Saturday, January 23, 2021
Home भर्खरै नेकपा दस्तावेज छपाइ प्रकरणमा पद्धति मिचेको निष्कर्ष

नेकपा दस्तावेज छपाइ प्रकरणमा पद्धति मिचेको निष्कर्ष

काठमाडौं । सत्तारूढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पार्टी सचिवालयमा छलफलका क्रममा रहेका दस्तावेज आफूखुसी किताबका रूपमा निकालेर वितरण गरी कार्यकर्तामा विभाजित मानसिकता सिर्जना गर्दै पार्टीलाई फुटको दिशामा अग्रसर गराउन खोजेको आरोप लागेको छ ।

अध्यक्ष प्रचण्डले सचिवालयमा पेस गरेको दस्तावेजमा प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध संगिन आरोप लगाइएको छ । यद्यपि ओलीले पनि आगामी १३ मंसिरमा बस्ने सचिवालय बैठकमा सो आरोपको खण्डनसहितको दस्तावेज तयार पार्ने गरी गृहकार्य अघि बढाएका छन् ।

दुवै पक्षले एक अर्कालाई पार्टी विभाजन गराउन खोजेको आरोप लगाउँदै आइरहेका छन् । दुवै अध्यक्षको छुट्टाछुट्टै दस्तावेजबारे सचिवालयमै छलफल गरी निष्कर्ष निकाल्नुपर्नेमा अध्यक्ष प्रचण्डले आफ्नो दस्तावेज कार्यकर्ता तहमा लैजाँदा त्यसले गलत सन्देश दिने र पार्टी एकतामा नै गम्भीर धक्का लाग्न सक्ने ओली पक्षका नेताको दाबी छ । ओली पक्षका नेताले विधि र पद्धतिको चर्को आवाज उठाउनेहरूले नै विधि पद्धति मिचेर अराजकता मच्चाएको आरोप लगाएका छन् ।

अध्यक्ष प्रचण्डले सो दस्तावेजलाई किताबका रूपमा प्रकाशन गरी प्रदेश तथा जिल्ला तहमा पठाएपछि नेकपाभित्रको विवादले नयाँ रूप लिएको छ । अर्का अध्यक्षलाई आरोप नै आरोप लगाएर तयार पारिए पनि पुस्तकको नाम भने ‘पार्टी एकता र पार्टी निर्माणको आधार’ दिइएको छ । सो किताब देशव्यापी रूपमा वितरण गर्नुलाई पार्टीका नेताले पार्टी विभाजनको औपचारिक कदमका रूपमा चित्रण गर्न थालेका छन् ।

अराजकता र अनुशासनहीनताका कारण पार्टी विभाजनको खतरा बढेको आरोप  विधि र पद्धतिको कुरा गर्नेले नै पद्धति मिचेको निष्कर्ष

सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले अध्यक्ष प्रचण्ड पक्षको यस्तो कदमले पार्टीभित्र गरिएको सहमतिको प्रयासमा गम्भीर धक्का पुगेको बताएका छन् । ‘यसरी आफूखुसी पुस्तक निकालेर वितरण गर्ने कार्य अत्यन्तै गलत र आपत्तिजनक छ,’ पोखरेलले भने ।

ओली पक्ष नेताहरूले अध्यक्ष प्रचण्ड र नेपाल समूहले अनधिकृत रूपमा दस्तावेज छापेर तलसम्म पु¥याउने काम गर्नुले उनीहरू पार्टी फुटाउन उद्यत भएको पुष्टि हुने बताएका छन् । नेकपा संसदीय दलका उपनेता एवं स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले सचिवालयमा छलफलकै क्रममा रहेको दस्तावेज बाहिर बाँड्नु गलत भएको बताए ।

पार्टीको विधि पद्धति भएको उल्लेख गर्दै नेम्वाङले भने, ‘अहिलेसम्मको चलनअनुसार पार्टीले निर्णय गरेर मात्रै दस्तावेजहरू प्रकाशन गर्ने र जुन तहसम्म लैजाने निर्णय भएको हो, त्यसैका आधारमा लैजानु पर्नेमा आफूखुसी प्रक्रिया मिचेर दस्तावेज प्रकाशन गरिएको छ ।’

यो पनि पढ्नुहोस   प्रधानमन्त्रीलाई गालीको वर्षा, सडकबाटै हटाउने चेतावनी

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रचण्डले कार्यकर्तामाझ पठाएको पुस्तक पार्टी एकता र पार्टी निर्माणको आधार नभई पार्टी विभाजन र सर्वनाशको आधार बन्न सक्ने चित्रण गरेका छन् । उनले प्रचण्डको सो अराजनीतिक दस्तावेजलाई अनधिकृत रूपमा कार्यकर्तासम्म पु-याएर पार्टीको विधि र पद्धतिको खिल्ली उडाउने काम गरिएको बताए ।

‘अहिलेसम्मको चलनअनुसार पार्टीले निर्णय गरेर मात्रै दस्तावेजहरू प्रकाशन गर्ने र जुन तहसम्म लैजाने निर्णय भएको हो, त्यसैका आधारमा लैजानु पर्नेमा आफूखुसी प्रक्रिया मिचेर दस्तावेज प्रकाशन गरिएको छ’
– नेम्वाङ

नेकपा स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले त्यसरी निर्णय नभएको विषय तल्लो तहसम्म पठाउनु उचित नभएको बताए । प्रचण्डपक्ष नेताहरूले भने दस्तावेजका विषय मिडियामार्फत सार्वजनिक भएकाले किताब निकालेर कार्यकर्तासमक्ष पु¥याउने कार्य सामान्य भएको बताएका छन् ।

पुस्तक छापियो तर केन्द्रीय कार्यालयका दुवै सचिव बेखबर
प्रचण्डले छापेको सो पुस्तकका बारेमा केन्द्रीय कार्यालयका सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजाल भने बेखबर रहेको पाइएको छ । उनीहरूले यस विषयमा आफूहरूलाई केही पनि थाहा नभएको बताएका छन् । ‘पार्टीको आधिकारिक दस्तावेज महासचिवद्वारा सचिव हुँदै तलसम्म पुग्नुपर्ने परिपाटी हो तर अहिले मैले पनि एकतर्फी रूपमा दस्तावेज प्रकाशित गरेर तलसम्म पु¥याइएको छ भन्ने सुनेको छु, यो विधानत गलत हो,’ कार्यालय सचिव रिजालले भने ।

‘लोगोको दुरुपयोग भयो’
पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका उपप्रमुखसमेत रहेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टी केन्द्रीय कार्यालय र पार्टीको लोगोको अनधिकृत प्रयोग भएको आरोप लगाए । उनले अध्यक्ष प्रचण्डले स्वेच्छाचारी रूपमा लोगोको दुरुपयोग गरेर सचिवालयमा प्रस्तुत अराजनीतिक दस्तावेज प्रिन्ट गर्दै देशव्यापी रूपमा वितरण गरिनु आपत्तिजनक भएको बताए । ‘पार्टीका केन्द्रीय सामग्रीको प्रकाशनको सन्दर्भमा हाम्रो पनि संलग्नता र सरोकार रहन्छ तर यसमा अहिलेसम्म कुनै जानकारी आएको छैन,’ थापाले राजधानीसँग भने ।

आम रूपमा पार्टी कमिटीमा छलफल भएर निस्किएको निष्कर्षलाई अन्तरपार्टी निर्देशिकामार्फत नेता कार्यकर्ताकहाँ पु¥याउने पार्टीको पद्धति र नियम हुन्छ । तर, नेकपामा शक्तिसंघर्ष उत्कर्षमा पुगिरहेको समयमा यस्ता सबै पद्धति र नियमहरूको ठाडो उल्लंघन भएको भन्दै आमकार्यकर्ताहरू निराश बनेका छन् ।

(Visited 180 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्रधानमन्त्रीलाई गालीको वर्षा, सडकबाटै हटाउने चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । सो प्रदर्शनमा देशभरबाट मानिस सहभागी गराइएको...

६ महिनामा ६ खर्बभन्दा बढीको व्यापार घाटा

काठमाडौं । चालू आर्थिक वर्षको साउनदेखि पुससम्म विदेशी वस्तुको आयातमा ५ प्रतिशतले कमी आएको छ भने निर्यातमा ६ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागका...

साताका लोकप्रिय समाचार

ओलीले संविधान मिचेर लुडो खेल सरह बनाए : उपेन्द्र यादव

सप्तरी । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीद्वारा गरिएको प्रतिनिधिसभा विघटन संविधान माथीको ठाडो प्रहार रहेको भन्दै यसलाई नसच्याइए गणतन्त्र समेत खतरामा पर्ने...

एकै वकिलबाट तीन घण्टा लामो बहसले सुनुवाइ लम्बिने संकेत

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका रिट निवेदनमाथिको सुनुवाइमा समयसीमा नतोकिँदा एकै वकिलले लामो समय लिन थालेका छन् । सोमबार प्रतिनिधिसभाविरुद्धको रिटमा अधिवक्ता दिनमणि...

त्रिविमा बेथितिः तलबमा वार्षिक ४ अर्बभन्दा बढी खर्च

काठमाडौं । त्रिभुवन विश्वविद्यालय र मातहतका क्याम्पस तथा निकायमा अध्यापनरत कर्मचारीको तलबमा मात्रै वार्षिक अनुमानित खर्च ४ अर्ब रुपैयाँ हुने गरेको पाइएको छ । त्रिवि...

सर्लाहीमा बर्दीमै तास खेलेका १४ प्रहरीलाई कारवाही

सर्लाहीको वरथहवामा रहेको इलाका प्रहरी कार्यालय बरथहवामा बर्दीमै तास खेल्ने प्रहरी कर्मचारीलाई कारवाही गरिएको छ । प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को परिच्छेद १० को...

दाहाल–नेपाल समूहको शक्ति प्रदर्शन (फाेटाेफिचर)

काठमाडौँ । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले राजधानीमा शक्ति प्रदर्शन गरेकाे छ । राजधानीका विभिन्न स्थानबाट विरोध जुलुस निकालेको छ...

ट्रेन्डिङ

अन्ततः अब गौतम राष्ट्रियसभा सदस्य बन्ने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रियसभा सदस्यमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेको छ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा...

बुढीगण्डकीमा भ्रष्टाचार गरेको प्रमाण ल्याउन बाबु्रामलाई कांग्रेसको चुनौति

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले बुढीगण्डकी जलविद्युत आयोजनामा भ्रष्टाचार भएको प्रमाण ल्याउन डा. बाबुराम भट्टराईलाई चुनौती दिएको छ । पूर्वप्रधानमन्त्री भट्टराईले केही दिन...

गल्छी–मैलुङ सडकमा ६५ प्रतिशत बढी प्रगति

काठमाडौं । उत्तरी छिमेकी चीन जोड्ने प्रमुख नाकाका रूपमा विस्तार भइरहेको सडक खण्ड हो, गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक । सोही सडक आयोजनाका अधिकारी, प्रधानमन्त्री कार्यालयका विज्ञ,...

रनबहादुर विक, छिमेकीलाई विषालु साग खुवाए र आत्महत्या गरे

गलकोट । बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँ रिजाल चोकको एक परिवारलाई जरिङ्गो नामको विषालु साग दिने व्यक्तिले आत्महत्या गरेका छन् । छिमेकीलाई दिएको जरिङ्गोको साग खाएर...

सुन प्रतितोला ८०० ले घट्यो

स्थानीय बजारमा आज सुनको भाउ प्रतितोला रु ८०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला...

विद्यार्थीमाथि निर्ममताको हद : कम अंक ल्याउँदा ३४ विद्यार्थीको हात ब्लेडले चिरियो

हात चिर्न लगाउने शिक्षिका पक्राउ
यो पनि पढ्नुहोस   दाहाल–नेपाल समूहको शक्ति प्रदर्शन (फाेटाेफिचर)
काठमाडौं।  राजधानीमा नै एक विद्यालयकी शिक्षिकाले आफ्ना ३४ जना विद्यार्थीलाई कक्षा परीक्षामा कम अंक ल्याएको भन्दै ब्लेडले हात चिरिदिएकी छन्...

‘एसईई परीक्षा जसरी पनि हुन्छ, तयारी गर्नू’

काठमाडौं । गत ५ चैत २०७६ मा स्थगित गरिएको एसईई परीक्षा सञ्चालन गर्न गृहकार्य अघि बढाइएको छ । सांसदहरूले एसईई परीक्षा नगराउन आवाज उठाइरहेको...

कुटपिटबाट गुल्मीमा एक जनाको मृत्यु

गुल्मी । गुल्मीको इस्मामा कुटपिटबाट एक जनाको मृत्यु भएको । इस्मा गाउँपालिका वडा नं २ हस्तिचौर घर भई वडा नं १ को छिनुवामा होटल...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

लखेटी–लेखटी चौधरीको हत्या गर्ने ३ जना पक्राउ

तुलसीपुर । दाङमा एक जनाको हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार दिउँसो राप्ती गाउँपालिका ६ बस्ने बर्ष ४० को...

तस्विरमा प्रतिनिधिसभा विघटन विरुद्ध प्रर्दशन

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समुहले शुक्रवार काठमाडौंमा शक्ति प्रर्दशन गरेको छ । काठमाडौंको विभिन्न स्थानहरुबाट निस्किएको जुलुस रत्नपार्कमा...

थप ३०२ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३०२ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो...

ओलीलाई तह लगाउन नसकेकोमा प्रचण्डद्धारा आत्मालोचना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी दाहाल नेपाल समुहका पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई तह लगाउन नसकेको बताएका छन् । शुक्रवार राजधानीमा आयोजित प्रदर्शनपछिको...

भर्खरै

मकवानपुरकाे फाखेलमा सवारीसाधनमा आगजनी,मनहरी खोलामा ‘बम’

हेटौँडा । मकवानपुरको फाखेलमा अज्ञात समूहले पिकअप भ्यानमा आगजनी गरेको छ। कुलेखानी–फाखेल सडकखण्ड अन्तर्गत इन्द्रेसरोबर गाँउपालिका –४ मा हेटौँडाबाट काठमाडौं तर्फ जाँदै गरेको बा...

प्रधानमन्त्रीलाई गालीको वर्षा, सडकबाटै हटाउने चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । सो प्रदर्शनमा देशभरबाट मानिस सहभागी गराइएको...

राष्ट्रिय एकता र सुरक्षामा उल्लेख्य प्रगति गरेको सरकारको वार्षिक प्रतिवेदन

काठमाडौं । सरकारले एक वर्षको अवधिमा राष्ट्रिय एकता र सुरक्षाको सवालमा उल्लेख्य काम भएको स्पष्ट पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपालको संविधानको...

६ महिनामा ६ खर्बभन्दा बढीको व्यापार घाटा

काठमाडौं । चालू आर्थिक वर्षको साउनदेखि पुससम्म विदेशी वस्तुको आयातमा ५ प्रतिशतले कमी आएको छ भने निर्यातमा ६ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागका...

धेरै पढिएका

स्थानीय सरकार र नागरिक सम्बन्ध

विगत २०५४ सालमा स्थानीय निर्वाचन भई कार्यकाल २०५९ सालमा सकिएपछि अहिले १५ वर्षमा चुनाव हुँदै गर्दा पहिलो चरणको चुनाव सम्पन्न भएको र दोस्रो चरणको...

सम्झनामा तारादेवी

काठमाडौं । विगतझैं यसवर्ष पनि स्वर किन्नरी तारा देवीको पुण्य स्मृतिमो सम्झनामा तारा देवी तथा सम्मान कार्यक्रम हुने भएको छ । उनको १५औं स्मृतिमा...

केही दिन हुस्सु र तुवाँलाे लाग्ने,पूर्वमा वर्षाकाे सम्भावना

काठमाडाैं ।  न्यूनचापीय प्रणालीको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । जल तथ मौसम विज्ञान विभागका अनुसार बङ्गलादेश र आसपासमा...

साथीको बिहे खान भन्दै एउटै मोटरसाइकलमा चढेका तीन मध्ये दुई जनाको मृत्यु

सप्तरी, राजविराज । साथीको विवाहका लागि एउटै मोटरसाइकल तीन जना चढेर जाँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भिर घाइते...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 102 times, 1 visits today)