Tuesday, January 26, 2021
Home बिचार हरिबोधिनी एकादशी

हरिबोधिनी एकादशी

हिन्दू धर्मावलम्बीको पात्रोअनुसार चन्द्रमासअनुसार महिनाको ११औं दिनलाई एकादशी भनिन्छ । प्रत्येक महिनामा दुई वटा एकादशी पर्दछन् । कात्तिक शुक्लपक्षको एकादशी तिथिलाई हरिबोधिनी एकादशी भनिन्छ । एकादशीमध्ये उत्तम एकादशी भएकाले यो दिनलाई ठूली एकादशी पनि भनिएको हो । यसरी हरिबोधिनी एकादशीमा विधिवत् तुलसीको विवाह हुने गर्दछ । हरि भनेका साक्षत् विष्णु भगवान् हुनुहुन्छ । यसको साथसाथै बोधिनीको अर्थ जागृत हुने वा उठ्ने भत्रे अर्थ हुन्छ । हिन्दू धार्मिक मान्यताअनुसार असार शुक्ल एकादशीको दिन क्षीर सागरमा सुतेका भगवान् विष्णु कात्तिक शुक्ल एकादशीका दिन उठ्ने भएकाले यस दिनलाई हरिबोधनी एकादशी भनिएको हो । यसै दिन भगवान् विष्णुको तुलसीरूपी लक्ष्मीसँग विवाह भएको मान्यताका आधारमा तुलसी विवाह पनि गरिदिने चलन रहेको छ ।

खासगरी एकादशी तिथिमा भगवान् विष्णुको उपासना गरी व्रत बस्ने परम्परा रहेको छ । त्यस्तै, महाभारतमा पनि भगवान् श्रीकृष्णले युधिष्ठिरलाई यस दिन गरिएका स्नान, दान, तप आदि सबै कर्म अक्षय फलदायी हुने बताएका छन् । यस दिन विशेष पूजा गरी तुलसीको विवाह गरिदिने र द्वादशीका दिन तुलसीको विशेष पूजासँगै नवान्न (नयाँ अन्न) को हवन गरी चतुर्मासभरि विष्णु वा विष्णुप्रियाको रूपमा पूजा गरिएको तुलसीको विसर्जन गनुपर्ने धार्मिक मान्यता रहेको छ । यो क्रम मार्गशीर्ष कृष्ण पक्षको पञ्चमीसम्म रहने गरेको छ ।

हिन्दू देश नेपालमा वर्षभरि पर्ने २४ वटा एकादशीमध्ये असार शुक्ल एकादशी र कात्तिक शुक्ल एकादशीमा भगवान् विष्णुको उपासना गर्दा बढी फलदायी हुने भविष्योत्तर पुराणमा उल्लेख छ । त्यस्तैगरी प्रत्येक साढे दुई वर्षपछि एउटा अधिकमास अर्थात् पुरुषोत्तम महिना पर्छ र यो २०७७ सालको असोज २ देखि ३० गतेसम्म पुरुषोत्तम महिना परेको थियो । यसले गर्दा यो २०७७ साल १३ महिनाको एक वर्ष मानिएको थियो । यो समयमा देशको प्रमुख चाडबाडहरू एक महिना पछाडि पर्ने हुन्छ । त्यतिबेला दुई वटा एकादशी पद्मिनी र परमा थप हुने भएकाले मलमास परेको सालमा जम्मा जम्मी २६ वटा एकादशी पर्न आउँछन् । प्रत्येक एकादशीको आआफ्नो अलग नाम र परिचय छ भने सबैको भित्राभित्रै व्रत उपवासको फल तोकिएको पाइन्छ ।

त्यसमध्ये हरिबोधिनी एकादशी पनि एक हो । यस वर्षको मंसिर १० गते यो एकादशी पर्न आएको छ । तुलसीको विवाह गर्ने एकादशी पनि भनिन्छ, यस दिनलाई । सामान्यतया द्वादशीयुक्त एकादशीलाई एकादशी भनिन्छ । दिनको प्रातः समय एकादशी, मध्यदिनभरि द्वादशी र भोलिपल्ट सूर्योदयअघि त्रयोदशीतिथि स्पर्श भएको एकादशीलाई त्रिस्पृशा एकादशी भनिन्छ । यस्तो पर्व परेमा अन्य १ हजार वटा एकादशीको पुण्य एकैदिनको उपासनाबाट लिन सकिन्छ । एकादशीमा दिन या रात उपासना गर्नाले ब्रह्महत्या, गोहत्यासम्मको दोषबाट मुक्ति पाइने र सयौं अश्वमेध यज्ञ गरको फलसमेत पाइने हुन्छ । शुक्लपक्ष पुनर्वसुु नक्षत्रले युक्त भएको एकादशी जया हो । शुक्लपक्ष श्रवण नक्षत्रले युक्त विजया हो, द्वादशीमा रोहिणी नक्षत्र परे जयन्ती हुन्छ र पुष्य नक्षत्र परेमा पापनाशिनी हुन्छ ।

हरिबोधिनीमा तुलसीलाई संकल्पसमेतको अनुष्ठानमा विष्णु भगवान्सँग विवाह गराइने भएकाले ठूली एकादशी भनिएको अनुमान लगाउन सकिन्छ

यस्तो नक्षत्र विशेषको एकादशी परेमा एक वर्षसम्म नित्य एक पाथी तिल दान गरेको वा १ हजार एकादशीको उपवास गरेको पुण्य प्राप्त हुन्छ । कलियुगमा मानिसको उमेर समय निकै नै थोरै भएकाले यस्ता विशेष दिनहरू पहिल्याई पुण्य लुट्ने प्रयास गर्नु सर्वोत्तम हुन्छ । मूलतः फलाहार, जलाहार वा निराहारबाट एकादशी उपासना गर्ने गरिन्छ । कात्तिक शुक्लपक्षको हरिबोधिनी एकादशी व्रत बस्नाले पापको नाश, पुण्यवृद्धि र मोक्ष प्राप्ति हुने तथा सो दिन उपवास बस्नाले हजार अश्वमेध तथा सय राजसूय यज्ञको फल प्राप्त हुने जनविश्वास रहेको छ । यसलाई ठूली एकादशीको रूपमा पनि मात्रे गरिन्छ । ठूली एकादशीका गृहिणीहरूले घरआँगनमा रोपिएका तुलसीको विधिपूर्वक विवाह गर्दछन् ।

यो पनि पढ्नुहोस   भारतको ७१औं गणतन्त्र दिवसको सार्थकता

तुलसीको मठलाई गोबर, माटोले लिपपोत गरी सेता, रातो, पहेलो वस्त्र तथा फूलमालाले सिँगार्नुका साथै विष्णुको प्रतीक लिंगो गाडी पूजा गरिन्छ । यो एकादशीका दिन विशेष गरेर तुलसीको विवाह सम्पत्र गरी व्रतालुले फलाहारका रूपमा पिँडालु र सक्खरखण्ड प्रयोग गर्ने नेपाली चलन छ । सम्भव भए उपवास गर्नुपर्छ अन्यथा केवल एक समय फलाहार ग्रहण गर्नुपर्छ । यस एकादशीमा रातभरि जागेर हरि नाम संकीर्तन गर्नाले भगवान् विष्णु अत्यन्त प्रसत्र हुने गर्नुहुन्छ । विवाहादि समस्त मांगलिक कार्यको शुभारम्भमा भगवान् विष्णुलाई साक्षी राखेर संकल्प गर्ने चलन छ ।

अतएव चतुर्मासमा प्रभावित रहने माङ्गलिक कार्यको प्रतिबंध हरिबोधिनी एकादशीका दिन समाप्त हुन्छ त्यसैले आजकै दिनबाट विवाहादि शुभ कार्य पुनः प्रारम्भ हुन्छन् । पद्म पुराणको उत्तरखण्डमा वर्णित एकादशी–माहात्म्यका अनुसार हरिबोधिनी एकादशीको व्रत लिनाले १ हजार अश्वमेध यज्ञ तथा सय राजसूय यज्ञको फल प्राप्त हुन्छ । यस परम् पुण्यप्रदा एकादशीको विधिवत् लिएको व्रतले सबै पाप भस्म हुन्छ तथा व्रत लिने व्यक्ति मरणोपरान्त वैकुण्ठ पुग्छ । यस एकादशीका दिन भक्तले श्रद्धाका साथ जेजस्तो जपतप, स्नान दान, होमादि गर्छन, ती सबै अक्षय फलदायक हुन पुग्छन् ।

समग्रमा भन्नुपर्दा एकादशीका दिन व्रतोत्सव गर्नु प्रत्येक सनातनधर्मीको आध्यात्मिक कर्तव्य हो । यस एकादशीका दिन तुलसी विवाहोत्सव पाणि मनाउने चलन छ । विष्णुले वृन्दासित छल गरेको जब सत्य कुरो चाल पाइन्, तिनले विष्णुलाई श्राप दिइन् । वृन्दाको श्रापबाट विष्णु पत्थर भए र उनी शालिग्रामका रूपमा परिवर्तित भए । विष्णुले आफूले गरेको गल्तीलाई स्वीकार गरे र त्यसै बेला त्यहाँ प्रकट भएर वृन्दासित भने तिम्रो शरीर गण्डकी नदीका रूपमा रहने छ तथा केश तुलसीका रूपमा पूजित हुनेछ । तिमी सदैव मेरा शिरमा शोभायमान रहनेछौ एवं लक्ष्मीसरह मेरा निम्ति प्रिय रहनेछौ, तिमीलाई हरिप्रिया नामले पनि चिनिनेछ ।

त्यसदिनदेखि के मान्यता छ भने कार्तिक शुक्ल एकादशीका दिन भगवान् शालिग्राम र तुलसीको गराउनाले कन्यादानको फल प्राप्त हुन्छ र व्यक्तिलाई विष्णु भगवान्सरह प्रसत्रता प्राप्त हुन्छ । यस व्रतको प्रभाव मनको दृढ संकल्प नै हो, मनोबल वृद्धि हो, चित्तशुद्धि हो, धर्मपरायण र सात्विक भावको विकास हो । सत्य, धर्म, सदाचारले व्यक्ति, समूह, समुदाय र समग्र राष्ट्र निर्माणमा सहयोग पुग्छ । वैदिक चिन्तनको स्रोत भूमि नेपालमा रहेको धर्म, संस्कृतिको आज अन्य मुलुकहरूले पनि अनुसन्धान, अध्ययन गर्दै छन् । काम्य र नित्य गरी व्रतका दुई स्वरूप छन् । उद्देश्य एवं कामनापरक काम्य उपासना हुन्छ । कुनै इच्छा नराखी गरिने व्रत उपासना नित्य उपासना हो र एकादशी अनुष्ठान नित्यकर्ममा पर्छ ।

नित्य र निष्काम व्रतको प्रभावले झन् बढी उद्देश्य सफल बत्रे हुन्छ– कारण मानिसलाई आवश्यक भुक्ति र मुक्ति दुवै प्राप्त हुन आवश्यक छ जुन एकादशी अनुष्ठानबाट मात्र सम्भव छ । एकादशीव्रती निरोगी हुन्छ, सुखी र समृद्धशाली हुन्छ । जुवा, कुभाषण, मिथ्या, परनिन्दाबाट टाढा हुन्छ । यसर्थ चोरी, हिंसा, क्रोधबाट टाढा हुन्छ भने आवेग र तनावरहित जीवन सञ्चालन हुने हुँदा व्यक्ति, समाज र पुरै राष्ट्र शान्त र समृद्ध हुन्छ । तुलसीको महत्व जीवनको उदयदेखि अन्त्यसम्म रहेको छ ।

कुश, तुलसी, पीपलको महत्व पूर्वीय संस्कृतिमा विश्वास गर्नेहरूका लागि जीवनको हृदयझैं महत्व रहेको कुरा वैदिक साहित्यमा सर्वत्र चर्चा भएको पाइन्छ । हरिबोधिनीमा सो तुलसीलाई संकल्पसमेतको अनुष्ठानमा विष्णु भगवान्सँग विवाह गराइन्छ । यसै विवाह कर्मले ठूली एकादशी भनिएको अनुमान लगाउन सकिन्छ ।

(Visited 104 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्रकाशमा प्रदीप खडकाको नायिका रेणु

काठमाडौं । अभिनेता प्रदीप खड्काको जोडीको रूपमा नवोदित अभिनेत्री रेणु योगी चयन भएकी छन् । नयाँ चलचित्र ‘प्रकाश’का लागि रेणु योगी चयन भएकी हुन्...

‘गल्ती सच्याएर आउनुस्’

देउखुरी । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती सच्याएर पार्टीमा आउन दाहाल–नेपाल समूहलाई आग्रह गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला...

भारतको ७१औं गणतन्त्र दिवसको सार्थकता

स्वतन्त्रता संग्रामको गर्भबाट भारतीय गणतन्त्रको स्थापना हुन सकेको हो । त्यसर्थ, प्रस्तुत आलेखमा भारतीय स्वतन्त्रता संग्रामको बारेमा चर्चा गरिएको छ । साथै, भारतको प्रजातन्त्रितक...

सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाले परीक्षण उत्पादन गर्ने

लमजुङ । लमजुङमा निर्माणाधीन सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाले अबको आठ महिनाभित्रै परीक्षण उत्पादन गर्ने भएको छ । आयोजनाले २०७८ साल असोज महिनाभित्रै विद्युत्को परीक्षण...

प्रधानमन्त्री ओलीले पढ्ने संविधान फरक छ र ?

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि नवौं दिनको बहस नसकिएपछि मंगलबारका लागि ‘हेर्दाहेर्दै’ राखिएको छ । सोमबार भएको बहसमा वरिष्ठ अधिवक्ता शम्भु थापा र...

साताका लोकप्रिय समाचार

कार्यक्रम ‘खेलौं जुहारी’ को प्रसारण सुरु

काठमाडाैं। युवा पुस्तामा नसुन्ने भन्ने लोक तथा दोहोरी गीतहरु सर्वप्रिय वन्दै जाँदा आजवाट अर्काे नयाँ दोहोरी कार्यक्रम खेलौँ जुहारीको प्रसारण सुरु भएको छ । ईन्टरटेन्टमेन्ट...

१७ नेपालीको शव लिन नेपाली जहाज मलेशिया उड्ने

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १७ वटा नेपाली कामदारको शव नेपाल ल्याउने भएको छ...

दुई चरणको प्रदर्शनबाट सन्तुष्ट छ कांग्रेस ?

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमन उन्मुख कदम भएको भन्दै विरोध गर्दै आइरहेको छ । कांग्रेसले पहिलो चरणमा गत १३...

स्व. सिंहले पु-याएको योगदान भावी पुस्ताका लागि अनुकरणीय छ : राजेन्द्र महतो

सप्तरी । मधेशी अधिकारका लागि संगठित अभियानको नेतृत्व गरेका तत्कालिन नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष स्व. गजेन्द्र नारायण सिंहको १९ औं पुण्यतिथि दिवस शनिबार...

थप ३३६ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

काठमाडौँ । नेपालमा थप ३३६ जना कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर ५...

ट्रेन्डिङ

सशस्त्रका असईद्धारा १२ वर्षिया बालिका बलात्कार प्रयाश

दमक । सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका एक प्रहरी सहायक निरीक्षक (असई) १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोप लागेको छ । सशस्त्र...

बलेफी –८ मा फ्रि वाइफाइ सहितको क्वारेन्टाइन स्थापना

कोरोना भाइरस(कोभीड–१९) को रोकथाम,नियन्त्रण र सचेतनाका लागि सिन्धुपाल्चोकका स्थानीय तहले गाउँ गाउँमा सचेतना कार्यक्रमहरु...

चलचित्र ‘लक्ष्मी पूजा’ नयाँ गीत सार्वजनिक

काठमाडौं । यही दशैंमा रिलिज हुने फिल्म ‘लक्ष्मी पूजा’को स्याड भर्सनको गीत ‘जिन्दगी’ सार्वजनिक भएको छ । माण्डवी त्रिपाठीको स्वर रहेको गीतमा दयाराम पाण्डेको...

दैनिक एक हजार भोकालाई खाना खुवाउदै

काठमाडौ । सिन्धुपाल्चोक बनसाँघु समाज र लामोसाँघु भ्याली समाज स्वामितोले काठमाडौ महानगरपालिका वडा नं. १० भित्र रहेका सुकुम्बासी टोलहरुमा निशुल्क खाना खुवाउन सुरु गरेको...

गुल्मी दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो

तम्घास । इस्मा गाउँपालिकामा आज बिहान जीप दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ ।सदरमुकाम तम्घासका लागि छुटेको लु१ज ११६६ नंको जीप इस्मा –४...

नेकपा नेता भन्छन्, सरकार दायित्वबाट भाग्न मिल्दैन

काठमाडौंं । कोरोना भाइरस संक्रमित विरामीको उपचार निःशुल्क नगर्ने सरकारको निर्णयसंगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रबाटै विरोध सुरु भएको छ । सत्तारुढ नेकपाका शीर्षनेताले कोरोना...

सृष्टि चप्पल उद्योग सञ्चालनमा

बाजुरा । जिल्लामा पहिलोपटक सृष्टि प्लास्टिक चप्पल उद्योग सञ्चालन आएको छ । उद्योग बडीमालिका नगरपालिका–२ घागरका कर्ण महत र मनबहादुर महतको संयुक्त...

करार पदपूर्ति गर्न प्रदेश सरकारलाई बाटो खुला

सुर्खेत । उच्च अदालत सुर्खेतले सामुदायिक नर्सिङ कार्यक्रमतर्फ करारमा पदपूर्ति गर्न प्रदेश सरकारलाई बाटो खुला गरिदिएको छ । उच्च अदालतले यसअघि दिएको...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

विघठित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी : गृहमन्त्री

मान्म । गृहमन्त्री रामबहादुर थापाले विघठित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कालिकोटमा गरेको जनसभालाई सम्बोधन...

प्रतिनिधि सभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता छैन : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता नरहेको बताएका छन् । आज सिंहदरबारस्थित कार्यकक्षमा ध्यानाकर्षण पत्र लिएर आएका अन्तरपार्टी...

थप ३३९ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

काठमाडौँ । गत २४ घण्टामा थप ३३९ जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३३९ जना थपिएसँगै हालसम्म कोरोना सङ्क्रमित...

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको गम्भीर आपत्ति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भनेर दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक रहेको नेपाली कांग्रेसले जनाएको छ । फरक...

भर्खरै

प्रकाशमा प्रदीप खडकाको नायिका रेणु

काठमाडौं । अभिनेता प्रदीप खड्काको जोडीको रूपमा नवोदित अभिनेत्री रेणु योगी चयन भएकी छन् । नयाँ चलचित्र ‘प्रकाश’का लागि रेणु योगी चयन भएकी हुन्...

१७ माघबाट साताव्यापी ‘किताब जात्रा’

काठमाडौं । साहित्यिक कृतिहरूको प्रदर्शन तथा बिक्रीको उद्देश्यले आयोजना हुँदै आएको ‘किताब जात्रा’ यस वर्ष १७ माघ देखि २३ माघसम्म हुने भएको छ ।...

भन्सारमा आजदेखि राष्ट्रिय एकद्वार प्रणाली

काठमाडौं । नेपाल आजदेखि राष्ट्रिय एकद्वार प्रणाली सुरु भएको छ । विभागले तयार गरेको उक्त प्रणाली आज सार्वजनिक भएको हो । अन्तर्राष्ट्रिय व्यापारलाई सरलीकृत...

टोटनह्याम एफए कपको प्रि-क्वाटरमा

लन्डन । वेकम्व वान्डरर्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै टोटनह्याम एफए कपको प्रि–क्वाटर फाइनलमा पुगेको छ । चौथो चरण अन्तर्गत अवे मैदानमा भएको खेलमा...

धेरै पढिएका

हामी रातो झण्डा फहराउनेवाला हौँ, काला झण्डा बोकेर हिँड्नेवाला होइनौँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद् किनबेचको खेल पुनः हुन थालेको जनाउँदै त्यसैले आफू प्रतिनिधिसभा विघटन गरी ताजा निर्वाचन जान लागेको बताएका छन्...

नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

जेनेभा । कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार यो सङ्क्रमण विश्वका ६० देशमा पुगिसकेको...

सिन्धुपाल्चोकको माझी बस्तीमा सैनिक श्रीमती संघको राहात

भुकम्पपछि चिटिक्क परेको बस्तीमा बस्दै आएका अल्पसंख्यक माझी समुदायले जाडोमा न्यानो मण्डी पाउँदा मख्ख थिए । मण्डी मात्रै होइन खाना पकाउने प्रेसर कुकुर पनि...

देवेन्द्रराज पाण्डेको नयाँ कृति ‘एक ज्यान दुई जुनी’ सार्वजनिक

काठमाडौं । नागरिक अगुवा, प्रखुर वक्ता एवं बौद्धिक व्यक्तित्व देवेन्द्रराज पाण्डेको आत्ममन्थन ‘एक ज्यान दुई जुनी’ लोकार्पण भएको छ । फाइनप्रिन्टले प्रकाशनमा ल्याएको कृति...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 105 times, 1 visits today)