लहान । लहानमा च्याउसरी खोलिएका अस्पतालहरुको मनपरी अझै रोकिएको छैन । अनुमती नै नलिई खुलेका यहाँका अस्पतालहरुमा उपचार गराउन आएकाहरुको ज्यान नै जाने गर्दा पनि सम्बन्धित निकायले यसप्रति खासै चासो दिएका छैनन् ।
यस्तै गएराति लहानको डिभाईन केयर अस्पतालको लापरबाहीले उपचाररत एक महिलाको मृत्यु भएको छ । डेलिभरीको लागि गएराती डिभाईनमा भर्ना भएकी सिरहाको सुखिपुर बैशखाकी २७ वर्षीया आरती साहको डिभाईनमा कार्यारत डाक्टरहरुको लापरबाहीका कारण मृत्यु भएको हो ।
लहान १४ निवासी मृतकका भाई राजेश कुमार साहले ब्यथाले च्यापेपछि गएराति आरतीलाई डिभाईनमा भर्ना गरिएको थियो । ‘तर डिभाईनका लापरबाहीले मेरो दिदीको मृत्यु भयो’, राजेशले भने । मृतक आरतीको एक ७ वर्षीय छोरा छन् ।
लहानमा खुलेका सबैजसो निजि अस्पतालहरुले स्वस्थ्य उपचारका नाममा लापरबाही गर्ने गरेको बिगतका घट्नाहरुले पनि पुष्टि गर्दै आएको छ । तर सम्बान्धित निकायले न त छानबिन गरेको छ न त कसैलाई कार्बाही नै गरेको छ ।