राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै पोखरा र जनकपुरमा प्रदर्शन (फोटो फिचर)

काठमाडौं । नेपाल राष्ट्रवादी समूहले देशका विभिन्न सहरमा राजतन्त्र र हिन्दू राष्ट्रको माग गर्दै प्रदर्शन गरेका छन् । विशेष गरेर पोखरा र जनकपुरको प्रदर्शन भने ठूलै देखिएको थियो ।

जनकपुरधाममा आयोजित मोटरसाइकल –यालीमा गाउँ गाउँबाट राजतन्त्र समर्थकहरु सहभागी भएका थिए । उनीहरुले राजतन्त्रको पक्षमा नाराबाजी गरेका थिए । प्रदर्शनमा सहभागीहरुले ‘राजा आउ देश बचाउ, हिन्दू राष्ट्र कायम गर’ जस्ता नारा लगाएका थिए । जनकपुरधामको रेल्वे स्टेशनवाट निस्केको सो –याली नगरको विभिन्न चोकको परिक्रमा गरेको थियो ।

पोखरामा समेत राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै प्रदर्शन भएको छ । पोखरामा आयोजित राजतन्त्र समर्थकहरुले मोटरसाइकल –यालीको आयोजना गरेको हुन । –यालीपछि आयोजित कोणसभा ‘श्रीमान गम्भीर नेपाली’ गीतबाट सुरु भएको थियो । यसैगरी प्रदर्शनमा सहभागिहरुले राजसंस्था र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नाराबाजी समेत गरेका थिए ।

पछिल्लो समय राजसंस्था र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै देशका विभिन्न स्थानमा प्रदर्शन भइरेहको छ । गन्तन्त्रवादीहरु देश चलाउन नसकेकोले नेपाललाई असफल हुनबाट जोगाउन राजा आवश्यक रहेको उनीहरुको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 329 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

इलाममा गर्भवती विमलाको शव गाडिएको अवस्थामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कर्णालीमा चार महिलाले दिए मेयरमा उम्मेदवारी