पोखरा । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ । एक यात्रु घाइते भएकी छन् ।
दुर्घटनामा परी पोखरा २८, कालिका निवासी ३८ वर्षीय राजु नेपालीको मृत्यु भएको हो । घाइते हुनेमा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा २ निवासी २८ वर्षीया शीला श्रेष्ठ हुन् ।
फिस्टेल नेपालअन्तर्गतको ग्लाइडर फेवाताल किनारमा ल्याण्ड गर्ने क्रममा सोमबार खपौदी क्षेत्रस्थित ल्यान्डिङ जोनभन्दा झण्डै डेढ किमीमाथि दुर्घटनामा परेको हो ।
दुर्घटनापछि घाइते दुवैजनाको उपचारार्थ पोखराको सिर्जनाचोकस्थित मेट्रो सिटी अस्पतालमा पु¥याइएकोमा पाइलट नेपालीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । घाइते श्रेष्ठको छाती र खुट्टामा चोट लागेको छ । उनको थप उपचारार्थ काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पछिल्लो समय पोखरामा प्याराग्लाइडिङ उडान गर्नेहरुको आकर्षण बढेको छ । दैनिक ६ सयसम्म उडान हुने गरेको छ ।