Saturday, January 16, 2021
Home Not-to-be-missed बाल पेन्टिङमा सेलिब्रेटी उतार्दै पोखरेली अनिश

बाल पेन्टिङमा सेलिब्रेटी उतार्दै पोखरेली अनिश

काठमाडौं । विभिन्न कलाकार तथा सेलिब्रेटीलाई भित्तेचित्रमा उतार्नु चित्रकार अनिश बानियाँको अनौठो सोख रहेको छ । पोखरा नगरपालिका १६ लामाचौंर, बानियाँथरका बासिन्दा अनिशको घर पुग्दा कोठाहरू सेलिब्रेटीको मुहारचित्र युक्त पेन्टिङले सजिएको पाइन्छ । ती चित्रले जो कोहीलाई पनि आकर्षण गर्छ । २३ वषीर्य अनिशको दिनचर्या भनेकै अहिले पोखराका भित्ताहरूलाई विभिन्न सुन्दर वाल पेन्टिङ बनाएर सजाउने हो ।

कोरोनाको कहरमा आफूलाई थप वाल पेन्टिङमा समय दिने अवसर प्राप्त भएको उनी बताउँछन् । पोखरा कलेज अफ म्यानेजमेन्टमा बीबीए ८ सेमेस्टरमा अध्ययनरत बानियाँले आफ्नो पढाइसँगै अन्य विभिन्न क्रियाकलाप पनि अगाडि बढाएका छन् । उनले पढाइसँगै वाल पेन्टिङबाट आफूलाई सक्रिय बनाएका छन् । हिमालय रोडिजको त्रस्रो सिजनका अनिश बानिया टप पाँचसम्म पुगेका थिए । नेपालकै पहिलो एडभेन्चर रियालिटी सो हिमालय रोडिजले पछि उनको धैरैजनाको मन जितेका छन् ।

हिमालय रोडिजमा टप पाँच सम्मको प्रेवशबाट धैरैजना फ्यानहरू फेसबुक र इन्स्टाग्राममा उनी सँग जोधिए जसले गर्दा उनलाई सधैं नयाँ काम गर्ने उर्जा प्रदान गरेको उनको अनुभव छ ।

उनले अभिनेता राजेश हमालसहित विभिन्न सेलिब्रटिलाई वाल पेन्टिङमा उतारेका छन् । यस्तै आफूलाई मन पर्ने भगवान श्रीकृष्णलाई पनि उनी वाल पेन्टिङमा उतार्ने गर्छन् । युवाको फिटनेस रोल मोडल सुकदेव कार्कीलगायत आफूलाई मनमा लागेको विभिन्न व्यक्तिलाई वाल पेन्टिङमा उतार्नु आफ्नो दिन चर्चा भएको उनले बताए ।

हरेक पेन्टिङ निकै मेहेनत गरेर र आफूलाई मन छुने वाल पेन्टिङको रूपमा तयार गर्छन् । यसै प्रसँगमा अनिशले भने, ‘मलाई सानोदेखि नै पेन्टिङमा रुचि भएकाले विभिन्न मन परेको पेन्टिङ गर्थे । बिस्तारै अहिले मैले विभिन्न सेलिब्रेटीलाई चित्रण गरेर उनीहरूलाई भित्तामा पेन्टिङमार्फत उतार्ने गर्छु ।’

यो पनि पढ्नुहोस   अभिनेत्री कंगनालाई कथा चोरीको आरोप

वाल पेन्टिङसँग आफ्नो भावानात्मक सम्बन्ध रहेको उनले बताउने गरेका छन्, ‘भावना र मनमा डुबेर नै प्राय म पेन्टिङ गर्छु । त्यसैले मेरो यससँगको निकै गहिरो भावनात्मक सम्बन्ध छ । ’

सबैजनाले उनले गरेको वाल पेन्टिङको तारिफ गरेर आफूलाई यस क्षत्रमा अझै निखार ल्याउने चाहना रहेको उनी बताउँछन् । नेपालको युवाको फिटनेस रोल मोडल सुकदेव कार्कीको वाल पेन्टिङ बनाउँदा आफू भावुक भएको अनुभव सुनाए । सुकदेव कार्की उनको फिटनेसको प्रेरणको स्रोत भएको बताए । उनी नेपाल फस्ट स्टेज वर्कआउट विजेता पनि हुन । जुन सुकदेवको नेतृत्वमा आयोजना गरिएको थियो ।

रोडिजबाट आफ्नो प्रशंसक बढाएका अनिशको प्रशंसकले उनको कलाको तारिफ गर्ने गरेका छन् । उनले आफ्नो प्रशंसकको प्रेरणा स्वरूप कला देखाउन अवसर समाजिक सञ्जालमार्फत मिलेको बताएका छन्, ‘मैले यो काम गरिरहँदा घर परिवारबाट राम्रो सहयोग पाएको छु । वाल पेन्टिङ नै गर्ने हो भने हामीले कामगरिने समयसम्म बाँच्न सकिन्छ ।’

आफू जुन पेसामा भए पनि वाल पेन्टिङलाई निरन्तरता दिने प्रतिबद्धता उनले जनाएका छन्, ‘पेन्टिङ मेरो पहिलेदेखि साथी हो र जीवनभर नै मेरो साथ हुनेछ । किनकि यसले मलाई कलात्मक सन्तुष्टि मिल्नुका साथै आर्थिक रूपमा पनि त्यत्तिकै सहयोग पु¥याएको छ,’ उनले भने, ‘मैले आफ्नो कलाबाट ताल नगरी पोखराका भित्ताहरू अझै सिँगार्नुछ । साथै आफ्नो कलालाई अन्य सहर र नेपालबाहिर पनि पु¥याउनुछ ।’

(Visited 222 times, 1 visits today)
Loading comments...

आजको समाचार

गणेशमान सिंह स्मृति बक्सिङ फागुन तेस्रो साता

काठमाडौं । स्वर्गीय गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ आगामी फागुन तेस्रो साता हुने भएको छ । नागार्जुन नगरपालिकाको...

भारतमा आजबाट कोरोनाविरुद्ध खोप अभियान

नयाँदिल्ली । भारतमा आजबाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको छ । पहिलो चरणमा ३ करोड स्वास्थ्यकर्मी र अग्रपंक्तिमा कार्यरत सुरक्षा कर्मचारीलाई खोप दिइने...

अभिनेत्री कंगनालाई कथा चोरीको आरोप

मुम्बई । सधैंजसो विवादमा परिरहने बलिउड अभिनेत्री कंगना रनौत यतिबेला आफ्नो नयाँ फिल्मको कथाका कारण विवादमा छिन् । उनलाई आफ्नो नयाँ फिल्मको कथा चोरी...

‘कोभिसिल्ड’ खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणविरुद्धको खोप ल्याउन सरकारले अनुमति दिएको छ । यसै क्रममा औषधि व्यवस्था विभागले शुक्रबार भारतमा उत्पादन भएको ‘कोभिसिल्ड’ नामक...

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बृहत् पूर्ण इजलासको माग खारेज

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा आइतबारबाट संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको रिट बृहत् पूर्ण इजलासमा सुनुवाइ हुनुपर्ने १२ जना...

साताका लोकप्रिय समाचार

प्रचण्डले माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्न खोजे : सञ्चारमन्त्री

काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुक सम्पूर्ण रुपमा निर्वाचनमा होमिएको बताएका छन् । क्रियाशील दलित पत्रकार संघ, नेपालले मंगलबार...

‘राष्ट्रपतिको चक्करले झलनाथ दाहाल–नेपाल समूहमा लागे’

इलाम । केन्द्रीयस्तरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि विस्तारै यसको असर जिल्लास्तरमा देखिन थालेको छ । औपचारिक रूपमा विभाजित भएपछि इलाममा समेत यसको...

कृषि होइन, किसानलाई प्राथमिकता

सर्लाहीका उखु किसान नारायण राय यादवले आफूले उत्पादन गरेको उखुको मूल्य पाउनुसमेत राष्ट्रिय राजधानी काठमाडौंमा मृत्युपर्यन्त आन्दोलन गर्नु हाम्रो देशको कृषि नीतिको असफलता, राजनीतिक...

आउन थाले फिल्म हलमा दर्शक

काठमाडौं । दस महिनासम्म नयाँ चलचित्र नआएका नेपालका फिल्म हलमा अभिनेता शिव श्रेष्ठले बिहीबारबाट देशव्यापी रूपमा आफ्नो नयाँ चलचित्र एउटा यस्तो प्रेम कहानी रिलिज...

शैक्षिक सत्र जेठसम्म लैजाने प्रस्ताव

काठमाडौं । कोभिड–१९ का कारण चालु शैक्षिक सत्र आगामी जेठ मसान्तसम्म पु-याउने तयारी थालिएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी चैत मसान्तभित्र पाठ्यक्रम पूरा...

ट्रेन्डिङ

वाम–लोकतान्त्रिक आन्दोलनका उपलब्धि रक्षाको प्रश्न

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते अनयास संसद् विघटन गरेर मध्यावधि घोषणा गरेको घटनाले मुलुकमा राजनीतिक संकट र समस्या उत्पन्न भएको छ ।...

सप्तरीमा थप ३३ जनामा कोरोना पुष्टि, चिकित्सकदेखि बालकसम्म संक्रमित

राजविराज । दैनिक कोरोना संक्रमित फेला पर्दै गएको सप्तरीमा बुधबार एकै दिन ३३ जना कोरोना संक्रमित थपिएका छन् । एकै दिन जिल्लामा यति ठूलो...

दाङमा लकडाउन कडा : तुलसीपुर बजारबाट २१ जना पक्राउ

तुलसीपुर । इलाका प्रहरी कार्यालय तुलसीपुरले लकडाउनको उल्लंघन गरेको भन्दै तुलसीपुर बजारबाट २१ जनलाई नियन्त्रणमा लिएको छ । नेपालगञ्जमा कोरोनाको संक्रमण देखिएपछि कडाई गरेको...

कैद सजाय छुट हुने व्यवस्थालाई विनाभेदभाव कार्यान्वयन गर्न आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सर्वोच्च अदालतको आदेशानुसार कैद सजाय छुट हुनसक्ने व्यवस्थालाई विनाभेदभाव कार्यान्वयन गर्न आग्रह गरेको छ । आयोगका सचिव वेदप्रसाद भट्टराईले...

नक्सालमा कार्यरत ४ प्रहरी कर्मचारीमा कोरोना संक्रमणको आशङ्का

काठमाडौँ । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत चार प्रहरी कर्मचारीमा कोरोना सङ्क्रमणको आशङ्का गरिएको छ । नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा आज गरिएको कोरोना परीक्षणमा...

गलत समुहको रगत दिएपछि मृत्यु भयो सुत्केरी महिलाको

जनकपुरधाम । रगतको समुह हेरफेर गरी चढाएपछि जनकपुरधाममा एक सुत्केरी महिलाको मृत्यु भएको छ । नेपाल रेडक्रस सोसाईटी जनकपुरधाम शाखाको रक्त सञ्चार केन्द्रले नमुना...

प्रदेश २ बढ्दो कोरोना संक्रमण : एक महिनामा ३ हजार संक्रमित थपिए

सप्तरी । प्रदेश नं २ मा कोरोना भाइरस सङ्क्रमण दर बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज मात्र प्रदेश नं २ मा...

रानीपोखरीको पिँध र पानी रहने पर्खालको काम सम्पन्न

काठमाडौं । रानीपोखरी पुनर्निर्माणअन्तर्गत पोखरीको पिँधमा कालो माटो र इँटा ओछ्याउने र पानी रहने भागको पर्खाल निर्माणको काम सकिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

बिना मगरको दुख : पहिला किन गरिनस्, अहिले किन गरिस् ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधीसभा विघटन गरेपछि निवर्तमान खानेपानीमन्त्री भएकी बिना मगर अहिले परिवारका सदस्यसंग रमाउन थालेकी छिन् । दाहाल नेपाल समुहले...

भारतीय सिमा सुरक्षा बल एसएसबीले उखु ढुवानी गर्न नदिँदा किसान मर्कामा

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाका किसान लाई भारतीय प्रहरिले उखु ढुवानीमा रोक लगाएको छ । बेलौरी नगरपालिकाको वडा नम्बर १० अन्तरगत पर्ने...

प्रतिनिधिसभा विघटन : संघीयता र गणतन्त्र अप्ठेरोमा

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका माधवकुमार नेपालले प्रधानमन्त्रीबाट प्रतिनिधिसभा भङ्ग गर्ने कार्यले राजनीतिक अस्थिरता निम्तने तथा सङ्घीयता र गणतन्त्रलाई नै अप्ठेरो पार्ने बताएका छन्...

सितलहरले सप्तकोशीका सबै विद्यालय बन्द

सप्तरी, राजविराज । केही दिनदेखी बढेको चिसो तथा सितलहरबाट बच्नका लागि वन तथा विभिन्न स्थानिय तहले दाउरा बितरणको कार्य सुरु गरेको छ । चिसोबाट बढी...

भर्खरै

विश्व ब्याडमिन्टनको बरियतामा प्रिन्सको छलाङ

काठमाडौं । विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा नेपालका खेलाडी प्रिन्स दाहालले छलाङ मारेका छन् । विश्व ब्याडमिन्टन महासङ्घले शुक्रबार जारी गरेको जुनियरतर्फको बरियताअनुसार दाहाल तेस्रो...

प्रतिनिधिसभा विघटनविरुद्ध स्थानीय तहमा कांग्रेसको प्रदर्शन

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज शनिबार स्थानीय तहमा प्रदर्शन गर्दैछ । कांग्रेसले ७ सय ५३ वटै स्थानीय तहमा प्रदर्शन गरिरहेको छ । प्रधानमन्त्रीको...

भारतमा आजबाट कोरोनाविरुद्ध खोप अभियान

नयाँदिल्ली । भारतमा आजबाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको छ । पहिलो चरणमा ३ करोड स्वास्थ्यकर्मी र अग्रपंक्तिमा कार्यरत सुरक्षा कर्मचारीलाई खोप दिइने...

अभिनेत्री कंगनालाई कथा चोरीको आरोप

मुम्बई । सधैंजसो विवादमा परिरहने बलिउड अभिनेत्री कंगना रनौत यतिबेला आफ्नो नयाँ फिल्मको कथाका कारण विवादमा छिन् । उनलाई आफ्नो नयाँ फिल्मको कथा चोरी...

धेरै पढिएका

उत्तर कोरियाका सर्वोच्च नेता किम सत्तारुढ दलको महासचिवमा निर्वाचित

प्योङ्गयाङ्ग । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन सत्तारुढ दल वर्कर्स पार्टीको महासचिवमा निर्वाचित हुनुभएको छ । पार्टीको आठौँ अधिवेशनले उहाँलाई महासचिवमा निर्वाचित...

ओली सरकारले कुनै पनि बेला प्रदेश र पालिका खारेज गर्न सक्छ : गगन थापा

सर्लाही । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री गगनकुमार थापालले केपी ओली नेतृत्वको सरकारले कुनै पनि बेला प्रदेश र पालिका खारेज गर्न सक्ने...

जनगणतन्त्र ल्याउन क्रान्तिकारी कम्युनिष्टसंग मोर्चाबन्दी गर्छौं : वैद्य

मोरङ । नेकपा –क्रान्तिकारी माओवादी ) का महासचिव मोहन वैद्यले जनगणतन्त्र स्थापना गर्नका लागि क्रान्तिकारी कम्युनिष्टहरुसँग मोर्चाबन्दी शुरु गर्ने बताएका छन् । यसका लागि...

विद्युत् आपूर्तिमा बदमासी भेटिए कडा कारबाहीको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न सहरी क्षेत्रमा विद्युत् आपूर्ति आकस्मिक बन्द हुने (ट्रिपिङ) समस्या बढिरहँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सोमबार नेपाल विद्युत् प्राधिकरणका...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 101 times, 1 visits today)