लन्डन । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले वर्षका उत्कृष्ट खेलाडीलाई सम्मान गर्नका लागि स्थापना गरेको द बेस्ट अवार्डको सन् २०२० का लागि मनोनयन सार्वजनिक गरेको छ ।
पुरुषतर्फ उत्कृष्ट खेलाडीलाई प्रदान गरिने अवार्डका लागि ११ खेलाडीको मनोनयन सार्वजनिक गरिएको छ । जसमा थियागो अलाकान्टरा (स्पेनर बायर्न म्युनिखर लिभरपुल), क्रिस्टियानो रोनाल्डो (पोर्चुगलरयुभेन्टस), केभिन डे ब्रुएन (बेल्जियमरम्यानचेस्टर सिटी), रोबर्ट लेवान्डोस्की (पोल्यान्डरबायर्न म्युनिख), साडियो माने (सेनेगलरलिभरपुल), किलियन एम्बापपे (फ्रान्सरपेरिस सेन्ट जर्मेन) छन् ।
त्यसैगरी लिओनेल मेस्सी (अर्जेन्टिनारबार्सिलोना), नेयमार (ब्राजिलरपेरिस सेन्ट जर्मेन), सर्जियो रामोस (स्पेनररियल म्याड्रिड), मोहमद सलाह (इजिप्टरलिभरपुल), भर्जिल भान डाइक (नेदरल्यान्ड्सरलिभरपुल) को नाम समावेश छ ।
यस्तै, फिफाले उत्कृष्ट गोलरक्षकलाई फरक विधा तोक्दै सम्मान गर्दै आएको छ । द बेस्ट गोलरक्षकको मनोनयनमा एलिसन बेकर (ब्राजिल, लिभरपुल), थिबाउट कोर्टुवा (बेल्जियमर रियल म्याड्रिड) केलर नाभास (कोस्टारिका÷पेरिस सेन्ट जर्मेन), म्यानुएल नोएर (जर्मनी÷बायर्न म्युनिख), जान ओब्लाक (स्लोभेनिया÷एटलेटिको म्याड्रिड), मार्क आन्दर टेर स्टेगन (जर्मनी÷बार्सिलोना)
द बेस्ट प्रशिक्षकका लागि मनोनयन सुचीमा मार्सेलो बिएस्ला (अर्जेन्टिना÷लिड्स युनाइटेड), हान्सी फ्लिक (जर्मनी÷बायर्न म्युनिख), योर्गेन क्लोप (जर्मनी÷लिभरपुल), जुलेन लोपेटेगुइ (स्पेन, सेभिल्ला), जिनेदिन जिदान (फ्रान्स÷रियल म्याड्रिड) छन् ।