Thursday, August 5, 2021
HomeBreaking Newsसुदूरपश्चिम प्रदेशमा ९० दिन पुग्ने पेट्रोलियम पदार्थ भण्डारण क्षमता विस्तार गरिँदै

सुदूरपश्चिम प्रदेशमा ९० दिन पुग्ने पेट्रोलियम पदार्थ भण्डारण क्षमता विस्तार गरिँदै

,
sharethis

काठमाडौं । नेपाल आयल निगमले सुदूरपश्चिम प्रदेशमा ९० दिन पुग्ने पेट्रोलियम पदार्थ भण्डारण क्षमता विस्तार गर्ने भएको छ । सरकार तथा नेपाल आयल निगमको घोषित नीति तथा कार्यक्रमअन्र्तगत निगमले प्रदेश नम्बर सातमा ९० दिनका लागि पेट्रोलियम पदार्थ भण्डारण क्षमता गर्न लागेको हो ।

हाल निगमसँग सुदूरपश्चिम प्रदेशमा तीन दिनको माग आपूर्ति गर्न सक्ने पेट्रोलियम पदार्थ भण्डारण क्षमता छ । यसैगरी, निगमसँग हालसम्म पेट्रोल भण्डारण नै छैन । निगमका अनुसारसुदूरपश्चिम प्रदेशमा तीन दिनलाई आपूर्ति गर्ने डिजेलको मात्र भण्डारण छ । पेट्रोल भण्डारणका कुनै डिपो छैन । निगमले सुदूरपश्चिम प्रदेशमा ट्यांकरबाट नै प्रदेशको माग आपूर्ति गरिरहेको छ । निगमका अनुसार सुदूरपश्चिम प्रदेशमा पेट्रोलियम पदार्थको दैनिक माग ४ सय किलो लिटर छ ।

सुदूरपश्चिम प्रदेशमा पेट्रोलियम पदार्थको माग आपूर्ति गर्न निगमसँग प्रर्याप्त भण्डारण छैन । भण्डारण नहुँदा निगमले धनगढीको कार्यालयस्थित सडकमै पेट्रोलियम पदार्थका ट्यांकर राखेर माग आपूर्ति गरिरहेको छ ।

सुदूरपश्चिम प्रदेशको वर्षांैदेखिको पेट्रोलियम पदार्थ आपूर्ति हुँदै आएकोसमस्यालाई समाधान गर्न निगमले करिब तीन महिनालाई पेट्रोलियम पदार्थ भण्डारण विस्तार गरी क्षमता बनाउन लागेको निगमका कार्यकारी निर्देेशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए ।

कार्यकारी निर्देशक पौडेलले सुदूरपश्चिम प्रदेशका पेट्रोलियम पदार्थ आपूर्तिका लागि १० हजार किलोलिटर क्षमताको डिजेल र ५ हजार पेट्रोल भण्डारण गर्न सक्ने क्षमताको डिपो बनाउने तयारी भएको बताए । भण्डारण डिपो निर्माणका लागि गोदावरी नगरपालिका–८ स्याउलेस्थित शिवशक्ति महिला सामुदायिक वनको मातहतमा रहेको करिब ३० बिघा जमिन प्रारम्भिक स्थलगत अवलोकन गरेको बताए ।

पेट्रोलियम पदार्थ भण्डारण डिपो निर्माणका लागि आइतबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसहित गोदावरी नगरपालिका–८ स्याउलेस्थित शिवशक्ति महिला सामुदायिक वनको मातहतमा रहेको करिब ३० बिघा जमिन प्रारम्भिक स्थलगत अवलोकन गरेको कार्यकारी निर्देशक पौडेलले बताए । उनले सो जमिनमा पेट्रोलियम पदार्थ भण्डारण डिपो निर्माणका लागि जमिन दिनस्थानीय पनि सकारात्मक भएको बताए ।

कार्यकारी निर्देशक पौडेलले शिवशक्ति महिला सामुदायिक वनका डिपो निर्माण तथा पेट्रोलियम पदार्थको भण्डारण क्षमता विस्तारका स्थानीय सकारात्मक नै भएको हुँदा अबको एक महिनाभित्र काम अघि बढाउने जानकारी दिए । यसैगरी, उनले शिवशक्ति महिला सामुदायिक वनको ३० बिघाको विल्कपमा टीकापुर नगरपालिमास्थित ५० बिघा सामुदायिक जमिन पनि रहेको बताए ।

निर्देशक पौडेलले भण्डारण क्षमता विस्तारका लागि गोदावरी नगरपालिका–८ स्याउलेस्थित शिवशक्ति महिला सामुदायिक वनको मातहतमा रहेको करिब ३० बिघा उपयुक्त देखिएको बताए । त्यहाँ रहेको वनको पनि धेरै फडानी गर्नु नपर्ने बताए ।

निगमका अनुसार धनगढीमा २ हजार ५ सय ५० किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण क्षमता रहेको छ । जसमा पेट्रोल ८५ डिजल १ हजार ५ सय ९०, मट्टीतेल ८ सय ३० र हवाई इन्धन ४५ किलोलिटर मात्र भण्डारण क्षमता रहेको छ । डिजल ३० र मट्टीतेल ३० गरी ६० किलोलिटर क्षमता भएको भण्डारण छ ।

(Visited 201 times, 1 visits today)

आजको समाचार

तेस्रो लहरविरुद्ध डटौं

नेपालमा आउने भनिएको कोरोना महामारीको तेस्रो लहर आइसकेको संकेत चिकित्सकहरूले गरिसकेका छन् । यो एक सातामा काठमाडौंलगायत अन्य स्थानका स्वास्थ्यसंस्थामा संक्रमित बिरामीको थेगिनसक्नु आगमनसँगै...

हामी सचेत छौं, सक्रिय छैनौं

यहाँ हामी भन्नाले समग्र नेपाली नागरिकलाई भन्न खोजिएको हो । पढेलेखेको, राजनीतिक सुझबुझ भएको, जानेबुझेको, देशदुनियाँ देखेको सचेत वर्गलगायत आमनागरिक नै हामी हौं ।...

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन...

४२ दिनयता बुधबार सबैभन्दा धेरै संक्रमित

काठमाडौं । पछिल्ला दिनमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि नेपाल कोरोनाको तेस्रो लहरमा प्रवेश गर्न थालेको आशंकामा बल पुग्न थालेको छ । जनस्वास्थ्यविद्हरूले संक्रमण...

सर्वोच्चबाट ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल...

साताका लोकप्रिय समाचार

काठमाडौंमा थप एक साता निषेधाज्ञा

काठमाडौं । उपत्यकामा गत १६ वैशाखबाट जारी निषेधाज्ञा पुनः एक साता थप गरिएको छ । उपत्याकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला...

वीर अस्पतालका कर्मचारी आन्दोलनमा

काठमाडौं । कोरोना महामारीमा खटिएबापतको सेवा सुविधाको माग गर्दै कोभिड—१९ केन्द्रीय युनिफाइड अस्पताल (वीर अस्पताल) मा स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलनमा उत्रिएका छन् । स्वास्थ्यकर्मी...

गठबन्धनको सरकार : जनअपेक्षा र आगामी भूमिका

  पाँच दलीय गठबन्धनका १ सय ६५ जना सांसदको विश्वासको मत पाएर संविधानको धारा ७६ (५) अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धनको सरकार...

संक्रमित बढेसंगै सतर्कता जरुरी

बढ्दो संक्रमण, घट्दो सतर्कताका कारण कोरोनाका सक्रिय संक्रमितको संख्या अहिले एक महिनाकै उच्च हुँदा जनतामा एकखाले आतंक छाएको छ । जनतामा अब कोरोना महामारी...

एमालेमा ९ विभाग, ओली स्कुल प्रमुख

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) विधान महाधिवेशन तयारीमा जुटेकै बेला ९ विभाग गठन गरेको छ । ललितपुर च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सोमबार बसेको...

ट्रेन्डिङ

हे नेकपाका महामानव ! सकिने कि मिल्ने ?

हे सत्तारूढ दल नेकपाका महामानव हो ! कोरोनाको भयानक संकटले जनता त्राहिमाम् छन् । विनाशकारी भूकम्पका कारण जनताको मनमा लागेका घाउका खाटाहरू पूर्ण रूपमा...

लक डाउन उल्लंघन गर्ने २४ जनालाई क्वारेनटाइनमा

सिन्धुपाल्चोक । लक डाउनको समयमा यात्रु ओसार्ने तिन वटा सवारी साधनलाई गए राती सिन्धुपाल्चोक प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौबाट...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)