेख गरेझैं देखिएका कमीकमजोरी र प्रवृत्तिलाई हटाएर भूमिका निर्वाह गर्न सके मात्रै उसले सफलताका साथ नेतृत्व गर्न सक्छन्, अन्यथा नेतृत्वले सफलताका साथ भूमिका निर्वाह गर्न सक्दैन ।

सत्तारूढ पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पनि अहिले नेतृत्वको भूमिकाकै विषयलाई लिएर अन्तरसंघर्ष तीव्र रूपमा भइरहेको विषय बाहिर आएको छ । पार्टीभित्रको आन्तरिक मामला भए पनि सत्तारूढ पार्टी हुनुको नाताले पनि र पार्टीभित्र उत्पन्न समस्यालाई नेतृत्वले यथासमयमै आन्तरिक रूपमा आपसी छलफल परामर्श गरेर समाधान गर्न ध्यान नदिएका कारण पनि बाहिर छताछुल्ल रूपमा प्रकट भएका छन् । नेतृत्वबाट भएका कमी कमजोरी, आरोप प्रत्यारोप र नेतृत्वका अभिव्यक्तिले गर्दा पनि नेकपा विभाजनको डिलतिर पुगेको भनेर सञ्चारमाध्यममा छताछुल्ल पनि भएको छ ।
नेकपामा एकपछि अर्को गर्दै उत्पन्न भएको समस्या गत भदौ २६ मा सम्पन्न नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटीको बैठकबाट समाधान भएको थियो । तर स्थायी कमिटीको वैठकले गरेका निर्णय कार्यान्वयन गर्नको सट्टामा पार्टीभित्र छलफल र सहमतिबिना विभिन्न नियुक्तिहरू भए ।

यसैगरी गुटबन्दी बढाउने कुनै पनि संस्थाका गतिविधि नगर्ने पार्टीको निर्णयविपरीत पार्टीका नेताको उपस्थितिमा मदन भण्डारी फाउन्डेसनलगायत स्पोर्ट एकेडेमीको ब्यानरमा विभिन्न कार्यक्रम गरेर पूर्वएमालेको छुट्टाछुट्टै भेला गर्ने र भेलामा पूर्वएमालेले अवलम्बन गरको जनताको बहुदलीय जनवाद (जबज)को औचित्यताबारे चर्चा गरेर पूर्वएमाले र जबजका अनुयायी एक हुनुपर्नेे विचार व्यक्त गरेका विषयले पार्टीभित्र विवाद उत्पन्न गर्न थप मद्दत पु-याएको देखिन्छ । दुवै पक्ष निरन्तर गुट भेलामा लाग्ने गरेकाले पनि समस्या अझै चर्किरहेको देखिन्छ ।

स्थायी कमिटीको बैठकले गरेको निर्णय कार्यान्वयन नै नगरिएपछि लामो प्रयत्नबाट ४० दिनपछि सचिवालयका पाँच जना सदस्यले सचिवालयको बैठक बस्न अध्यक्ष तथा प्रधानमन्त्रीलाई भेटेर नै पत्र लेख्नुपर्ने स्थिति उत्पन्न भयो । फेरि अध्यक्ष तथा प्रधानमन्त्रीले वैठक बोलाउन आग्रह गरिएको पत्रको प्रतिउत्तर स्वरूप पुनः अर्को अध्यक्षका नाममा पत्र लेखिएको छ । दुवै अध्यक्षले देखाएको यो प्रवृत्ति गलत छ र यसले विवाद समाधान गर्ने भन्दा पनि अझै बल्झाउने अवस्था सिर्जना भएको छ ।
यसरी पत्राचारको युद्धबीचमा २८ गते सचिवालयको बैठक सुरुवात भएको बैठकमा कार्यकारी अध्यक्षले पार्टी र सरकार सञ्चालनमा देखापरेका समस्यालाई छलफलका लागि प्रस्ताव पेस गरेका छन् । तर त्यस दिन ठोस छलफल नभइकन ३ मंसिरमा बैठक बस्यो । अध्यक्ष प्रचण्डले सचिवालयमा छलफलका लागि प्रस्तुत गरेकोे प्रस्तावलाई सचिवालय बाहिरबाट यो प्रस्ताव फिर्ता लिनुपर्ने, अन्यथा पार्टी एकता भंग हुने भनेर कतिपय नेताका भनाइ छ्यापछ्याप्ति रूपमा सार्वजनिक भए । यद्यपि अध्यक्ष प्रचण्डको सो प्रस्तावलाई अराजनीतिक प्रस्तावको रूपमा समेत चित्रण गरिएको छ ।

यो पनि पढ्नुहोस   निर्यातमा चीनको टीबीटी र एसपीएसका अवरोध

अध्यक्ष तथा प्रधानमन्त्रीबाट चाहिँ बैठकमा अब दुई अध्यक्षमध्ये एकजना हट्नुपर्ने ढंगले तिक्ततापूर्ण र आक्रोशपूर्ण अभिव्यक्ति दिएको विषय बाहिर आएको छ र उहाँको तर्फबाट पनि १० दिनपछि छुट्टै पत्र तयार गरेपछि मात्रै १३ मंसिरमा बैठक बस्ने भएको छ । दुवै अध्यक्षका यस्ता गतिविधिले एकतामा गम्भीर आच आउछ भन्नेमा उहाँहरू संवदेनशील बन्न जरुरी छ ।

यसरी नेकपाभित्र उत्पन्न समस्या आन्तरिक रूपमा बैठक बसेर समाधान गर्नुको सट्टामा पत्राचारको युद्धले नेकपालाई कता लैजान्छ ? भनेर सर्वत्र चासो र चिन्ता पनि प्रकट भएको छ । नेकपाले दुई तिहाइको जनमतका साथ सरकार सञ्चालन गरेको देशीविदेशी प्रतिक्रियावादी शक्तिले सहन गरिरहेका छैनन् । उनीहरूले नेकपाभित्र जे जसरी पनि विवाद उत्पन्न गराउन पर्दा पछाडिबाट भूमिका खेलिरहेका छन् । यसको पछिल्लो कडीको रूपमा एमसीसी सम्झौतालाई लिन सकिन्छ ।
साम्राज्यवादी एवं पुँजीवादीले सहयोग र अनुदानका नाममा एमसीसीजस्तो राष्ट्रिय हित र राष्ट्रिय सुरक्षामा गम्भीर आँच पुग्ने खालको सम्झौता गराएका छन् । अनि यस्तो राष्ट्रघाती सम्झौतालाई अनुमोदन गराउनको लागि वामपन्थी सरकारले नै संसद्मा अगाडि सारेपछि तथा सम्झौता कार्यान्वयन गर्ने थप सम्झौता गरेपछि झन् स्थिति गम्भीर बनेको छ । यो विषयलाई लिएर विगतको महाकाली सम्झौताझैं नेकपाभित्र बहस र विवादको विषय बनेको छ । तर पार्टीमा एमसीसीसम्बन्धी अध्ययन कार्यदलले दिएको सुझावअनुसार यो सम्झौता सुधार गर्न र गराउन र नागरिकता विधेयकलाई राष्ट्रिय हितअनुसार पारित गराउन सरकारले ध्यान दिएको छैन ।

यस्तै दुई पार्टीको एकताले द्वयअध्यक्ष प्रणालीको व्यवस्था र आलोपालो सरकारको नेतृत्व गर्ने निर्णय गरेको थियोे । तर पछिल्लो निर्णयले कार्यकारी अध्यक्षको व्यवस्था गरे पनि कार्यकारी अध्यक्षको काम कर्तव्य अधिकार र अध्यक्ष तथा प्रधानमन्त्रीको काम कर्तव्य र अधिकारको थप बेग्लाबेग्लै स्पष्ट नयाँ व्यवस्था हुन पर्दथ्यो । तर त्यसो नहुँदा अहिले एकजना अध्यक्षले नचाहदा वा सहमति नहुँदा पार्टीको वैठकनै नबस्ने, बैठक बस्न कमिटीका सदस्यदले निवेदन हाल्नुुपर्ने स्थिति उत्पन्न भएको छ । तोकिएको समयमा वा आवश्यक हुँदा सो अगावै जुनसुकै बखत बैठक बस्न जरुरी हुन्छ । बैठक नबसेका कारण नै पार्टी र सरकारले गरेका कामका कारण समस्या उत्पन्न भएका छन् । बाक्लो बैठक नबस्दा पार्टी एकताका बाँकी काम, सदस्यता नवीकरण र अभिलेखीकरण र महाधिवेशनको तयारी, कोरोना महामारी नियन्त्रण, राहत उद्धारमा सिंगो पार्टी पंक्ति परिचालन हुन सकेको छैन ।

नेकपाभित्रका उत्पन्न समस्या सैद्धान्तिक, वैचारिक, सांगठनिक, कार्यशैलीगत समस्याको रूपमा प्रकट भएका छन् । पार्टीभित्र आएका समस्या र प्रस्तावलाई पन्छाएर होइन, सैद्धान्तिक, वैचारिक, संगठनात्मक सिद्धान्त र सर्वाहाराकृत दृष्टिकोण र कार्यशैलीको आलोकमा छलफल, बहस गरी उत्पन्न समस्या समाधान गरेरमात्रै पार्टीले अग्रगति लिन सक्तछ । पार्टीको विधि पद्धतिका बारेमा मदन भण्डारीका विचार यतिबेला सान्दर्भिक पनि छन्, उहाँ भन्नुहुन्छ, ‘एउटा पार्टीमा प्रजातान्त्रिक आचारविधि छ भने विचारमा विविधता रहन्छ र पार्टीको निर्णय प्रक्रिया सकेसम्म एकमत प्राप्त गरेर गर्नुपर्दछ । हुँदैन भने बहुमत अल्पमत गरेर पनि निर्णय गर्ने प्रक्रिया अगाडि बढाउनुपर्दछ । जुनसुकै प्रजातान्त्रिक पार्टी यदि प्रजातान्त्रिक ढंगले चल्छ भने यो उसको स्वाभाविक कार्यशैली हो’ (मदन भण्डारी, संकलित रचनाहरू, भाग ६, पेज नं. १६६) ।

अतः नेकपाले अवलम्बन गरेको माक्र्सवादी लेनिनवादी मार्ग निर्देशक सिद्धान्तको आलोकमा पार्टी भित्रको समस्यालाई संघर्ष वा एकता–रूपान्तरणको विधि र पद्धतिलाई आत्मसात् गरिनुपर्दछ । पत्र लेखेर पेपरवार गरे र र टिभी र फेसबुकबाट आरोप–प्रत्यारोप गरेर समस्या समाधान हुँदैन । पार्टीभित्र उठेका समस्या समाधान गर्नको सट्टामा सस्तो लोकप्रियताका लागि नयाँ कुरा ल्याएर उठेका विषयलाई न्यूनीकरण गर्ने वा अर्कोतर्फ ध्यान मोडने खालका अभिव्यक्तिले पनि समस्या समाधान हुँदैनन् । बैठकभित्र उत्पपन्न समस्यामा पलेटी कसेर छलफल गर्न पर्दछ । बैठक समाप्त नभएसम्म भित्रका कुरा बाहिर छर्ने काम पनि गरिनुहुँदैन । निरन्तर बैठक सञ्चालन गरी समाधान गरेर मात्रै बाहिर आउने र ल्याउने काम गर्नु पर्दछ । यस सन्दर्भमा, पार्टीको जिम्मेवारी प्रदान गर्ने सम्बन्धमा, राष्ट्रिय सरोकारका विषयमा, एमसीसी, नागरिकता विधेयकलगायत सरकार सञ्चालनका क्रममा भए गरेका कमी कमजोरीलाई स्वस्थ आलोचना र आत्मआलोचनाको विधिबाट सच्याएर समाधान खोजिनुुपर्दछ ।

नेपाली क्रान्तिलाई पूर्णतामा पु-याउन समाजवादी क्रान्ति गर्नु अपरिहार्य छ । यो काम कम्युनिस्ट पार्टीको नेतृत्वमा मात्रै सम्भव छ । विगत ७० वर्षको संघर्ष, आन्दोलन र बलिदानको परिणामस्वरूप पार्टीले प्राप्त गरेको उपलब्धि, जनताको अपार माया र विश्वासलाई नेता विशेषको आग्रह, हठ र दम्भका कारण आन्दोलन र पार्टी एकतालाई कमजोर बनाउने काम गरिनुहुँदैन । पार्टीभित्र एकता कायम गर्नका लागि आवश्यकताअनुसार जुनसुकै त्याग गर्न पनि नेतृत्व तयार हुने क्रान्तिकारी मानसिकताका साथ नेतृत्वले भूमिका निर्वाह गर्नुपर्दछ ।

(Visited 63 times, 1 visits today)
Loading comments...

आजको समाचार

बलात्कारपछि हत्या : तनाव बढ्दै गएपछि चार बुँदे सहमति

जनकपुरधाम । महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको हत्या भएको घटनाले उग्र रूप लिएको छ । मंगलबार प्रहरीको गोली लागेर गम्भीर घाइते भएका बर्दिवास–१ का...

थप १ हजार ६१४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । देशभर आज थप १ हजार ६१४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख...

करदातालाई फागुनसम्म आयकर बुझाउन सरकारको पुनः ताकेता

काठमाडौं । सरकारले स्थायी लेखा नम्बर लिएर लामो समय आयकर नतिरेका करदातालाई पुनः फागुनसम्मको समय दिएर कर तिर्न ताकेता गरेको छ । ६ वर्षयता...

प्रधानमन्त्रीसंग भारतीय विदेश सचिवको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले शिष्टाचार भेट गरेका छन् । बिहीबार नेपालमा आएका उनले प्रधानमन्त्रीको...

चिटिक्क अरनिको राजमार्ग (फोटोफिचर)

सिन्धुपाल्चोक । अन्तराष्ट्र्रिय सीमा जोडिएको अरनिको राजमार्ग बर्षाेपछि उच्च स्तरको कालोपत्रे गरेर चिटिक्क बनाइएको छ । नेपाल चीनसँग सीमा जोडिएको अरनिको राजमार्ग खाल्डाखुल्डी र...

साताका लोकप्रिय समाचार

बालककाे अपहरणपछि हत्या गरेका रैसादले हिरासतमै गरे आत्महत्या

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा एक थुनुवाले आत्महत्या गरेका छन् । बाँकेको वनकट्टीमा भएको बालक अपहरण तथा हत्याकाण्ड मध्येका एक अभियुक्त बावुलाल...

नेकपा गम्भिर अवस्थामा : प्रचण्ड

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद बढ्दै गइरहेका बेला अध्यक्ष पुष्पकमल दाहालले अवस्था गम्भीर भएको बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा...

सार्वजनिक खर्चमा व्यापक कटौती, बैठक भत्ता र विदेश भ्रमणमा रोक

काठमाडौं । सरकारले सार्वजनिक निकायको खर्चमा व्यापक कटौती गर्दै नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको छ । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले सो मापदण्ड स्वीकृत गरी सोमबारदेखि...

भारतीय विदेश सचिव फर्केलगत्तै चिनियाँ रक्षामन्त्री नेपाल आउने

काठमाडौं । दुई छिमेकी राष्ट्र भारत र चीनका प्रतिनिधिले मंसिरको दोस्रो साता नेपाल भ्रमणको तयारी गरेका छन् । पछिल्लो समय सीमा विवादका कारण बिग्रेको सम्बन्ध...

धनकुटाका ९ बर्षीय बालकसहित ६ जनामा कोरोना संक्रमण

धनकुटा । धनकुटाका थप छ जनामा शनिवार कोरोना संक्रमण पुष्टि भएको छ । बिराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पीसीआर परीक्षण गर्दा धनकुटा नगरपालिका क्षेत्रका ९...

ट्रेन्डिङ

मेचीनगर र बेलायतको फक्सटनबीच गाँसियो मितेरी सम्बन्ध

भद्रपुर । मेचीनगर नगरपालिका र बेलायतको फक्सटन टाउन काउन्सिलबीच सोमबार मितेरी सम्बन्ध गाँसिएको छ । मेचीनगरका प्रमुख विमल आचार्य र फक्सटनका तर्फबाट...

कोरोना भाइरसको संक्रमणसंगै कालोबजारी रोक्न प्रभु साहको माग

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको...

पेचिलो बन्दै नागरिकता विधेयक

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले नागरिकता विधेयकमा पाँच दिनभित्र सहमति कायम गर्न बुधबार सरकारलाई निर्देशन दिएको छ । ५ भदौ २०७५ देखि विधेयक...

कविताले ल्याइन लक डाउनमा नयाँ गीत

काठमाडौं । गायिका कविता बलामीको आफ्नो स्वरमा नयाँ गीत ल्याएकी छिन् । उनले नयाँ गीत आकाशको कालो बादल’ श्रोतामाझ ल्याएकी हुन् । यो गीतमा...

थप २७४ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या ५२ पुग्यो

काठमाडौँ । नेपालमा आज थप २७४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा २७४...

राप्रपा एकता महाधिवेशन वैशाखमा

काठमाडौं । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन आगामी वैशाखमा तय भएको छ । राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको मंगलबार बसेको बैठकले २५–२८ वैशाख २०७८ मा...

मनीषाको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं । गएको मंगलबार काठमाडौं आएकी अभिनेत्री मनीषा कोइरालाको कोरोना भाइरस रिपोर्ट आएको छ । उनले बुधबार आफु र परिवारको कोरोना भाइरस परीक्षणको लागि...

सिरी ‘ए’ जुलाईमा सकाउने योजना

लन्डन । इटालियन फुटबल महासंघ (एफआईजीसी)ले इटालियन सिरी ‘ए’ लिग जुलाई पहिलो साता सकाउने योजना बनाएको छ । एफआईजीसीका अध्यक्ष गाब्रियल ग्राभिनाले...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

परालमा सुताएर स्लाइन दिइएको ७७ वर्षिय राईको अवस्था यस्तो छ

संखुवासभा । भोजपुरको षडानन्द नगरपालिका ३ खार्तम्छा चिचिला निवासी ७७ वर्षीय रामबहादुर राईको परालको ओछ्यानमा राखेर स्लाइन पानी दिइएको तस्विर भाइरल भयो । कतिले...

थप १ हजार ६१४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । देशभर आज थप १ हजार ६१४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख...

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक शुरु

काठमाडौँ । करीब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक शुरु भएको छ । बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र...

कोरोना संक्रमणबाट योजना आयोगका पूर्वउपाध्यक्ष शाक्यको निधन

काठमाडौँ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा रवीन्द्रकुमार शाक्यको कोभिड–१९ को सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा आज निधन भएको छ । कोरोनाबाट जटिलावस्थामा ललितपुरस्थित...

भर्खरै

सरकारको नेतृत्व परिवर्तन हुनै सक्दैन : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारको नेतृत्व परिवर्तन हुनै नसक्ने बताएका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले कुनै व्यक्ति वा...

प्रधानमन्त्री ओलीको मोदीलाई सन्देश : ‘सीमा समस्या वार्ताबाट समाधान गरौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतसँगको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पु-याउँदै सीमालगायत सबै द्विपक्षीय समस्याका विषय वार्ताका माध्यमबाट समाधान गर्न नेपाल तत्पर...

सत्य स्वरुपको कवाली शैली गीत

काठमाडौं । गायक एवं संगीतकार दाजुभाई सत्यराज र स्वरुपराज आचार्यको स्वर तथा संगीतमा ‘मैसाबले घाइते दिलमा आरा चलाइस्यो...’ बोलको कवाली फ्लेवरको गीत बजारमा आएको...

प्रधानमन्त्रीसंग भारतीय विदेश सचिवको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले शिष्टाचार भेट गरेका छन् । बिहीबार नेपालमा आएका उनले प्रधानमन्त्रीको...

धेरै पढिएका

स्थानीय तहमा अस्पताल खोल्ने सराहनीय कार्य

सरकारले स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि बजेट निकासा गर्ने भएपछि यसले कार्यरूप पाओस् भनेर स्थानीय जनताले आशाको नजरले हेर्न थालेका छन् । स्थानीय...

नेपाल-भारत नाकामा आवागमन सहज तुल्याउन सरोकारवालाको माग

सप्तरी । नेपाल तथा भारतको बीच हुने आवागमनलाई सहज तुल्याउन सप्तरीका सरोकारवालाहरुले माग गरेका छन् । जिल्ला समन्वय समिति समिति सप्तरीले सोमबार राजविराजमा आयोजना...

सेक्स टेपले थप चर्चित बनाएको थियो किम कादार्शियालाई

एजेन्सी । किम कादार्शिया अमेरिकाको चर्चित रियालिटी शो स्टार हुन् । उनी मोडलिङ, ब्यापार र सामाजिक काममा सक्रिय छिन् । किमको पुरै परिवार सेलीब्रेटी...

भारतले कूटनीतिक तहबाटै नेपालसँग सम्बन्ध अगाडि बढाउने

काठमाडौं । नेपाल र भारतबीच औपचारिक वार्ता कूटनीतिक तहबाटै हुने भएको छ । विदेश सचिवस्तरीय वार्ताबाटै दुई देशको सम्बन्ध सुधारमा अगाडि बढ्ने भारतीय विदेश...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)