Saturday, January 16, 2021
Home भर्खरै नियुक्तिमा प्रधानन्यायाधीशकै अलमल

नियुक्तिमा प्रधानन्यायाधीशकै अलमल

एक वर्षदेखि न्यायाधीश सिफारिस अन्योलमा

काठमाडौं । संविधान र कानुन पालना गर्नुपर्ने मुख्य भूमिकामा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले एक वर्षदेखि कानुनको बेवास्ता गर्दै आएका छन् । प्रधानन्यायाधीश जबराले रिक्त पदमा न्यायाधीश नियुक्तिको सिफारिसमा अलमल गरेर कानुनको बेवास्ता गरेका हुन् ।

एक वर्षअघि ४ मंसिर २०७६ मा सर्वोच्च अदालतबाट न्यायाधीश केदारप्रसाद चालिसेले ६५ वर्षे उमेर हदका कारण अवकाश पाउनु एक महिनाअघि नै न्यायाधीश सिफारिस गर्नुपर्नेमा सो हुन सकेन । प्रधानन्यायाधीशले न्यायपरिषद् अध्यक्षको हैसियतमा जुन जिम्मेवारी पूरा गर्नुपर्ने हो, सो जिम्मेवारी पूरा गर्न नसकेका हुन् । उनले कानुनको पालना गरेको भए न्यायाधीश चालिसेको ठाउँमा ४ कात्तिक २०७६ मै सर्वोच्चमा न्यायाधीश सिफारिस हुन्थे । तर एक वर्षदेखि न्यायाधीश सिफारिसमा अल्झन देखिएको छ ।

गत २७ जेठमा सर्वोच्चका अर्का न्यायाधीश डम्मरबहादुर शाहीले पनि ६५ वर्षको उमेर हदका कारण अवकाश पाएका छन् । उनको ठाउँमा पनि न्यायपरिषद्ले सर्वोच्चमा न्यायाधीश सिफारिस गर्न सकेको छैन । न्यायाधीश शाहीको अवकाशसँगै सर्वोच्चमा न्यायाधीशका दुई पद खाली छन् ।

न्यायपरिषद् ऐन २०७३ को दफा ४ (१) अनुसार उमेर हदका कारण सर्वोच्च अदालतका न्यायाधीशले अवकाश पाउने भएमा त्यसको एक महिनाअघि नै उक्त पदका लागि सिफारिस गर्नुपर्ने व्यवस्था गरेको छ । उक्त दफामा उल्लेख छ, ‘न्यायपरिषद्ले उमेरको हदबाट अवकाश हुने सर्वोच्च अदालतका न्यायाधीशको पद यकिन गरी त्यस्तो पद रिक्त हुनुभन्दा कम्तीमा एक महिनाअगाडि नियुक्तिका लागि सिफारिस गर्नेछ ।’

सर्वोच्चमा अब सिफारिस हुने न्यायाधीश भावी प्रधानन्यायाधीशको दाबेदारसमेत भएकाले लामो समयदेखि कसलाई न्यायाधीश बनाउने भन्ने विषयमा अल्झन आएको हो । सर्वोच्चमा २०९२ सालसम्म प्रधानन्यायाधीश हुने गरी न्यायाधीश सिफारिस भइसकेको छ । यसअघि सर्वोच्चको न्यायाधीश हुनकै लागि न्यायपरिषद् सदस्यबाट पदम वैदिकले राजीनामा दिएका थिए । वैदिकले आफ्नो एक वर्षे कार्यकाल बाँकी रहँदै सदस्य पदबाट राजीनामा दिएका थिए ।

‘न्यायपरिषद्ले उमेरको हदबाट अवकाश हुने सर्वोच्च अदालतका न्यायाधीशको पद यकिन गरी त्यस्तो पद रिक्त हुनुभन्दा कम्तीमा एक महिनाअगाडि नियुक्तिका लागि सिफारिस गर्नेछ ।’

उनलाई सरकारका तर्फबाट तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पालामा १९ कात्तिक २०७३ मा न्यायपरिषद् सदस्य नियुक्त गरिएको थियो । प्रचण्डकै चाहनामा वैदिकलाई सर्वोच्चको न्यायाधीश बनाउन लागिएको थियो । तर, न्यायपरिषद्का सदस्यहरूले इन्कार गरेपछि सर्वोच्चको न्यायाधीश सिफारिस हुन सकेन ।

यो पनि पढ्नुहोस   बिना मगरको दुख : पहिला किन गरिनस्, अहिले किन गरिस् ?

हाल सर्वोच्चका न्यायाधीश हुन मुख्य रजिस्ट्रार नृपध्वज निरौला, उच्च अदालतका मुख्य न्यायाधीश कुमार चुडाल, नेकपामा प्रधानमन्त्री ओली निकट रहेका रमेश बडाल र प्रचण्ड निकट रहेका पदम वैदिकको नाम चर्चामा छ ।

सर्वोच्चका मुख्य रजिस्ट्रार निरौला न्यायपरिषद् सचिव हुँदा प्रधानन्यायाधीश राणालाई साथ दिएका कारण उनको सम्भावना प्रबल देखिएको छ । मुख्य रजिस्ट्रारबाट सिधै सर्वोच्चको न्यायाधीश बनाउने परम्परा नभए पनि संविधानले भने रोक्दैन । प्रधानमन्त्री ओली निकट बडालको सम्भावना पनि रहेको छ ।

सर्वोच्चको न्यायाधीश हुन कानुनमा स्नातक गरी उच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीशको पदमा कम्तीमा पाँच वर्ष काम गरेको, कानुनमा स्नातक गरी वरिष्ठ अधिवक्ता वा अधिवक्ताको हैसियतमा कम्तीमा १५ वर्ष वकालत गरेको, कम्तीमा १५ वर्षसम्म न्याय वा कानुनको क्षेत्रमा निरन्तर काम गरी विशिष्ट कानुनविद्का रूपमा ख्याति कमाएको र न्यायसेवाको राजपत्रांकित प्रथम श्रेणी वा सोभन्दा माथिल्लो पदमा कम्तीमा १२ वर्ष काम गरेकालाई सर्वोच्चको न्यायाधीश पदमा नियुक्तिका लागि योग्य मानिने संवैधानिक व्यवस्था छ ।

(Visited 103 times, 1 visits today)
Loading comments...

आजको समाचार

अभिनेत्री कंगनालाई कथा चोरीको आरोप

मुम्बई । सधैंजसो विवादमा परिरहने बलिउड अभिनेत्री कंगना रनौत यतिबेला आफ्नो नयाँ फिल्मको कथाका कारण विवादमा छिन् । उनलाई आफ्नो नयाँ फिल्मको कथा चोरी...

‘कोभिसिल्ड’ खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणविरुद्धको खोप ल्याउन सरकारले अनुमति दिएको छ । यसै क्रममा औषधि व्यवस्था विभागले शुक्रबार भारतमा उत्पादन भएको ‘कोभिसिल्ड’ नामक...

सीमा विवाद समाधान गर्न छुट्टै संयन्त्र बनाउन भारतको प्रस्ताव

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सीमा विवादको विषयले औपचारिक प्रवेश नै नपाई सकिएको छ । सीमा विवादको विषयमा लामो समयदेखि दुई देशबीचको तिक्तता...

राष्ट्रिय विकास समस्या समाधन समिति बैठक

काठमाडौं । देशभरिको विकास निर्माण, खर्चको प्रगति र विकास निर्माणमा देखिएका समस्यालगायतका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मन्त्रीहरू, विभिन्न प्रदेशका मुख्यमन्त्री र सचिवबीच...

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बृहत् पूर्ण इजलासको माग खारेज

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा आइतबारबाट संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको रिट बृहत् पूर्ण इजलासमा सुनुवाइ हुनुपर्ने १२ जना...

साताका लोकप्रिय समाचार

हडपिएका सरकारी जग्गा फिर्ता गर

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललितपुरको हरिसिद्धिमा रहेको सरकारी जग्गा हडप्नेविरुद्ध मुद्दा दायर गरेपछि मिचिएका र बेचिएका सरकारी जग्गाको छानबिन र फिर्ता प्रक्रियाले गति लिन...

रोगको चपेटामा इलामका सुन्तला बगान

इलाम । इलाम नगरपालिका आठ महभिरका किसान उमेश महत आम्दानीको मुख्य स्रोत रहेको सुन्तलामा रोगले आक्रमण गरेपछि आउँदा वर्षमा वैकल्पिक खेती गर्ने कि भन्ने...

गौरिका र मन्देकाजी वर्ष खेलाडी

काठमाडौं । गत वर्ष नेपाली खेलकुदमा सनसनी मच्चाएकी पौडीकी गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठ १७औं संस्करणको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६ को वर्ष...

परराष्ट्रमन्त्री ज्ञवाली आज भारत जाँदै

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा भाग लिन आज ( बिहीबार) परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत जाने भएका छन् । बिहीबार र शुक्रबार (१...

‘राष्ट्रपतिको चक्करले झलनाथ दाहाल–नेपाल समूहमा लागे’

इलाम । केन्द्रीयस्तरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि विस्तारै यसको असर जिल्लास्तरमा देखिन थालेको छ । औपचारिक रूपमा विभाजित भएपछि इलाममा समेत यसको...

ट्रेन्डिङ

सरकारलाई उखु किसानको पत्र : बक्यौता भुक्तानी नभएसम्म घर फर्कँदैनौँ

काठमाडौँ । राजधानीमा आन्दोलनरत उखु किसानले आफूूहरुले पाउनुपर्ने सम्पूर्ण बक्यौता भुक्तानी नभएसम्म आन्दोलन जारी राख्ने व्यहोरासहितको पत्र सरकारलाई पठाएका छन् । समस्या समाधानका लागि...

वर्षा राउतलाई सोल्टिनी भन्दै पल शाह पछि लागेपछि…

काठमाडौं । गीतकार तथा संगीतकार बालकृष्ण न्यौपानेको नयाँ गीत ‘मेरी सोल्टिनी’को भिडियो सार्वजनिक भएको छ ।
यो पनि पढ्नुहोस   विरोध प्रदर्शनमा सहभागी बन्न सभापति देउवाको अपिल
‘मेरी सोल्टिनी’मा नेपाल आइडलबाट लोकप्रियता कमाएका किरण भुजेल र...

काठमाडौंका रेकर्डिङ स्टुडियोमा लाग्यो तिज

काठमाडौं । मुलुकमा कोरोना भाइरसको संक्रमण देखिएसँगै गत चैतको दोस्रो सातादेखि नेपालमा लकडाउन सुरु भएको थियो । सो लकडाउनसँगै काठमाडौं उपत्यका ठप्प थियो ।...

कोरोनाले पछि स-यो ‘के घर के डेरा’

काठमाडौं । चलचित्र ‘के घर के डेरा’ को छायांकन अनिश्चित कालका लागि रोकिएको यसका निर्देशक सुब्रतराज आचार्यले बताएका छन् । यो चलचित्रको...

प्रधानमन्त्री ओलीद्वारा रचित गीत ‘बन्छ नमुना नेपाल’ सार्वजनिक (भीडीओसहित)

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीद्वारा रचित नयाँ गीत ‘बन्छ नमूना नेपाल’ सार्वजनिक भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका...

आजदेखि मौसम सफा रहने

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम आजदेखि सफा हुँदै हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...

माथिल्लो तामाकोशी आयोजनाको काममा ढिलाइ, लागत ७५ अर्ब माथि

दोलखा । माथिल्लो तामाकोशी जलबिद्युत आयोजनामा कार्यरत कर्मचारीको कारण असार मसान्तसम्म पनि विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा नहुने देखिएको छ । राष्ट्रिय...

बेलहियामा तीन सय नेपाली अलपत्र

भैरहवा । नेपाल भारत सीमा क्षेत्र सुनौलीमा लगभग तीन सय नेपाली अलपत्र परेका छन् । भारतका विभिन्न क्षेत्रमा रोजगार तथा अध्ययन गर्न...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

बिना मगरको दुख : पहिला किन गरिनस्, अहिले किन गरिस् ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधीसभा विघटन गरेपछि निवर्तमान खानेपानीमन्त्री भएकी बिना मगर अहिले परिवारका सदस्यसंग रमाउन थालेकी छिन् । दाहाल नेपाल समुहले...

भारतीय सिमा सुरक्षा बल एसएसबीले उखु ढुवानी गर्न नदिँदा किसान मर्कामा

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाका किसान लाई भारतीय प्रहरिले उखु ढुवानीमा रोक लगाएको छ । बेलौरी नगरपालिकाको वडा नम्बर १० अन्तरगत पर्ने...

प्रतिनिधिसभा विघटन : संघीयता र गणतन्त्र अप्ठेरोमा

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका माधवकुमार नेपालले प्रधानमन्त्रीबाट प्रतिनिधिसभा भङ्ग गर्ने कार्यले राजनीतिक अस्थिरता निम्तने तथा सङ्घीयता र गणतन्त्रलाई नै अप्ठेरो पार्ने बताएका छन्...

सितलहरले सप्तकोशीका सबै विद्यालय बन्द

सप्तरी, राजविराज । केही दिनदेखी बढेको चिसो तथा सितलहरबाट बच्नका लागि वन तथा विभिन्न स्थानिय तहले दाउरा बितरणको कार्य सुरु गरेको छ । चिसोबाट बढी...

भर्खरै

विश्व ब्याडमिन्टनको बरियतामा प्रिन्सको छलाङ

काठमाडौं । विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा नेपालका खेलाडी प्रिन्स दाहालले छलाङ मारेका छन् । विश्व ब्याडमिन्टन महासङ्घले शुक्रबार जारी गरेको जुनियरतर्फको बरियताअनुसार दाहाल तेस्रो...

प्रतिनिधिसभा विघटनविरुद्ध स्थानीय तहमा कांग्रेसको प्रदर्शन

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज शनिबार स्थानीय तहमा प्रदर्शन गर्दैछ । कांग्रेसले ७ सय ५३ वटै स्थानीय तहमा प्रदर्शन गरिरहेको छ । प्रधानमन्त्रीको...

भारतमा आजबाट कोरोनाविरुद्ध खोप अभियान

नयाँदिल्ली । भारतमा आजबाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको छ । पहिलो चरणमा ३ करोड स्वास्थ्यकर्मी र अग्रपंक्तिमा कार्यरत सुरक्षा कर्मचारीलाई खोप दिइने...

अभिनेत्री कंगनालाई कथा चोरीको आरोप

मुम्बई । सधैंजसो विवादमा परिरहने बलिउड अभिनेत्री कंगना रनौत यतिबेला आफ्नो नयाँ फिल्मको कथाका कारण विवादमा छिन् । उनलाई आफ्नो नयाँ फिल्मको कथा चोरी...

धेरै पढिएका

वरिष्ठ साहित्यकार विजय चालिसेका तीन नयाँ कृति बजारमा

काठमाडौं । वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसेका तीन नयाँ कृति बजारमा आएका छन् । चालिसेका सर्पदंशित मेरो वर्तमान, परिशीलन र मरूभूमिको फूल नामक...

बेलायत बस्दै आएका गायक केसी रुखमा झुण्डिएको अवस्था भेटिए

लन्डन । करिब डेढ दशकदेखि बेलायतको लण्डनमा बस्दै आएका गायक बद्री केसी मृत भेटिएका छन् । गत शुक्रबार उपराह्न ४ बजे आफ्नो फेसबुकमा आफ्ना...

नयाँ वर्षलाई पुष्प र वर्षाको मनसँग मन

काठमाडौं । नेपालका सिनेमा घरमा शुक्रबारबाट नयाँ चलचित्र प्रदर्शन सुरु भएसँगै अन्य चलचित्रको पनि प्रदर्शन मिति तय गरिएको छ । यसैक्रममा अभिनेता पुष्प खड्का...

संसद पुनर्स्थापनाको कुरा गर्नेहरू भित्रभित्रै चुनावको तयारी गरिरहेका छन् : प्रभु साह

मलङ्वा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा शहरी विकास मन्त्री प्रभु साहले संसद पुनर्स्थापनाको माग राखी आन्दोलन गरिरहेकाहरु पनि भित्रभित्रै चुनावको तयारीमा...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 101 times, 1 visits today)