नाटक बोक्सीको घरलाई चलचित्रमा उतार्दै केकी

काठमाडौं । अभिनेत्री केकी अधिकारी यतिबेला आफूले निर्माण गर्ने नयाँ चलचित्रको तयारीमा व्यस्त छिन् । उनले यसअघि विशाल भण्डारीको निर्देशनमा चलचित्र ‘कोहलपुर एक्सप्रेस’ निर्माण गरेकी थिइन् । सो चलचित्र व्यावसायिक रूपमा सफल नभएपछि उनले यसपटक कलात्मक सिनेमा निर्माण गर्ने भएकी छन् ।

उनले अब निर्माण गर्न लागेको आफ्नो नयाँ चलचित्रको नाम ‘बोक्सीको घर’ राखेकी छन् । यो चलचित्रलाई केकीका पिता बद्री अधिकारी र विशाल भण्डारीले निर्माण गर्नेछन् ।

बोक्सीको घर मञ्चन भइसकेको एउटा नाटक हो । २०७३ सालको साउन र भदौमा यो नाटक मण्डला थिएटरमा मञ्चन भएको थियो । सुलक्षण भारतीको लेखन निर्देशन रहेको यो नाटकलाई त्यतिबेला सरिता गिरीले आफ्नो एकल अभिनयमार्फत मञ्चमा उतारेकी थिइन् ।

त्यतिबेला यो नाटक केकीलाई साह्रै मन परेको थियो । नाटक ‘बोक्सीको घर’लाई केकीले यतिबेला चलचित्रको रुप दिन लागेकी हुन् । यो चलचित्रको लेखन पनि सुलक्षण भारतीकै हुनेछ । चलचित्र बोक्सीको घरलाई सुव्रतराज आचार्य र सुलक्षणले संयुक्त रूपमा निर्देशन गर्ने भएका छन् ।

केकी अधिकारी फिल्मसले निर्माण गर्ने चलचित्रमा नायक गौरव पहारी र नायिका केकी अधिकारीको मुख्य भूमिका रहनेछ । चलचित्रका बाँकी कलाकार चाँडै चयन गरिने पनि केकीले बताएकी छन् । यो चलचित्रको लागि केकी र गौरवले विगत डेढ महिनादेखि अभिनय कार्यशाला गरिरहेका छन् । थप कलाकारको चयनसँगै अझै केही समय कार्यशाला हुनेछ । समाजमा अहिले पनि बोक्सीको आरोपमा विभिन्न व्यक्तिहरूलाई यातना दिनेक्रम नघटेकाले आफूले यसलाई चलचित्रको रूपमा ल्याउन लागेको यी अभिनेत्रीको कथन छ ।

तपाइको प्रतिक्रिया
(Visited 173 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कञ्चनपुरकाे भिमदत्तमा कांग्रेस उम्मेदवार बिजयी