भारतका विदेश सचिव हर्षवर्धन काठमाडौंमा, आज को-कोसँग भेट हुँदैछ ?

काठमाडौं । दुई दिने नेपाल भ्रमणका लागि भारतका विदेश सचिव हर्षवर्धन श्रृंगला काठमाडौं आइपुगेका छन् । विदेश सचिव श्रृंगला इन्डियन एयर फोर्सको विमानबाट बिहीबार बिहान त्रिभुवन विमानजस्थलमा उत्रिएका हुन्। कोरोनोको कारण नेपाल भारतबीच नियमित उडान नभएका कारण उनी इन्डियन एयर फोर्सको विमानबाट आएको परराष्ट्र सचिव पौडेलले जनाकारी दिए।

विदेश सचिव श्रृंगलाको यो पहिलो नेपाल भ्रमण हो । उनको नेपाल आगमन दुई देशबीच उच्चस्तरमा भइरहेको भ्रमणको आदान प्रदानकै निरन्तरता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा औपचारिक भ्रमणमा आउन लागेका श्रृंगलाले आजै उच्चस्तरीय भेटवार्ता गर्ने छन् । उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलगायतलाई भेट्ने कार्यक्रम छ । त्यसअघि परराष्ट्र सचिवले दुईपक्षीय विषयहरुमा वार्ता गर्नेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 322 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुई तिर !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
देउवाको हस्तक्षेमा एउटै पालिकामा दुई उम्मेद्वार सिफारिस गरेपछि काँग्रेस कैलालीमा विवाद