Saturday, December 5, 2020
Home खेल गोपीचन्द्रले टोकियो ओलम्पिक खेल्ने

गोपीचन्द्रले टोकियो ओलम्पिक खेल्ने

नेपालगन्ज । गोपीचन्द्र पार्की अर्काे वर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिकका लागि छनोट भएका छन् । ओलम्पिक छनोटको रूपमा रहेको छैटौं संस्करणको धारा नेपालगन्ज म्याराथनको च्याम्पियन बन्दै १३औं दक्षिण एसियाली खेलकुद (साग)का ५ हजार मिटर दौडका स्वर्ण विजेता विभागीय नेपाल एपीएफ क्लबका धावक गोपीचन्द्र पार्की ओलम्पिकलाई छनोट हुन सफल भएका हुन् ।

टोकियो ओलम्पिकमा एथ्लेटिक्स खेलाडीले भाग लिने नेपालगन्ज म्याराथन अन्तिम छनोट प्रतियोगिता रहेकाले गोपी ओलम्पिकलाई छनोट हुन सफल भएको नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठले जानकारी गराए । २५ खेलाडीको सहभागितामा शनिबार नेपालगन्जमा भएको म्याराथन पार्कीले निर्धारित ४२.१९५ किलोमिटर दूरी २ घन्टा १८ मिनेट ५९ सेकेन्डमा पूरा गर्दै च्याम्पियन बने । नेपाली खेलाडीले स्वदेशमा दौड पूरा गरेको यो उत्कृष्ट समय हो । यसअघि भूमिराज राई २ घन्टा २० मिनेट ४० सेकेन्डको उत्कृष्ट समय थियो ।

दोस्रो भएका आर्मीका कृष्ण बस्नेतले २ घन्टा २० मिनेट ४९ सेकेन्डमा पूरा गर्दै दोस्रो स्थान हासिल गरे । आर्मीकै खगेन्द्र भाटले २ घन्टा २७ मिनेट २८ सेकेन्डमा पूरा गर्दै तेस्रो तथा गतवर्षको विजेता आर्मीकै नवराज साउदले २ घन्टा ३१ मिनेट २१ सेकेन्डमा चौथो स्थान हासिल गरे । आर्मीकै ज्ञानप्रसाद भट्टराईले २ घन्टा ४६ मिनेट ४१ सेकेन्डमा पाँचांै स्थान तथा सुदूरपश्चिम प्रदेशका मुकेशबहादुर पालले २ घन्टा ४७ मिनेट ५५ सेकेन्डमा पूरा गर्दै छैटांै स्थान हात पारे । कालिकोटका जगदीश गिरी सातौं तथा दाङका सनम घर्ती आठौं भए । म्याराथन बीपीचोक सुरु भएर कोहलपुर चौराहा, उत्तरतर्फ कौशिलानगर पुगेर सोही रुट हुँदै बीपीचोक पुगेर दौड टुगिंएको थियो । उपाधि विजेता गोपीले ७५ हजार, कृष्णले ३० हजार, र खगेन्द्रले १० हजार रुपैयाँ प्राप्त गरे । नवराजले १०, ज्ञानप्रसादले ८, मुकेशले ७ हजार, जगदीश ६ र सनमले ५ हजार रुपैयाँ प्राप्त गरे । नेपाली भूमिमा उत्कृष्ट समय निकालेका गोपीलाई आर्शीवाद पेन्ट्सका किरण कार्कीले आफ्नो घोषणाबमोजिम २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । उनले टोकिय ओलम्पिकमा नेपालीको रेकर्डलाई ब्रेक गर्न सके ५० हजार रुपैयाँ दिने समेत घोषणा गरेका छन् ।

यो पनि पढ्नुहोस   आर्सनललाई सफलता

महिला हाफ म्याराथनमा एपीएफकै पुष्पा भण्डारी च्याम्पियन बनेकी छन् । पुष्पाले १ घन्टा २६ मिनेट ५४ सकेन्डमा दौड पूरा गरेकी थिइन् । महिलातर्फ १० खेलाडी दौडदा जुम्लाकी मन्जु राउत (१ घन्टा ३० मिनेट ७ सेकेन्ड) दोस्रो र दाङकी शर्मिला घर्ती (१ घन्टा ३८ मिनेट १४ सेकेन्ड) तेस्रो भएकी थिइन् । सुदूरपश्चिमकी शकुन्तला ठगुन्ना चौथो, दाङकी अनिशा चौधरी पाँचौं, बर्दियाकी कल्पना चौधरी छैटौं, बाँकेकी अंकिता गुरुङ सातौं र कास्की ललिता लामिछाने आठौं भएकी थिइन् । पुष्पाले ३० हजार, मन्जुले २० हजार र शर्मिलाले १० हजार रुपैयाँ प्राप्त गरे । शकुन्तलाले ८ हजार, अनिशाले ७ हजार, कल्पना ५ हजार, अंकिताले २ हजार ललिताले १ हजार प्राप्त गरे ।

विजेताहरूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेश सिलवाल, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशमशेर राणा, दुग्गड गु्रपका महाप्रबन्धक प्रदीप छाजेड, आर्शीवाद पेन्ट्सका किरण कार्की, राष्ट्रिय वाणिज्य बैंकका लुम्बिनी प्रमुख आनन्द सुवेदी, एक्सन एडका कार्यक्रम निर्देशक विष्णु पौडेल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए । सोही अवसरमा नेपालगन्ज म्याराथनका रेस डाइरेक्टरसमेत रहेका एथलेटिक्सका मुख्य प्रशिक्षक चन्द्रबहादुर गुरुङलाई एथलेटिक्स विकासमा योगदान पु¥याएका आयोजक क्रिएटिभ ह्यान्ड्सले ५ हजार रुपैयाँसहित सम्मान गरेको थियो । समापनमा क्रिएटिभ ह्यान्ड्सका अध्यक्ष टीएस ठकुरीले नेपालगन्ज म्याराथनको सातौं संस्करण २०७८ मंसिर ४ गते शनिबार आयोजना हुने घोषणा गरेका छन् ।

नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्गा बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भूमिराज राई र पाँचांैमा सेनाका नवराज साउद विजेता भएका थिए । नेपालगन्ज म्याराथन कोरोना महामारीको झन्डै आठ महिनापछि नेपालमा पहिलो घरेलु प्रतियोगिता बन्यो । नेपालगन्ज म्याराथनको सफल आयोजनासँगै नेपालमा घरेलु खेलकुद गतिविधि सुचारु हुने संकेत दिएको छ । सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीका बीचमा भएको विस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष नेपालगन्ज म्याराथन आयोजना हुँदै आएको छ ।

(Visited 28 times, 1 visits today)
Loading comments...

आजको समाचार

कर्जा र बचतमा ब्याजदर बढ्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्ने भएको छ । राष्ट्र बैंकले बचतको ब्याजदर धेरै तल झर्न नदिन मौद्रिक नीतिको समीक्षामार्फत व्यवस्था गरेकाले ब्याजदर...

राजवादीलाई बाबुरामको प्रश्न ‘फेरि फोहोरको डुंगरमा फर्कने ?’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजवादीकोहरुको काठमाडौंमा भएको प्रदर्शनको सन्दर्भमा राजावादीलाई पछाडी नफर्किन सुझाब दिएका छन् । ओली कुशासनको धमिलो पानीमा माछा मार्न हौसिएका...

राष्ट्रिय गौरवका आयोजनाप्रति प्रधानमन्त्रीको गम्भीर चासो

काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाको काम प्रभावकारी रूपमा सम्पन्न हुन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले काममा तीव्रता ल्याउन आफ्ना प्रतिनिधिमार्फत देशव्यापी अनुगमन थालेका छन् ।...

बीरगञ्जमा नक्कली जग्गा प्रकरण : अग्रवाल पक्राउ

वीरगन्ज । नम्बरी जग्गाको नक्कली कागजात बनाएर ५० करोड मूल्य बराबरको जग्गा रजिष्ट्रेशन गराएको प्रकरणमा वीरगन्जका गिरधारीलाल अग्रवाल पक्राउ परेका छन् । उनलाई पर्सा...

कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

लहान । कोरोना सङ्क्रमणबाट सिरहामा गएराति थप एक पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय पुरुषको...

साताका लोकप्रिय समाचार

अमेरिकामा एक हप्ताभित्रै कोरोनाबाट १० हजारको मृत्यु

वासिङ्टन । कोरोनाभाइरस महामारीबाट सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकामा एक साताकै अवधिमा कोरोना संक्रमणबाट झण्डै १० हजार व्यक्तिको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका...

उच्च समझका साथ अग्रगामी निकास निकाल

सत्तारूढ दल नेकपामा पछिल्लो चरणमा चलिरहेको विवादले सबैलाई चिन्तित बनाएको छ । पार्टीका अध्यक्षद्वयले राजनीतिक निकास निकाल्नुको सट्टा एकअर्कामा आरोप–प्रत्यारोप लगाई जवाफ र प्रतिजवाफको...

जाडो छल्न भेडाका बथान बेँसीमा

ताप्लेजुङ । सिरिजङ्घा गाउँपालिका–७ खेवाङका भक्तबहादुर सार्की भेँडीगोठसहित गाउँबाट बेँसीमा झरेका छन् । बर्खाभर उच्च हिमाली क्षेत्रमा गोठ राखेका भक्तबहादुर जाडो बढेसँगै बेँसीमा झरेका...

कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट थप २५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या १...

नेकपामा दुई लाइन संघर्षको बीजारोपण

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ण्का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले एक अर्कालाई आरोप–प्रत्यारोप गर्दै लिखित प्रतिवेदन पेस गरेपछि पार्टीभित्र स्पष्ट...

ट्रेन्डिङ

साउन ४ देखि फेरि भारी वर्षा, उच्च सावधानी अपनाउन अनुरोध

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले एक हप्ताअघि नै असार २५ देखि २९ सम्म भारी वर्षा हुने र त्यसले बाढी पहिरो आउनसक्ने पूर्वानुमान...

भारतमा एकैदिनमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्या अहिलेसम्मकै सवैभन्दा धेरै पुगेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ९६ हजार...

पारिको मृत्युले वारि चिन्ता

सप्तरी । कोरोना भाइरसबाट भारतको विहार राज्यमा आइतबार एक व्यक्तिको मृत्यु भएको खबर फैलिएपछि सप्तरीको सीमावर्ती क्षेत्रका जनमानसमा थप चिन्ता बढेको छ...

जन्म–मृत्यु रहस्य लोकार्पण

काठमाडौं । स्वामी श्री हरिदासजीले नयाँ पुस्तक ‘जन्म मृत्यु रहस्य’ बजारमा ल्याएका छन् । उनको...

अब पालो प्रिमियर लिगको

लन्डन । कोरोना महामारीको त्रासपछि झन्डै तीन महिनापछि विश्वमा खेलकुद गतिविधि बिस्तारै चलायमान हँुदै छ । विश्वमा सर्वाधिक रुचाइने फुटबलको चर्चित घरेलु लिगहरू सुचारु...

राजदूत क्वात्राको कार्यकालमा नेपाल–भारत सम्बन्ध

तीन दशक लामो कूटनीतिक क्षेत्रको अनुभव सँगालेका विनयमोहन क्वात्राको नेपाल आगमन चासोको विषय बनेको छ । छिमेकी राष्ट्र भारतले नेपालका लागि...

घरसँग मनै उज्यालो

तुलसीपुर उपमहानगर–३ प्रतापकोटबाट जितबहादुर घर्ती दैनिकजसो तुलसीपुर बजारको उज्यालो नियाल्थे । उपमहानगर अग्लो डाँडो अम्वास बस्ने घर्तीलाई तुलसीपुरको उज्यालो आकाशको ‘जून हेरे’जस्तो...

विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काइनेछ : प्रधानमन्त्री (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने योजना छिट्टै ल्याउने बताएका छन् । सोमबार राष्ट्रका नाममा सम्बोधन...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

१०२४ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार २४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा २ हजार २०६...

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । केहीबेरअघि बैठक शुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका...

बेथितिको विकासले ‘जलचर संकटमा’

दैलेख । संघीय राज्यपछि स्थानीय सरकारसँगै जथाभाबी खनिएका सडकले नागरिकलाई सुविस्ताभन्दा सास्ती खेप्नुपरेको छ । वातावरणीय प्रभाव मूल्यांकन नगरी खनिएका सडकले वातावरणीय सन्तुलन बिग्रनुका...

कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

लहान । कोरोना सङ्क्रमणबाट सिरहामा गएराति थप एक पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय पुरुषको...

भर्खरै

ओली र प्रचण्डको प्रस्ताव स्थायी कमिटीमा लगिने

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र उत्पन्न सङ्कट समाधानका लागि दुवै अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन (पत्र) स्थायी कमिटीमा लगिने भएको छ ।...

हुलाकी सडकका लागि अतिक्रमित संरचना धमाधम हटाइँदै

सप्तरी । तराई–मधेशका इलाका जोडने बहुप्रतिक्षित हुलाकी सडक निर्माणका लागि बाधक बनेका अतिक्रमण र संरचना धमाधम हटाउन र भत्काउन थालिएको छ । हुलाकी राजमार्ग...

कोभिड–१९ विरुद्धको खोप ल्याइने

काठमाडौँ । सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्या २०...

१०२४ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार २४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा २ हजार २०६...

धेरै पढिएका

प्राथमिकतामा नपरेको पोस्ट कोभिड सिन्ड्रोम

नेपालमा कारोना निको भएको अर्थात् रिर्पाेट नेगेटिभ आएको निमोनिया भएको भए चार साता र नभएको भए तीन सातासम्ममा सामान्य बन्न सक्ने चिकित्सकहरूले भन्दै गरेका...

सदस्यसचिव सिलवालले सागको खर्च सार्वजनिक गर्ने

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले १३औं दक्षिण एसियाली खेलकुद (साग)को खर्च विवरण सार्वजनिक गर्ने भएका छन् । सिलवालले आइतबार पत्रकार...

सल्ला धूपैलेलाई एक करोड भ्युज

काठमाडौं । लोकदोहोरी गीतहरू पछिल्लो समय युट्युबमा निकै हेर्न थालिएको छ । यसैक्रममा पछिल्लो समय रुचाइएको लोक तथा दोहोरी गीत ‘सल्ला धूपैले’लाई पनि युट्युबमा...

वरिष्ठ उपाध्यक्षमा विजयी ढकालको जीवन संघर्षको कथा

काठमाडौं । निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी चन्द्रप्रसाद ढकालले जीवनमा निकै संघर्ष गर्नुप¥यो । बाग्लुङको बलेवा अमलाचौरमा...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   आर्सनललाई सफलता

१ सय ९७ वर्षपछि विश्व बजारमा नेपालको चिया नेपाली लोगोमा

(Visited 90 times, 1 visits today)