सांसद प्रभु साहद्वारा महम्मदपुरमा ८ सय परिवारलाई ग्यास सिलिन्डर वितरण

गौर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले चुनावी प्रतिबद्धता पूरा गर्दै गरुडा नगरपालिका–५ महम्मदपुरमा ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरेका छन् ।

मंगलबार महम्मदपुरमा औपचारिक कार्यक्रम गरी ८ सय परिवारलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको छ । औपचारिक कार्यक्रममा संघीय सांसद समिना हुसेनले सांसद साहको धुवाँ मुक्त क्षेत्र बनाउने अभियानलाई महाअभियानको संज्ञा दिइन् ।

सोही क्षेत्रका नेता एवं प्रदेश २ का सांसद कुन्दन कुशवाहाले महम्मदपुर गाउँ ऐतिहासिक गाउँ भएको र यसभन्दा अगाडिका शासकले गाउँलाई पछाडि पारेको बताउदै वर्तमान सांसद साहले यस गाउँलाई शहरमा रुपान्तरण गर्न सुरुवात गरेको बताए ।

प्रतिनिधिसभाको निर्वाचन ताका सांसद साहले आफ्नो निर्वाचन क्षेत्रलाई धुवाँमुक्त बनाउने घोषणा गरेका थिए । सोही घोषणा अनुरुप निरन्तर क्षेत्रका विभिन्न गाउँमा ग्यास सिलिन्डर तथा चुल्हो वितरण गर्दै आएका छन् ।

यसअघि यस क्षेत्रको मौलापुर नगरपालिका तथा फतुवा विजयपूर नगरपालिकाका सबै स्थानमा ग्यास सिलिन्डर तथा चुल्हो वितरण भई धुवाँमुक्त नगर घोषणा भईसकेको छ । त्यस्तै गुजरा नगरपालिका, कटहरीया नगरपालिका तथा देवाही गोनाही नगरपालिकाका अधिकांस गाउँमा ग्यास सिलिन्डर वितरण भइसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

एनपिएलः काठमाडौँ गुर्खाज छ विकेटले विजयी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा चार पालिका जित्दै रेशम चौधरीको दल बन्यो पहिलो