सिन्धुपाल्चोक । अन्तराष्ट्र्रिय सीमा जोडिएको अरनिको राजमार्ग बर्षाेपछि उच्च स्तरको कालोपत्रे गरेर चिटिक्क बनाइएको छ । नेपाल चीनसँग सीमा जोडिएको अरनिको राजमार्ग खाल्डाखुल्डी र बर्षाेदेखि मर्मत नगर्दा जिर्ण भएको थियो ।
राजमार्ग जिर्ण हुदा गत वर्ष ठुला दुर्घटनामा धेरै यात्रीले सडककै कारण मृत्युवरण गर्नु परेको थियो । अहिले भने अरनिको राजमार्ग अन्र्तगत सिन्धुपाल्चोक खण्डको २६ किलोमिटर सडकमा उच्च स्तरीय कालोपत्रे गरेर सडक सफा र चिटिक्क बनाइएको छ ।
जिर्ण राजमार्ग सुधार भएसँगै अब यात्रुहरुले सफा सडकमा यात्रा गर्न पाउने भएका छन् भने सडककै कारण हुने दुर्घटनामा समेत कमी आउने जिल्ला ट्राफिक प्रहरी कार्यालयको विश्वास रहेको छ ।
अरनिको राजमार्गको बन्देउ देखि खाडिचौरसम्म २६ किलोमिटर सडकमा ‘अस्फाल्ट ओभरल’ प्रविधि बाट कालोपत्रे गरिएको छ । पहिला गरिसकेको कालोपत्रेमा अहिले थप गरिएको सडक कार्यालय चरिकोटका प्रमुख विजयकुमार महतोले जानकारी दिए ।
अन्तराष्ट्रिय सीमा जोड्ने राजमार्ग भएपनि जिर्ण हुँदा समस्या भएकाले गत वर्ष नै ठेक्का मार्फत सडक सुधार गर्ने योजना भएपनि कोभिडले गर्दा यो वर्ष गरिएको महतोले जानकारी दिए ।
राजमार्ग कालोपत्रे सकिएपछि जेब्रा क्रसिङ,मार्कीङ लगायतका कामहरु पनि यही वर्ष हुने उनले बताए । यो सबै काम सम्पन्न भएपछि सडक निकै स्ट्याण्डर देखिन्छ प्रमुख महतोले भने–‘अब चाँही साच्चै राजमार्ग जस्तै भएको छ ।’
अरनिको राजमार्गको बन्देउ देखि खाडिचौरसम्म २६ किलोमिटर सडकमा ‘अस्फाल्ट ओभरल’ प्रविधि बाट कालोपत्रे गरिएको छ । पहिला गरिसकेको कालोपत्रेमा अहिले थप गरिएको सडक कार्यालय चरिकोटका प्रमुख विजयकुमार महतोले जानकारी दिए
सदरमुकाम चौतारा जोड्ने बन्देउ चौतारा सडक खण्डमा पनि अहिले ६ किलोमिटर सडकमा पनि अस्फाल्ट ओभरले प्रविधि बाट कालोपत्रे गरिएको छ । गत वर्षको बजेटबाट कालोपत्रे गरिएपनि यो वर्ष बाँकी सडकमा पनि यही प्रविधिबाट कालोपत्रे गरेर सदरमुकाम सम्म लैजाने योजना रहेको प्रमुख महतोले जानकारी दिए । झण्डै २० करोड रुपियाँ खर्च गरेर सडक सुधार गरिएको छ ।
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको क्रममा अरनिको राजमार्गलाई डबल लेनको गरेर स्तोरन्नती गर्ने सहमती भएपनि अहिलेसम्म त्यो भने हुन सकेको छैन । अरनिको राजमार्ग अहिले ६ मिटरको मात्रै रहेको छ । राजमार्गको स्ट्याण्डर अनुसार डबल लेनको सडक हुन कम्तीमा पनि ८ मिटर चौडा हुनु पर्ने भएपनि अरनिको राजमार्ग साढे ५ देखि ६ मिटरको मात्रै रहेको छ ।
जुरेदेखि मितेरी पुलसम्म सडक सुधारका लागि १ अरब ७५ करोड लाग्ने
बन्देउदेखि खाडिचौरसम्म कालोपत्रे गरेर सडक चिटिक्क बनाएपनि अरनिको राजमार्गको जुरेदेखि कोदारी सडक खण्डको मितेरी पुलसम्मको सडक भने वर्षाको बाढी पहिरोले जिर्ण छ ।
सडक जिर्ण भएकै कारण नेपाल चीन बिचको प्रमुख व्यापारीक नाका तातोपानी भन्सार समेत राम्रो सँग सञ्चालन हुन सकेको छैन । योे वर्षको वर्षातमा जुरेदेखि मितेरी पुलसम्मको सडक भित्र पर्ने दुइ वटा पक्की पुल समेत बाढी र पहिरोले बगाएको थियो भने सडक पनि व्यापक कटान गरेको थियो ।
सडक सुधार र दुइ वटा पक्की पुल निर्माणका लागि १ अरब ७५ करोड लाग्ने स्टीमेट गरेर सडक कार्यालय दोलखाले अर्थ मन्त्रालयमा बजेट माग गरेर फाइल पठाएको छ । सडक सुधारका लागि हामी आफै बसेर स्टीमेट गरेर अर्थ मन्त्रालयमा बजेट माग गरेका छौ तर बजेट आएको छैन सडक कार्यालय चरिकोटका प्रमुख विजय कुमार महतोले भने–‘बजेट नदिने हो भने आउदो वर्षामा पनि यो सडकमा समस्या हुन्छ ।
सडक कार्यालयले बाह्रविसे कोदारी सडक खण्डको खुकुण्डोल र जम्बुमा पक्की पुल र भोटेकोशी नदीले कटान गरेको क्षेत्रमा ‘प्रोटेक्सन’ र ‘स्टक्चर’को कामको लागि यति बजेट लाग्ने अनुमान गरेको हो । हामी धेरै पटक बजेट माग्न अर्थ मन्त्रालय धाएका छौ तर सकारत्मक जवाफ आएको छैन तर पनि हामी निरन्तर फलोअप मा छौ प्रमुख महतोले भने ।