Friday, June 18, 2021
Home Editor-Picks निर्माण समयसीमाभित्रै सकिन्छ : सेना

निर्माण समयसीमाभित्रै सकिन्छ : सेना

काठमाडौं–तराई मधेस द्रुतमार्ग

,

काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई मधेस दु्रतमार्ग निर्माणको कामले गति लिएको भन्दै निर्धारित समयसीमाभित्रै निर्माण सकिने बताएको छ । एसियाली राजमार्ग डिजाइन मापदण्ड १९९३ अनुसार निर्माण हुने राष्ट्रिय गौरवको सो आयोजनाको निर्माणको गति बढेको भन्दै सेनाले समयसीमाभित्रै निर्माण कार्य सकिने सम्भावना रहेको बताएको हो ।

‘एसियाली राजमार्ग डिजाइन मापदण्ड १९९३ अनुसार निर्माण हुने राष्ट्रिय गौरवको यो आयोजनाले विभिन्न व्यवधानका बाबजुद हाल आएर गति पकडेको छ, जसबाट यसको समयसीमाभित्र निर्माण सम्पन्न हुने सम्भावनामा गुणात्मक वृद्धि भएको छ,’ सेनाले सोमबार विज्ञप्ति जारी गर्दै भनेको छ ।

७२ दशमलव ५ किलोमिटर लामो दुरी रहने सो आयोजनाको बाग्मती प्रदेश र प्रदेश २ का गरी चारवटा जिल्ला ललितपुर, काठमाडौं, मकवानपुर र बारा हुँदै निजगढलाई अन्तिम बिन्दुका रूपमा प्रस्ताव गरिएको छ ।

सेनाले लामो समयसम्म डीपीआर उपलब्ध नहुनु र उपलब्ध भइसकेपछि पनि स्वीकृति हुन नसक्नु तथा अन्तर्राष्ट्रिय परामर्शदाताको छनोटमा हुन गएको ढिलाइ तथा कोभिड–१९ का कारण केही समय आशातीत गतिमा निर्माण कार्य अघि बढ्न नसकेको भने स्वीकार गरेको छ ।

हाल भने अन्तर्राष्ट्रिय परामर्शदाता र सम्बद्ध टिमको आगमन एवं जटिल पाटोका रूपमा रहेको सुरुङ मार्गका लागि कम्पनीहरूको सटिङका लागि मूल्यांकन कार्य भइरहेको सेनाले बताएको छ ।

हालसम्म १६ दशमलव २१ प्रतिशत कार्य प्रगति

२१ वैशाख २०७४ को मन्त्रिपरिषद्को निर्णयबाट सरकारले सो आयोजनाको व्यवस्थापनको जिम्मेवारी सेनालाई दिने निणर््ाय लिएको थियो । यस्तै, १ भदौ २०७६ मा सो आयोजनाको डीपीआर स्वीकृत गरिएको थियो । सो डीपीआरअनुसार आयोजनाको अनुमानित लागत १ सय ७५ अर्ब रहेको र दु्रतमार्ग आयोजनाको निर्माण आर्थिक वर्ष २०८०÷८१ मा सम्पन्न गर्ने गरी काम भइरहेको सेनाले बताएको हो ।

हालसम्मको समष्टिगत कार्य प्रगति
सो आयोजना हाल छैटांै चरणमा चलिरहेको छ । हालसम्म आयोजनाको वार्षिक प्रगति भौतिकतर्फ ४२ दशमलव ८५ प्रतिशत र वित्तीयतर्फ ४२ दशमलव ८० प्रतिशत रहेको सेनाले जनाएको छ ।

यसैगरी, समष्टिगत प्रगति भौतिकतर्फ १६ दशमलव २१ प्रतिशत तथा वित्तीयतर्फ ९ दशमलव ५२ प्रतिशत रहेको छ । आयोजनाको वित्तीय प्रगति विवरणअनुसार हालसम्मको कुल वित्तीय खर्च १६ अर्ब ६६ करोड रहेको सेनाले भनेको छ ।

संरचनागत कार्य प्रगति
आयोजनाको कुल लम्बाइ ७२ दशमलव ५ किमिमध्ये ३ वटा सुरुङ मार्गको जम्मा लम्बाइ ६ दशमलव ४१ किमि, विभिन्न पुलहरूको लम्बाइ १० दशमलव ५९ किमि र ढुंगामाटोको कट फिल गर्नुपर्ने सडक खण्डको लम्बाइ ५५ दशमलव ५ किमि रहेको छ । जसअन्तर्गत आयोजनाको ४४ दशमलव १ किमि सडकखण्डको सबग्रेड लेभलसम्म तयार गर्न समष्टिगत माटो काट्ने र पुर्ने कार्यहरू हालसम्म ८८ प्रतिशत सम्पन्न भएको सेनाले जनाएको छ ।

२०७७ कात्तिकसम्म सो आयोजनाको कुल कार्य अंशको थप ५ दशमलव १० प्रतिशत काम सम्पन्न भई आयोजनाको कुल कार्यको १६ दशमलव २१ प्रतिशत प्रगति हासिल भएको सेनाले जनाएको हो ।

यसैगरी, सुरुङ खण्ड निर्माण गर्न परामर्शदाता छनोट भई एक चरणको काम सकाएर रिपोर्ट तयार गर्ने काम भइरहेको र महादेवटार, धेद्रे र लेनडाँडाबाट गरी कुल १८ गोटा बोर होल्स ड्रिलिङ गर्ने कार्य अन्तिम चरणमा रहेको तथा ड्रिलिङ गरिएका स्थानको नमुना परीक्षण गर्ने काम भइरहेको छ ।

यस्तै, सुरुङ मार्ग निर्माण कार्यका लागि सक्षम अन्तर्राष्ट्रिय निर्माण व्यवसायी छनोट गर्न हाल मूल्यांकनको कार्य भइरहेको छ । मूल्यांकनको कार्य यही मंसिर मसान्तसम्म सम्पन्न गरी थप काम गरिने सेनाले बताएको छ । कार्यतालिकाअनुसार चैतसम्ममा सम्झौता सम्पन्न भई सुरुङ मार्गको कार्य सुरु गर्ने लक्ष्य सेनाको छ ।

यसैगरी, पुल निर्माण, बेलिब्रिज निर्माण कार्यलगायतका लागि समेत आवश्यक प्रक्रिया अघि बढाइएको छ भने सुरुङ एवं पुल निर्माणलगायतका कार्यमा सहजताका लागि पहुँच मार्ग निर्माण गर्ने कार्यसमेत भइरहेको छ ।

आर्थिक वर्ष २०७७-७८ को वार्षिक कार्यक्रम तथा कार्यान्वयन कार्ययोजनाअन्तर्गत चालु आर्थिक वर्ष २०७७÷७८ को पुँजीगततर्फ ८ अर्ब ८४ करोड र चालुतर्फ ९ करोड ८४ लाख गरी जम्मा ८ अर्ब ९३ करोड ८८ लाख बजेट विनियोजन भएको सेनाले जनाएको छ ।

सरकारद्वारा निर्दिष्ट भएअनुरूप नेपाली सेना राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको सो दु्रतमार्ग सडक आयोजना सफलतापूर्वक सम्पन्न गर्न कटिबद्ध रहेको सेनाले भनेको छ ।

(Visited 300 times, 1 visits today)
Loading comments...

आजको समाचार

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिने

  पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिन लागेका छन् । गत २९ जेठमा संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री नियुक्त...

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

गर्मी छल्न पाटन उक्लेका भेडिगोठको विचल्ली

  जुम्ला । गर्मी छल्न पाटन उक्लेका भेडिगोठहरु निरन्तरको वर्षाले समस्यामा परेका छन् । भेडाको बथान सँगै पाटन र खर्कहरुमा बसेका भेडिगोठालाहरु अहिले विचल्लीमा छन्...

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रारम्भ

काठमाडौं । विगतको वर्ष कोरोनाको महामारीका कारण गत वर्ष आयोजना नसकेको नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२१ बिहीबारबाट सुरु भएको छ । यो महोत्सव आइतबारसम्म...

साताका लोकप्रिय समाचार

अब ‘स्मार्ट लकडाउन’ गर्ने सीसीएमसीको निर्णय

काठमाडौं । कोभिड १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले संक्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्ति सहित ‘स्मार्ट लकडाउन’ तर्फ जाने...

खोपको हाहाकार र भारतको खोप उत्पादक कम्पनीहरूको अवस्था

खोप के हो र यसको आवश्यक्ता किन पर्छ त्यसको वास्तविकता यतिबेला सबैमाझ खुलेको छ अर्थात् कोरोनाले पूरै विश्व ग्रसित भएपछि । पछिल्लो दुई वर्षदेखि...

महिला भलिबल टोलीको प्रशिक्षण सुरु

काठमाडौं । आगामी भदौमा फिलिपिन्समा आयोजना हुने एसियन भलिबल च्याम्पियनसिपका लागि नेपाली महिला राष्ट्रिय टोलीको मंगलबारदेखि प्रशिक्षण सुरु गरेको छ । टोलीले त्रिपुरेश्वरस्थित राष्ट्रिय...

सुदूरपश्चिमले ल्यायो ३० अर्ब ३३ करोडको बजेट

  धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७८ का लागि ३० अर्बको बजेट ल्याएको छ । प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले...

केही दिनमै सुखद समाचार आउँछ : शेरबहादुर तामाङ

  स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले कोरोनाविरुद्धको खोप आमनागरिकलाई उपलब्ध गराउने ‘पहिलो एजेण्डा’ बनाएका छन् । अस्पतालको पूर्वाधार विकास, निजी तथा सरकारी अस्पतालका विकृति अन्त्य...

ट्रेन्डिङ

जो बाइडेनले लिए सपथ, ट्रम्पले बधाई समेत दिएनन्

वासिङटन । अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले क्यापिटोल हिलमा बुधबार आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ लिएका छन् । उनलाई अमेरिकी सर्वोच्च अदालतका प्रधान...

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

खाद्यसुरक्षा र वितरणमा ध्यान देऊ

इलामको सूर्योदय नगरपालिकाले कोभिड–१९ को महामारीमा दाताले दिएको चामल समयमै वितरण नगर्दा कुहिएर खाल्डोमा पुरी नस्ट गरेको छ । एकातिर लकडाउनका कारण मजदुर भोकभोकै...

कार्यसम्पादन गुणस्तर बढाउने तत्वहरू

अन्य प्राणीभन्दा मानव विवेकशील प्राणी हो तथापि उसको सामाजिक र व्यवस्थापकीय कार्यसम्पादनमा उत्प्रेरणाको अहं भूमिका रहन्छ । घरायसी कार्य होस् वा सामाजिक तथा औपचारिक...

किन गरिन्छ आत्महत्या ?

विश्व स्वास्थ्य संगठनअनुसार संसारभर बढी आत्महत्या हुने देशमध्ये नेपाल सातौं स्थानमा पर्छ । नेपालमा पुरुषको तुलनामा आत्महत्या गर्ने महिलाको संख्या धेरै छ । आत्महत्या...

टिकटक बनाउन आएकी बहिनी बलात्कार गर्ने दाजु पक्राउ

लमजुङ । नाताले बहिनी पर्ने १२ वर्षीया किशोरीलाई जवर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले १९ बर्षीय युवालाई पक्राउ गरेको छ । बलात्कृत किशोरीको स्वास्थ्य परीक्षणका...

कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ३०० नाघ्यो

हुबेइमा मात्र एकै दिनमा २४२ जनाको मृत्यु बेइजिङ । कोरोनाभाइरसबाट बढी सङ्क्रमित भएको भनिएको चीनको हुबेइ प्रान्तको उहानमा मात्र एकै दिनमा २४२ जनाको मृत्यु...

‘अन्तरजातीय बिभेद, बिहे हठ र असावधानीपछि सोती घटना’

रुकुम पश्चिम । संयुक्त दलित जनअधिकार मञ्चले सोती घटना जातीय विभेदको पराकाष्ठा भएको निष्कर्ष निकालेको छ । स्थलगत अध्ययनपछि सार्वजनिक गरिएको १५ पेजको प्रतिवेदनको...

पाँच दिनयता संक्रमित ह्वात्तै बढे

काठमाडौं । कोरोना भाइरस संक्रमित संख्या पाँच दिनयता ह्वात्तै बढेको पाइएको छ । फागुन अन्तिम साता २ अंकमा झरेको संक्रमित संख्या उकालो लागेको हो...

ओलम्पियनसहित ८९ जनाको कोरोना बिमा

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले ओलम्पियन खेलाडीसहित ८९ जनाको कोरोना भाइरस (कोभिड–१९) को बिमा गराएको छ । एनओसीले शुक्रबार विज्ञप्ति जारी गर्दै एनओसीका...

दोहोरो अङ्कले घट्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १७.५० अङ्कले घटेर एक...

हाम्रो व्यासभूमि

महर्षि व्यास जन्मेको ठूलो पावन धाम छ । सेती र मादीको वेणी प्रयाग सरि तुल्य छ ।। दमौली पून्यभूमियो व्यास नगर नाम छ । हेर्दा नेपालको चित्र...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)