विवाहका विविध समारोहका लागि एक साथ फरक पाँच गीत

काठमाडौं । विवाहका विभिन्न समारोहमा आवश्यकता नेपाली गीतसंगीतको अभाव भएका बेला विवाहको विभिन्न संस्कारको आधा दर्जन गीत एकसाथ सार्वजनिक गरिएको छ । मंसिर महिना सुरु भइसकेको छ । यो महिनालाई विशेषगरी विवाहको महिना भन्ने गरिएकाले गीत बजारमा ल्याइएको निर्माण पक्षले जनाएको छ ।

आइतबार राजधानीमा एक समारोहकाबीच गीतकार विनिता खनालले विवाहसम्बन्धी गीति एल्बम ‘लगनगाँठो’ नै सार्वजनिक गरेकी छन् । उनले सार्वजनिक गरेको यो गीतिसंग्रहमा पाँच वटा गीत समावेश गरिएको छ ।

विवाहको महŒवपूर्ण समारोहलाई लक्षित गरेर पाँच वटा फरक गीत उनले लेखेकी हुन् । उनले यो गीतिसंग्रहमा मेहन्दी गीत, जन्ती जाने गीत, रत्यौली गीत, दुलही अन्माउने गीत र रिसेप्सन पार्टीको गीतसहित पाँच वटा गीत समावेश गरेकी हुन् ।

संग्रहमा मेहेन्दी गीतको रूपमा ‘आयो है आयो’, जन्ती गीतको रूपमा ‘धुतुरी धुतुरी बाजा बजाई’, रत्यौली गीतको रूपमा ‘दौरा सुरुवाल चिटिक्कै’, दुलही अन्माउने गीतको रूपमा ‘बिदाइ गर्न छोरी तिमीलाई’ र रिसेप्नस गीतको रूपमा ‘छमछम पाउजु’ राखिएको छ । सबै गीत विवाहसम्बन्धी भएकाले संग्रहको नाम पनि लगनगाँठो राखिएको गीतकार विनिता खनालले सो कार्यक्रममा प्रकाश पारेकी छन् ।

गीतिसंग्रह सर्वजनिक समारोहमै यी पाँच वटै गीतका भिडियो समेत एकसाथ सार्वजनिक गरिएको छ । ‘विवाहका पाँच गीतका भिडियोमध्ये आइतबार ‘मेहेन्दी’ गीत युट्युबमा सार्वजनिक गरिएको छ । रत्यौली, जन्ती, बिदाइ र रिसेप्सन गीत भने क्रमशः मंसिर ८, ९, ११ र १२ गते ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गर्नेछौं,’ गीतकार खनालले भनिन् ।

विमोचन समारोहमा भने यी सबै गीतको भिडियो सार्वजनिक गरियो । विवाहका यी पाँचै वटा गीतका भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । पाँच वटै विवाहका गीतको भिडियोमा विजु पार्की र रेश्मा घिमिरे दुलहा–दुलहीको भूमिकामा छन् । यस्तै अभिषेक श्रेष्ठ, गरिमा शर्मा, शर्मिला मल्ल, शिशिर राणा, सम्झना बुढाथोकी, रश्मी भट्ट, हेमन्त गौतम, दिभास्ना त्वानको पनि भिडियोमा अभिनय रहेको निर्देशक आचार्यले सो कार्यक्रममा बताए ।

गीत सार्वजनिक कार्यक्रममा बोल्दै कलाकार शर्मिला मल्लले गीतमा आफ्नो भूमिका सानो भए पनि काम गर्न निकै रमाइलो भएको बताइन् । रेश्मा र गरिमाले पनि राम्रो टिमसँग राम्रो गीतमा अभिनय गर्न पाएकोमा खुसी व्यक्त गरे । संगीतकार कँडेलले विवाहको समयमा ‘लगनगाँठो’ एल्बममा समावेश गीत घन्कनेमा विश्वास व्यक्त गरेका छन् । अमेरिकामा बसोबास गर्ने गीतकार खनालले छोराको विवाहको समयमा यी गीत लेखेकी थिइन् । अब नेपालीहरूले विवाह समारोहमा यी गीतहरू बजाउने निर्देशक आचार्यको कथन छ ।

निर्देशक आचार्यका अनुसार सबै गीतको भिडियोका छायांकार उत्सव दाहाल र उत्तम हुमागाईंले गरेका हुन् । जसमा भिडियो सम्पादन विकास दाहालको रहेको छ । जसमा दिपेन गौतम माइकल प्रोडक्सन डिजाइनर र सन्तोष कार्की प्रोडक्सन म्यानेजर थिए ।

विवाहका लागि जग्गेसहित विभिन्न सेट बनाएर यो गीतको छायांकन गरिएको थियो । यी भिडियोमध्ये दीपेन्द्र तिमल्सिनाले ‘रत्यौली’, सुरेन्द्र बसेलले ‘मेहेन्दी र रिसेप्सन’ र सुबोल थापाले ‘जन्ती’ गीतको कोरियोग्राफी गरेको पनि आचार्यले जानकारी गराए ।

संग्रहको ‘दौरा सुरुवाल चिटिक्कै’मा मीना निरौला, ‘बिदाइ गर्न छोरी तिमीलाई’ मा वानिका प्रधान, ‘आयो है आयो’ गीतमा प्रविशा अधिकारी, ‘धुतुरी धुतुरी बजा बजाई’मा मेलिना राई र श्रीवास्तव खरेल र ‘छमछम पाउजु’मा निकिता थापा र प्रताप दासको स्वर रहेको छ । ‘लगनगाँठो’ एल्बममा समावेश गीतमा किरण कँडेलको एकल संगीत छ ।

तपाइको प्रतिक्रिया
(Visited 309 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘अर्थतन्त्रमा दीर्घकालीन असर’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बुढीगंगाकाे मेयर र उपमेयरसहित सात वडामा एमाले विजयी