काठमाडौं । वांमय शताब्दी पुरुष डा. सत्यमोहन जोशीले आफ्नै निवासमा एकसाथ तीन कृति लोकार्पण गरेका छन् । काठमाडौंमा कोरोना भाइरसको संक्रमण बढेपछि घरबाट बाहिर हिड्न छाडेका शताब्दी पुरुष जोशीले साहित्यकार डीआरद्वारा लिखित यात्रासंस्मरण ‘सेन्टोसा’, पेसागत अनुभव एवं अनुभूतिको संग्रह समयको ‘डोब’ र गीति एल्बम ‘भुइँचम्पा’को एक साथ बिमोचन गरेका छन् ।
शंकर लामिछाने प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रममा बोल्दै वांमय शताब्दी पुरुष जोशीले नेपाली साहित्यलाई अनुवादका माध्यमबाट विदेशमा पु¥याउनुपर्ने आवश्यकतामाथि जोड दिए । त्यसो भएमा मात्र नेपाली साहित्यका माध्यमबाट हामीले देशको पहिचानलाई विश्वव्यापी गर्न सक्ने भनाइ उनले राखे । जोशीको कथनमा यात्रालेखन अत्यन्त उत्तरदायीपूर्ण लेखन हो । कोरोनाका कारण अन्य गतिविधिजस्तै नेपाली साहित्यिक गतिविधिहरू केही समय रोकिए पनि फेरि चहलपहल बढेकोमा आफूखुसी भएको उनले बताए । कोरोनाकै कारण आफू बाहिर नगएको पनि उनले प्रस्ट पारे ।
शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीले प्रतिष्ठानले अहिले नेपाली निबन्ध र यात्रालाई अंगे्रजीमा अनुवाद गर्ने कामलाई अघि बढाएको बताए । उनले लामिछानेको एब्स्ट्रयाक्ट चिन्तन प्याजको अंगे्रजी अनुवाद प्रकाशनको क्रममा रहेको र नेपाली नियात्राको प्रतिनिधिमूलक अंगे्रजी अनुवादको काम अघि बढेको जानकारी दिए ।
सो कार्यक्रममा प्रमुख वक्ता समालोचक प्रमोद प्रधानले साहित्यकार डीआरका कृतिहरूको समीक्षा गर्दै अघिल्लो यात्रानिबन्ध कृति कान्तिपुरदेखि सन्दकपुरसम्म भन्दा सेन्टोसा विषयवस्तुको चयन, त्यसको प्रस्तुति र भाषा सबै दृष्टिकोणबाट महŒवपूर्ण भएको बताए । उनले लेखक डीआरलाई समयको डोबले फोटोग्राफी पेसामा संलग्न हुँदाको संघर्षलाई अभिलेखनको काम गरेको छ भने ।
कार्यक्रममा कथाकार किशोर पहाडी, निबन्धकार युवराज नयाँघरे, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका वरिष्ठ उपाध्यक्ष साहित्यकार बाबा बस्नेत, संगीतकार सरोज कोइराला, पुष्पा खनाल र प्रकाशक बीएन पुस्तक संसारका सूर्य बीसीले पनि लोकार्पित कृति र कृतिकारबारे आआफ्ना धारणा राखे ।
छैटौं गीति एल्बम भुइँचम्पामा विभिन्न संगीतकारको संगीतमा विभिन्न गायकगायिकाले गाएका सात ओटा गीत छन् । गीतहरूमा संगीतकारहरू सन्तोष श्रेष्ठ, मनराजा नकर्मी, ज्योतिप्रकाश, महेश खड्का, कुवेर राई र सरोज कोइरालाको संगीत रहेको छ । यसमा सञ्जीवनी, संगीता प्रधान, उदय सोताङ र मनिला सोताङ, अन्जु पन्त र यम बराल, कुवेर राई, आनन्द कार्की र मेलिना राईले स्वर दिएका छन् ।
कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशीको विशेष सम्मान पनि गरिएको थियो । यसैगरी प्रमोद प्रधान र सर्जक राईलाई प्रकाशकका तर्फबाट सम्मान गरिएको थियो ।
लोखक डीआर राईले कृति सिर्जना गर्दाका अनुभव सो कार्यक्रममा सुनाए । स्रष्टा डीआरको सेन्टोसा दोस्रो यात्रानिबन्ध कृति हो । समयको डोबमा भने उनको फोटोग्राफी यात्राको कथासँगै विभिन्न व्यक्तिहरूको विचारहरू समेटिएका छन् ।