नेपाल-भारत नाकामा आवागमन सहज तुल्याउन सरोकारवालाको माग

सप्तरी । नेपाल तथा भारतको बीच हुने आवागमनलाई सहज तुल्याउन सप्तरीका सरोकारवालाहरुले माग गरेका छन् । जिल्ला समन्वय समिति समिति सप्तरीले सोमबार राजविराजमा आयोजना गरेको नेपाल भारत सीमा सम्वाद समूह बैचारिक गोष्ठीमा बोल्दै उनीहरुले यस्तो माग गरेका हुन् ।

जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवको अध्यक्षतमा आयोजित गोष्ठीमा बोल्दै नेपाल भारत यूवा मैत्री संघका अध्यक्ष किशोर यादव केसीले लामो समयसम्म भारतसँग जोडिएको बोर्डर सील हुँदा कालो बजारी बढेको र यहाँका जनता थप मारमा परेको बताउँदै अविलम्ब नाका खोलेर आवागमन सहज बनाउनु पर्ने माग गरे ।

उनले नाका सील गरिएको भनिएपनि सर्वसाधारण लुकीछिपी आवतजावत गरिरहेको तथा गाडी आवागमनमा मात्र कडाई गरिएको बताए । मान्छे आवतजावत गर्दा कोरोना नसर्ने तर गाडी आवतजावत गर्दा कसरी कोरोना फैलिने भनी प्रश्न गर्दै उनले यसले राजश्व वसुली समेत प्रभवित भएको जिकिर गरे ।

जेष्ठ नागरिक संघ प्रदेश २ का अध्यक्ष शंकर सारदाले सीमावर्ती क्षेत्रमा वारिपारी विवाहको चलन पुस्तौंदेखि रहेको बताउँदै लामो समयसम्म सीमा सील हुँदा बैवाहिक कार्यक्रम समेत प्रभावित बनेको बताए । अब पनि सीमा सीललाई निरन्तरता दिनुको कुनै औचित्य नभएको जिकिर गर्दै उनले नाका अविलम्ब खोली आवागमनलाई सहज पार्नु पर्ने माग गरे ।

यसरी नाका खोलिदा सर्वसाधारणले सामाजिक दुरी, सेनिटाइज तथा मास्कको प्रयोग लगायतका सुरक्षासतर्कता भने अपनाउनु पर्ने उनको सुझाव समेत थियो । राजगढ गाउँपालिकाका प्रमुख परमानन्द यादवले विगत जस्तो अहिले कोरोना महामारीको भयावह अवस्था नरहेको दाबी गर्दै अविलम्ब नाका खोल्नु पर्नेमा जोड दिए । एकातिर स्थानिय बजारमा मलखाद नपाउन र अर्कोतिर लामो समयसम्म नाका सील हुँदा भारतबाट समेत मलखाद किनेर ल्याउन नसकिएका कारण किसान सर्वाधिक मारमा परेको उनको भनाई छ ।

पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झाले लामो समयसम्म नाका बन्द हुँदा सर्वसाधारणले निकै सास्ती भोगिरहनु परेको गुनासो गर्दै कीत नेपाल भारत सीमा पूर्णरुपमा बन्द या त पूर्ण रुपमा खुल्ला गर्नुपर्ने माग गरे । गाडी मात्र आवतजावत बन्द गर्ने अनि सर्वसाधारणलाई पैदल आवतजावत गर्न दिइने यो कार्य कस्तो खालको सीमा सील हो ? प्रश्न गर्दै उनले यस्तो सीलले कालो बजारी मौलाएको सर्वसाधारण निकै मारमा परेको भन्दै मञ्चमा आसिन संघीय र प्रदेश सांसदलाई यसतर्फ केन्द्रिय सरकारको ध्यानाकर्षण गराउन माग गरे ।

कार्यक्रममा गैरसरकारी महासंघ नेपाल सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, इतिहास विद डा. पिताम्बरलाल यादव, जसपा नेता गजेन्द्र मण्डलका साथै भारतीय नाकासँग जोडिएका नगर र गाउँपालिकाका प्रमुख तथा उपप्रमुखसमेत सहभागि भई लामो समयदेखी सील नाका आवश्यक सुरक्षा सतर्कता लगायतका व्यवस्था मिलाई अविलम्ब नाका खोल्नु पर्ने माग गरेका थिए ।

कार्यक्रममा प्रदेश सभा सदस्य नेत्रविक्रम साह र प्रतिनिधिसभा सदस्यद्वय चन्द्रकान्त चौधरी र दुलारीदेवी खंगले समेत लामो समयसम्म नाका सीलका कारण जिल्लावासीले भोग्नु परेको पीडा र समस्याका ’boutमा चर्चा गर्दै यस ’bout सरकारको गम्भिर ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 157 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनुषाको नगराइन नगरपालिकामा कांग्रेसका यादव निर्वाचित