हास्य अभिनेत्री भारती सिंह र उनका श्रीमान् पक्राउ

मुम्बई । भारतीय टेलिभिजन प्रसारणकी लोकप्रिय हास्य कलाकार भारती सिंह र उनका श्रीमान् हर्ष लिम्बाचियालाई लागू औषध प्रकरणमा नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले पक्राउ गरेको छ । भारतीलाई शनिबार र उनका श्रीमान हर्षलाई हिजो आइतबार गिरप्mतार गरेको हो । र, नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले मुम्बइमा ४ डिसेम्बर सम्मका लागि न्यायिक हिरासतमा पठाइएको बताइएको छ ।

लागूऔषध प्रकरणमा बलिउडका आधा दर्जन नायिकाले अहिले मुद्दा झेलिरहेका छन् । यो प्रकरणमा शनिबार फेरि अर्की एक हास्य अभिनेत्री थपिएकी छन् । मुम्बईको नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले शनिरबार हास्य अभिनेत्री भारती सिंहलाई लागूऔषधको कारण गिरफ्तार ग-यो ।

भारती र उनका श्रीमान् हर्ष घर र कार्यालयमा सो ब्युरोले शनिबार छापा मारेको थियो । सुराकीको आधारमा यसरी छापा मार्दा उनीहरूको घरबाट लागूऔषध र नसालु औषध भेटिएको सो ब्युरो र प्रहरीले जनाएको छ । लागूऔषधको बिक्रीवितरण गर्ने गिरोहलाई पक्राउपछि गरिएको अनुसन्धानमा भारती सिंह पनि उनीहरूको ग्रहक भएको पुष्टि भएपछि आफूहरूले छापा मारेको नार्कोटिक्स कन्ट्रोल ब्युरोका पदाधिकारीले बताएका छन् ।

छापापछि उनीहरूलाई प्रहरीले पत्र काटेर कब्जामा लिएको थियो । उनीहरूरू आफैं ब्युरोमा आउने भनेपछि प्रहरीले गिरफ्तारपछि कागज गराएको शनिबार छाडेको थियो । उनीहले ब्युरोमा पुगेर बयान दिएको र गल्ती स्विकारेको सो ब्युरोले जनाएको छ ।

सोधपुछको क्रममा आफूहरूबाट गल्ती भएको भारती र उनका श्रीमान्ले बताएको पनि ब्युरोका पदाधिकारीको कथन छ । छापाको क्रममा गाँजा र अन्य नसालु पदार्थ भेटिएपछि आफूहरूले ती पदार्थ सेवन गरेको यी दुईले स्विकारेको पनि ब्युरोले जनाएको छ । भारतको घरमा केही मात्रामा र उनको कार्यालय (प्रोडक्सन अफिस)मा ८६ ग्राम गाँजा भेटिएको पनि सो ब्युरोले सञ्चारकर्मीलाई जानकारी गराएको छ । गाँजा आफ्नो भएको स्विकारेपछि भारती सिंहलाई गिरफ्तार गरेर अहिले हिरासतमा राखिएको छ । उनको श्रीमान्को सोधपुछ चलिरहेको पनि सो ब्युरोले जनाएको छ ।

बलिउड अभिनेताहरू सुशान्तसिंह राजपूतको मृत्युपछि उनीसँग विभिन्न कलाकारहरू लागूऔषधको सेवनमा रहेको र अभिनेत्री कंगना रनौतसहित विभिन्न कलाकारले यो खुलासा गरेपछि मुम्बईको नार्कोटिक्स कन्ट्रोल ब्युरोले कलाकारमाथि लागूऔषध’bout निगरानी बढाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 249 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लम्जुङको कारागारमा कैदी र बन्दीबीचको झडप, ३ घाइते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पत्रकार गिरिश गिरीसहित वीरगञ्ज महानगरपालिकामा १९ जनाले दिए मेयरमा उमेद्वारी